साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिले सम्म हो हुने ?

सेक्दछौँ दल को रोटी, भस्म पारेर सम्पदा यस्तो मुर्ख्याइँ नादानी, कहिले सम्म हो हुने ? लड्ने - लडाउने - मर्ने - मार्ने काम भयो सधैं यो भूमि को सधैं हानि, कहिले सम्म हो हुने ?

Nepal Telecom ad

कृष्णशरण उपाध्याय पाैडेल :

हामी नसुध्रिने बानी, कहिले सम्म हो हुने ?
भएका यी मनोमानी, कहिले सम्म हो हुने ?
अर्थहीन कुराकानी, कहिले सम्म हो हुने ?
मनमा धमिलो पानी, कहिले सम्म हो हुने ?

आफ्नै घर जलाएर, आगो ताप्ने भयौँ सब
यो दिक्दारी र हैरानी, कहिले सम्म हो हुने ?
खुल्दैन बुद्धि को बिर्को, जाने पनि बुझे पनि
पढेर पनि अज्ञानी, कहिले सम्म हो हुने ?

सेक्दछौँ दल को रोटी, भस्म पारेर सम्पदा
यस्तो मुर्ख्याइँ नादानी, कहिले सम्म हो हुने ?
लड्ने – लडाउने – मर्ने – मार्ने काम भयो सधैं
यो भूमि को सधैं हानि, कहिले सम्म हो हुने ?

यहीँ खोज्यौँ भने स्वर्ण तामा तेल फलाम छन्
धनी बन्ने खनी खानी, कहिले सम्म हो हुने ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x