साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिनी रोग

दिए चिनी नाम रहेछ दुच्छर । धपाउँदै बस्तछु रात मच्छर । न पर्छ निद्रा न त चैन मिल्दछ । दिँदैन मीठो चिज खान दिक्क छ ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

म लालसीको रसना महारथी ।
नवीन मीठो चिज चाख्न पारखी ।
कसार होस् दूध मलाई, किस्मिस ।
खुदो नचाखी किन मर्दथ्यो धित ।१।

उमेरमा खान जुरेन तक्दिर ।
भएँ म बूढो अब पच्छ के खिर ?
विडम्वना जीवनका आनेकन ।
उदेक नै लाग्छ गुने मनै मन ।२।

असाध्य मीठो गुलियो छ मोदक ।
म चाख्छु के छोड्नु र लाग्छ थक्थक ।
चिनी र चास्नीतिर हेर्छु टक्टक ।
मिठाइमा बाहुनकै छ रे हक ॥३।

म घुम्छु मौरी महको तलासमा ।
कुराउनी होस् हलुवा निवासमा ।
देखेर केरा,उखु हुन्छु घायल ।
अचाक्लि खाएछु, हुँदैछु कायल ।४।

शरीरमा लक्षण छैन रोगको।
मनग्य खाँदैछु खुराक भोकको।
कता गयो तागत,तौल खुम्चियो।
नयाँ चिनी रोग भनेर खुट्टियो।५।

दिए चिनी नाम रहेछ दुच्छर ।
धपाउँदै बस्तछु रात मच्छर ।
न पर्छ निद्रा न त चैन मिल्दछ ।
दिँदैन मीठो चिज खान दिक्क छ ।६।

बिगार्छ मातेपछि अंग चौकुना ।
सडाउँदै लान्छ नसा र रेटिना ।
दबाइले हुन्न निमान क्यै गरी ।
चिनी सुखी रोग भयो अजम्बरी ।७।

म चाहिँ लौ बाहुन नै परें अरे।
बिगार जेरी गुलियो भयो अरे।
सहेन यस्ले अरु जात खै किन?
बिमार छन् उत्तरदेखि दक्षिण ।८।

दुधालु गाई सरि ठान्छ डाक्टर ।
दबाइले रोग भएन मत्थर ।
नखान पाइन्छ मनग्य राशन ।
छडी लिई बस्छ कडा छ शासन ।९।

कुजात यो शत्रु भयो सहोदर ।
गरीब कंगाल भएँ हरोहर ।
चिता नपुग्दातक यो छ सारथी ।
गरेर जाला कि त अन्त्य आरती ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x