साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधा

तिनै पाल्दछौं आज हामीहरूले सबै निर्बलीले र ज्यामीहरूले । गधा बोक्दथे अस्ति भारी र पोका दिँदै दिन्नथे काममा कत्ति धोका थियो प्राणमा धर्म साथै इमान तिनै आज बन्दै गए बेइमान ।

Nepal Telecom ad

कृष्णशरण उपाध्याय पाैडेल :

गधा हुन्छ हेर्दा त घोडा समान
दुवै नेत्र या नाक गोडा समान
उही रूप देखिन्छ उस्तै छ गाल
दगुर्दा भने भिन्न देखिन्छ चाल । १

गधा घाँस खान्थे र चर्थे मजाले
दुबो-भूसले पेट भर्थे मजाले
थिए शाकभोजी सुखी मस्त-मौजी
रमाएर आवाज गर्थे मजा ले ।२

गधाको हिजोआज अर्कै छ चाला
नखाने मुना पात डाला निगाला
विना काजु मेवा नखाने नचर्ने
भए मांसभोजी सुरापान गर्ने ।३

गधा पाल्दथे अस्ति कोलीहरूले
कुमालेहरूले र धोबीहरूले
तिनै पाल्दछौं आज हामीहरूले
सबै निर्बलीले र ज्यामीहरूले । ४

गधा बोक्दथे अस्ति भारी र पोका
दिँदै दिन्नथे काममा कत्ति धोका
थियो प्राणमा धर्म साथै इमान
तिनै आज बन्दै गए बेइमान । ५

गधाले बिगार्दैनथे कत्ति खेती
कसैको कुनै हानि गर्दैनथे ती
परन्तु व्यथा आज थप्ने तिनै छन्
कर्‍याप्ने तिनै छन् हडप्ने तिनै छन् ।६

०००

बन्दीपुर, तनहूँ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
2 years ago

गरौँ लौ गधामाथि गदाको प्रहार’।
बनौँ मुक्त यिनको गरि सं संहार ।।
नहार नहार कसैले नहार ।।
यो फोहोर कसिङ्गर कुचोले बढार ।।

Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
1
0
Would love your thoughts, please comment.x
()
x