साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो देश को नाम के ?

काण्डै काण्ड गरेर हाँसिरहने, त्यो देशको नाम के ? कार्खाना जति जे छ नासिरहने, त्यो देशको नाम के ? जन्मन्छन् शिशु अन्त जान जहिले, त्यो देशको नाम के ? सक्दैनन् गरिखान कत्ति कहिल्यै, त्यो देश को नाम के ?

Nepal Telecom ad

कृष्णशरण उपाध्याय पाैडेल :

काण्डै काण्ड अनेक हुन्छ जहिले, त्यो देशको नाम के ?
भ्रष्टात्मा दलबाट रुन्छ जहिले, त्यो देशको नाम के ?
अर्बौं अर्ब लुटाउने कर छली , चाटेर थोरै चिनी
भन्नू त्यो कुन देश हो भुवनमै , नेतृत्व छन् निर्घिनी ?१

हुन्छन् क्विन्टल स्वर्ण काण्ड कहिले, त्यो देशको नाम के ?
ओम्नी काण्ड भनी चिनिछ कहिले, त्यो देशको नाम के ?
लज्जाले पनि लाज मान्दछ जहाँ, निर्लज्ज छन् काण्ड ती
नाच्ने केवल नग्न नर्तन गरी, छन् चण्ड या मुण्ड ती २

चिम्ली नेत्र सुडान काण्ड गरियो, त्यो देशको नाम के ?
झन् लज्जास्पद लाउडा पनि थियो, त्यो देशको नाम के ?
मात्रै लोभ र लाभ पाप धनका, बज्छन् जहाँ रागिणी
भन्नू त्यो कुन देश हो अब जहाँ, नाच्छन् खुनी बैगुनी ?३

बेच्ने काण्ड भए अनेक जनता, त्यो देशको नाम के ?
उस्तै काण्ड घटे सगर्व धमिजा, त्यो देशको नाम के ?
भ्रष्टात्मा खलका अनेक दलका, बज्छन् जहाँ मादल
भन्नू त्यो कुन देश हो जल दिने, हुन्नन् जहाँ बादल ?४

काण्डै काण्ड गरेर हाँसिरहने, त्यो देशको नाम के ?
कार्खाना जति जे छ नासिरहने, त्यो देशको नाम के ?
जन्मन्छन् शिशु अन्त जान जहिले, त्यो देशको नाम के ?
सक्दैनन् गरिखान कत्ति कहिल्यै, त्यो देश को नाम के ?५

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x