साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चा हुनू केवल

धेरै उच्च छलाङ मार्नु छ भने, चम्चा हुनू केवल चिट्ठा या पद हात पार्नु छ भने, चम्चा हुनू केवल चम्चा बन्न सकिन्न उत्तम भने, यो जिन्दगी व्यर्थ हो सत्ता स्वाद लिइन्न रम् रम भने, के बाँच्नुको अर्थ हो ?

Nepal Telecom ad

कृष्णशरण उपाध्याय पाैडेल :

खाने हो हलुवा पुवा रसबरी, चम्चा हुनू केवल
खाने हो मह लालमोहन दही, चम्चा हुनू केवल
चम्चा बन्न सके मिठ्याउन कतै, मिल्ने छ मौका पनि
छक्का मार्न सकिन्छ नत्र कि भने, मारिन्छ चौका पनि १

बाक्लो दाल र झोल खानु छ भने, चम्चा हुनू केवल
भेटेका हर थोक खानु छ भने, चम्चा हुनू केवल
चम्चा बन्न सके त भोक भयका, हट्छन् सबै आपद
चम्चा बन्न सके विशेष तहका, भेटिन्छ कुर्सी पद २

सब्जी आलु अचार खानु छ भने, चम्चा हुनू केवल
मीठा माल हजार खानु छ भने, चम्चा हुनू केवल
चम्चा बन्नु विशेष योग्य हुनु हो, जी जी गरे पुग्दछ
गाली खानु परोस् तथापि मुखले, ही ही गरे पुग्दछ ३

चिल्लो भात पुलाउ खानु छ भने, चम्चा हुनू केवल
केरा अम्बक स्याउ खानु छ भने, चम्चा हुनू केवल
चम्चाभित्र अपार बुद्धि बलको, संघर्षको शक्ति छ
चम्चामा हर उन्नति प्रगतिको, साँचो सही जुक्ति छ ४

धेरै उच्च छलाङ मार्नु छ भने, चम्चा हुनू केवल
चिट्ठा या पद हात पार्नु छ भने, चम्चा हुनू केवल
चम्चा बन्न सकिन्न उत्तम भने, यो जिन्दगी व्यर्थ हो
सत्ता स्वाद लिइन्न रम् रम भने, के बाँच्नुको अर्थ हो ?५

०००
बन्दीपुर, तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x