साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन् बाबु आमा भगवान् समान

सङ्घर्षका पर्वत माथि चढ्दै लडेर उठ्दै र अगाडि बढ्दै सन्तानका लागि हुने विमान हुन् बाबु आमा भगवान् समान ।

Nepal Telecom ad

कृष्णशरण उपाध्याय पाैडेल :

सन्तान का भोक र प्यास मेट्ने
विपद् र आपत् तिनका लखेट्ने
राख्छन् खुशी जो घरका जहान
हुन् बाबु आमा भगवान् समान १

जे काम गर्ने अति बेस गर्ने
सन्तानका लागि निवेश गर्ने
कदापि काहीं नलिने थकान
हुन् बाबु आमा भगवान् समान २

सिकाउने सुन्दर – कर्म गर्न
जगाउने नित्य स्वधर्म गर्न
जो हाँक्दछन् जीवनको कमान
हुन् बाबु आमा भगवान् समान ३

स्पृहा विना सन्तति नित्य पाल्ने
नैराश्यका रात चिरी उज्याल्ने
जो गेहका हुन् अभिमान शान
हुन् बाबु आमा भगवान् समान ४

भए कहीँ ईश्वरको स्वरूप
आमा बुबा हुन् प्रतिरूप खूब
जो सक्दछन् सन्तति निम्ति प्राण
हुन् बाबु आमा भगवान् समान ५

पढाउँछन् जो ऋणभार बोक्दै
सन्तान का विघ्न हजार रोक्दै
जो भित्र छन् वेद महापुराण
हुन् बाबु आमा भगवान् समान ६

सन्तानका वस्त्र नयाँ किनेर
आँफू पुराना कपडा भिरेर
बनाउँछन् जो सुन को बिहान
हुन् बाबु आमा भगवान् समान ७

सङ्घर्षका पर्वत माथि चढ्दै
लडेर उठ्दै र अगाडि बढ्दै
सन्तानका लागि हुने विमान
हुन् बाबु आमा भगवान् समान ८

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x