साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुस्याहा

हुन त प्रतिपक्षले सिधै चोर, डाका भन्दा त मुसु मुसु हाँसी राख्न सक्ने विलक्षण प्रतिभाधारी हाम्रा नेताहरुलाई हुल्मुलमा भनिएको मेरो कविताले कहाँको कान चिलाउनु...!

Nepal Telecom ad

दिप मंग्राती :

“कस्तो भुस्याहालाई तिलक लगाइएछ, लाजै मर्नु भयो, घिच्न पनि कति घिचेको भुँडी फुटेर ठहरै पर्नु भयो ।”
बिपि जयन्तीमा आयोजना भएको साहित्यिक महोत्सवमा, मेरो कविताको पहिलो हरफको वाचनसँगै पक्ष विपक्ष, लाम्टे भुँडी र घ्याम्पे भुँडीहरुको विचमा सिमारेखा कोरियो हलमा…!

“वाह…! वाह…! क्या गज्जब….!!” भन्दै ताली बजाउँदै थिए लाम्टे भुँडीहरू भने अमिलो मुख बनाएर यताउती हेर्दैथिए घ्याम्पे भुँडीहरू…! मेरो नजर, मेरो क्षेत्रको, अर्थात मेरै ओडाको, अझ मेरै छिमेकी नेताज्यूको मुहारमा अडियो….! सायद सबै भन्दा धेरै शब्दभेदी वाण उनैलाई लागेजस्तो थियो, किनकी उनको अनुहारमा, अमिलो मात्रै होइन, नुनिलो, पिरलो, धमिलो सबै मिश्रित भाव थियो ।

कार्यक्रम सकिएपछि मैले छिमेकी नेतालाई सम्बोधन गरे,
“नमस्कार नेताज्यू…..!“
तर नेताज्यूले थाहा नपाएजस्तै वास्तै गरेनन…! अरुबेला त आफै ओहो ! कविज्यू भन्दै हात मिलाउन आउनु हुन्थ्यो । बेला बखतमा भाषणका टुक्काहरु लेख्न लगाउनु हुन्थ्यो, गुण बिर्सिएछन् बाबैले…! आखिर छेपारे रङ्ग देखाइहाले नि…! स्यालले हुइयाँ हुइयाँ नगरे पनि स्यालको जात फेरिएर थोरै न बाँदर हुन्छन् । सायद अघि वाचन गरेको कविताले मुटुमा भित्रैसम्म लाग्यो जस्तो छ…! मेरो कलम पनि साह्रै छुचो छ क्या…! देख्यो कि उल्टी गरिहाल्नु पर्ने भनेको….! यसो अलिक मलुवा शब्दमा कोतरेको भए पनि त हुने नि, शीर्षक नै “भुस्याहा” राखियो, त्यसैले शीर्षकलाई पनि न्याय त गर्नै पर्‍यो । तर अहिले लाग्दै छ, शीर्षकलाई न्याय गर्दा धेरैलाई अन्याय भएछ कि जस्तो लाग्यो । हुन त व्यक्ति विषेशलाई त शब्द भेदी वाण चलाएकै होइन मैले, धरो धरम.,मैले त सिस्टम माथि चलाएको हो, तर उहाँ पनि त एउटा सिस्टमभित्रकै हुनुहुन्थ्यो, लाग्ने त भैगो नि…! कविता वाचन गर्नु भन्दा अघिनै लागे पागे बोक्सीको दोष भन्नू पर्ने थियो गल्ती भयो…! यस्तै सोच्दै थिएँ…!

“के छ कवि ज्यू…?”
“कविता गज्जब छ है, प्रगति राम्रै हुँदैछ, आवाजले म बिथोलिएँ ।” ओहो ! उनै…! छिमेकी नेताजी …! बिल्कुल नयाँ रङ्गमा, एक्दम सहज मुद्रामा…! कति चाँडै, सम्हाल्न सकेका…! हुन त प्रतिपक्षले सिधै चोर, डाका भन्दा त मुसुमुसु हाँसी राख्न सक्ने विलक्षण प्रतिभाधारी हाम्रा नेताहरुलाई हुल्मुलमा भनिएको मेरो कविताले कहाँको कान चिलाउनु…!

“धन्यवाद नेताज्यू…!” मनमा जे सोचे पनि मुखले हाँसिदिएंँ ।
“अँ…! कविताको शीर्षक चाहिँ अरुनै केही राख्दा राम्रो होला कि, यति राम्रो कविताको शीर्षक “भुस्याहा” अलिक सुहाएन…!”

०००
हाल – युके ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x