सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

त्यो देश को नाम के ?

काण्डै काण्ड गरेर हाँसिरहने, त्यो देशको नाम के ? कार्खाना जति जे छ नासिरहने, त्यो देशको नाम के ? जन्मन्छन् शिशु अन्त जान जहिले, त्यो देशको नाम के ? सक्दैनन् गरिखान कत्ति कहिल्यै, त्यो देश को नाम के ?

Nepal Telecom ad

कृष्णशरण उपाध्याय पाैडेल :

काण्डै काण्ड अनेक हुन्छ जहिले, त्यो देशको नाम के ?
भ्रष्टात्मा दलबाट रुन्छ जहिले, त्यो देशको नाम के ?
अर्बौं अर्ब लुटाउने कर छली , चाटेर थोरै चिनी
भन्नू त्यो कुन देश हो भुवनमै , नेतृत्व छन् निर्घिनी ?१

हुन्छन् क्विन्टल स्वर्ण काण्ड कहिले, त्यो देशको नाम के ?
ओम्नी काण्ड भनी चिनिछ कहिले, त्यो देशको नाम के ?
लज्जाले पनि लाज मान्दछ जहाँ, निर्लज्ज छन् काण्ड ती
नाच्ने केवल नग्न नर्तन गरी, छन् चण्ड या मुण्ड ती २

चिम्ली नेत्र सुडान काण्ड गरियो, त्यो देशको नाम के ?
झन् लज्जास्पद लाउडा पनि थियो, त्यो देशको नाम के ?
मात्रै लोभ र लाभ पाप धनका, बज्छन् जहाँ रागिणी
भन्नू त्यो कुन देश हो अब जहाँ, नाच्छन् खुनी बैगुनी ?३

बेच्ने काण्ड भए अनेक जनता, त्यो देशको नाम के ?
उस्तै काण्ड घटे सगर्व धमिजा, त्यो देशको नाम के ?
भ्रष्टात्मा खलका अनेक दलका, बज्छन् जहाँ मादल
भन्नू त्यो कुन देश हो जल दिने, हुन्नन् जहाँ बादल ?४

काण्डै काण्ड गरेर हाँसिरहने, त्यो देशको नाम के ?
कार्खाना जति जे छ नासिरहने, त्यो देशको नाम के ?
जन्मन्छन् शिशु अन्त जान जहिले, त्यो देशको नाम के ?
सक्दैनन् गरिखान कत्ति कहिल्यै, त्यो देश को नाम के ?५

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
के के बनाए

के के बनाए

कृष्णशरण उपाध्याय पाैडेल
पर्दैन के लज्जित बन्न हामी ?

पर्दैन के लज्जित बन्न...

कृष्णशरण उपाध्याय पाैडेल
गणतन्त्रले के के दियो ?

गणतन्त्रले के के दियो...

कृष्णशरण उपाध्याय पाैडेल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल