साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि प्रेमप्रसाद भट्टराईको “अरब” गीतिकाव्य लोकार्पित

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित कार्यक्रममा "अरब" गीतिकाव्यको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.ले गर्नु भयो ।

Nepal Telecom ad

काठमाडाैं, २०८० मङ्सिर ४ । साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा कवि प्रेमप्रसाद भट्टराईको कृति “अरब” गीतिकाव्यको लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।

सो कृति “अरब” गीतिकाव्यको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.ले गर्नु भयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा “अरब” गीतिकाव्यका सर्जक कवि प्रेमप्रसाद भट्टराईलाई सम्मान पनि गरिएको थियो ।

कवि भट्टराई साहित्यिक पत्रकार संघका आजीवन सदस्य एवं अनेसास कतारका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र के. सी., अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य – सचिव धनप्रसाद सुवेदी, वरिष्ठ कवि प्रल्हाद पोखरेल, नायक नवल खड्का, साझा प्रकाशनका लवप्रसाद भण्डारीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

सोही कार्यक्रममा वरिष्ठ कवि प्रल्हाद पोखरेल र समालोचक डा. शान्ति गिरीले लोकार्पित कृति “अरब” गीतिकाव्यबारे समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष डा. रेणु थापा सोलु र चर्चित संगीतकार नरहरी प्रेमीले लोकार्पित कृतिबाट गीत गाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र के. सी., अतिथिहरु प्रल्हाद पोखरेल, डा. शान्तिमाया गिरी,
नायक श्री नवल खड्का, लवप्रसाद भण्डारी, पत्रकार होम कार्की र श्रीबाबु कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा कलाकार कृपा भट्टराईले नृत्य प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

कार्यक्रममा प्राज्ञ सत्यकला राई, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, शारदा पत्रिकाका सम्पादक विमल भौकाजी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, पूर्व अध्यक्ष पवन आलोक, प्रा. डा. गोविन्दमान सिंह कार्की, साहित्यकारहरु गीता कार्की, अश्विनी कोइराला, निशा के. सी., सुशीला देउजा, डी. जी. शर्मा (युएइ), कला भट्टराई, जीवन श्रेष्ठ, रुप रसाइली (नवोदित वाचनालयका निवर्तमान अध्यक्ष), भानुप्रकाश जोशी, राज रजक, मुरारि सिग्देल, द्वारिका ढुङ्गेल, उषा के. सी., डा. यादेवी ढकाल, मणिराज सिंह, हरि गिरी, राजेन्द्र ढुङ्गाना, नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष इन्द्रमणि नेपाल, पत्रकार दिपक पुडासैनी, महेश्वर नेपाल, मनिला वन्त, कुमार के. सी., महेश्वर नेपाल, अगिव बनेपाली, ममता कार्की, सविता ढकाल, सानुराजा अन्जान, राजेश ढुंगाना, दिपक पुडासैनी, राज यात्री लम्साल, सुमा श्रेष्ठ, रिना पाण्डे डासैनीलगायतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x