साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखै निकाल्नू अब

शिक्षामा छ विकार बन्द गरियोस्, सम्पूर्ण शिक्षालय मन्त्रीमा छ विकार बन्द गरियोस्, सम्पूर्ण मन्त्रालय यातायात र स्वास्थ्यमा विकृति छन्, ती बन्द गर्नू अब न्यायाधीश र न्यायमै कुकृति छन्, ती बन्द अर्नू अब ।

Nepal Telecom ad

कृष्णशरण उपाध्याय पौडेल :

छन् रे टिक्टकमा विकार अति नै, यो बन्द गर्नू अब
छन् रे फोहर या घुरान यसमै, यो बन्द गर्नू अब
गर्ने होइन रे सफा र सुथरा, यो रोगको हो घर
मैला कत्ति बढार्न हुन्न अब ता, यो बन्द चाँडो गर ।१

आँखा भित्र किरा पर्‍यो यदि भने, आँखै निकाल्नू अब
औँलामा खटिरा भयो यदि भने, औँलै उखेल्नू तब
गर्ने होइन औषधी अब कुनै, सूक्ष्माणु कीटाणुको
फाल्ने हो हर अङ्ग अङ्ग तनको, रोगाणु जीवाणुको ।२

छन् झुत्रा अनि जीर्णशीर्ण  दल छन्, ती बन्द गर्नू छिटो
छन् थोत्रा चिथडा विदीणर् खल छन्, ती शीघ्र पार्नू पिठो
गर्ने होइन शुद्ध कत्ति दलका, फोहोर दुर्गन्ध ती
गर्नू टिक्टक लाख लाख जनका, सञ्जाल नै बन्द ती ।३

शिक्षामा छ विकार बन्द गरियोस्, सम्पूर्ण शिक्षालय
मन्त्रीमा छ विकार बन्द गरियोस्, सम्पूर्ण मन्त्रालय
यातायात र स्वास्थ्यमा विकृति छन्, ती बन्द गर्नू अब
न्यायाधीश र न्यायमै कुकृति छन्, ती बन्द अर्नू अब ।४

गर्ने टिक्टक बन्द हो अब छिटो, मान्छे सड्यो रे यहाँ
स्वेच्छाचार तथा अराजकपना, धेरै बढ्यो रे यहाँ
गर्दै टिक्टक बन्द, आम जनता, चोख्याउने काम छ
वाणी संस्कृतिको सुधारपनको, घोकाउने काम छ ।५

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x