साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजी

आखिर फाँकैमा नेता थोरै न हुइन्छ ? छल कपटको हजार दाउ हुन्छन, उ पनि के कम। मुखिनीलाई सुटुक्क मेसेज लेख्यो। "बाउको परान जान लाग्यो तुरुन्तै आउनु भनेर फोन गर त, यहाँ छोइछिटो टार्नु पर्ने भो।"

Nepal Telecom ad

दिप मंग्राती :

“अब हामीले हाम्रो गाउँलाई छुवाछुत मुक्त गाउँ घोषणा गर्नु पर्छ” लक्षित वर्गको अगुवाले सभामा प्रस्ताव राखे।

“हाम्रो वर्गको भोट चाहिने हो भने हामीलाई समाजमा मानिस सरहको सम्मान दिनु पर्छ। सामाजिक हैसियत कायम गरिनु पर्छ, समान व्यवहार गरिनु पर्छ।” उसले कुरो थप्दै भन्यो।

“कुरो सहि हो, आखिर हाम्रो पार्टीले, यस्तो कुसंस्कार, जातिय विभेद, धार्मिक विभेदको भत्सर्ना र बहिस्कार गर्छ। यो काम हाम्रै गाउँबाट सुरु गर्नु पर्छ। आखिर हामीले लडेको पनि यहि विभेदबाट मुक्त हुनलाई हो। अब हजुर हाम्रो महान र गौरवशाली पार्टीको उम्मेद्बार भएर आउनु भएको छ, हजुरले नै यस्तो शुभ कार्यको घोषणा गर्नु पर्‍यो। अर्कोले थप्यो।

हो… , तपाईंहरुले सहि समयमा सहि कुरा उठाउनु भयो। आजैबाट यो गाउँ छुवाछुत मुक्त गाउँ भयो। आजबाट हामीबिच जातिय विभेदको कुनै पर्खाल रहने छैन।” नेताले घोषणा गरे।
सबैले ताली बजाए, होमा हो मिलाए।

“चुनावको बेला छ, भोटको सवाल छ, चोचोमोचो नमिलाए मामला बबाल छ।”

“नेता बनिनु परेको छ, नेता हुन चुनाव जित्नु परेको छ, चुनाव जित्नलाई भेडा गोठालो हुनै परेको छ।”

“उ बेला ठुलो कुरा गरि हालियो, वर्ग विभेद मेटाउछौँ भनेर बोलिहालियो। अब आएर आफ्नै शब्द जालमा फसियो।” नेताजी मनमा कुरा खेलाउदै, मुटु मिचेर ओठमा हाँसो पोतिरहेका थिए। वर्षौँदेखिको आफू ठुलो हुनुको दम्भ आखिर सजिलै कहाँ उतार्न सकिन्थ्यो र।

“ल .. आज यहीँ बाट सहभोज गरेर यो पर्खाल भत्काउनु पर्छ।” लक्षित वर्गको अगुवाले अर्को पासा फ्याँक्यो।

“हो हो आजै गर्नु पर्छ।” नेता पनि के कमी, मुखले राम राम बगलिमा छुरा, समय र अवशरलाई समात्न खप्पिस,
तर यथार्थमा त कुरो गहिरो छ,, घरमा मुखिनीले आज फट्किन नदिने पक्का छ। दाजु भाई कुल कुटुम्बले चुलो पन्छाउने झन ठोक्का छ।”

“जात र वर्ग मिल्ने पार्टी रोज्नु पर्ने रहे छ। अब पछुताएर के गर्नु, मुड ओखलमा हालिसकेपछि।”
अवस्थालाई आफूअनुकुल बनाउन नेतालाई कसले पो सिकाउनु पर्छ, नेता त आखिर नेतै हो, चाहे जुन पार्टीको होस, सिद्धान्तको र मान्यताको त कुरै नगरौँ, सबैले काशी गएर सिद्धान्तको गोत्र फालिसकेकै छन्।

आखिर फाँकैमा नेता थोरै न हुइन्छ ? छल कपटको हजार दाउ हुन्छन, उ पनि के कम।
मुखिनीलाई सुटुक्क मेसेज लेख्यो।
“बाउको परान जान लाग्यो तुरुन्तै आउनु भनेर फोन गर त, यहाँ छोइछिटो टार्नु पर्ने भो।”

०००
बेलबारी- ३, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
भष्मासुर

भष्मासुर

दिप मंग्राती
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x