सुरेशकुमार पाण्डेभ्रम
"ढ्याम !" आवाज आयो, ऊ झसङ्ग भयो आफ्नै आँखाको सामुन्य उसको घर बिष्फोट भएको थियो। आफू चढेको त्यो कार पनि जलिरहेको थियो।

सुरेशकुमार पाण्डे :
” ऊफ् यो के हुँदै छ ?”- किङ्ग जोडले भुँईमा पच्छारिएपछि आकास तिर हेर्दै भन्यो।
ऊ चारैतिरबाट घेरिएको थियो केही वर्दिधारी थिए केही जनता कसैका हातमा बन्दुक थियो कसैका हातमा लाठी।
उसले भुँइमा टाउको राख्यो र आँखा चिम्म गर्यो र सोंच्न थाल्यो पुराना दिन।
“कुनैवेलाको समय अत्यन्तै कुरूप हुन्छ !” राजले भन्यो।
“मेरो चिन्ता छोड तैंले आफ्नो सोंच। मसँग के छैन पद प्रतिष्ठा छ धन सम्पत्ती छ। अनि पावर पनि छ मसँग सिङ्गो पार्टी छ।”- किङ्गले ठहाका लगाउँदै हास्यो।
“सर ! विदेशीहरूको चलखेल बढेको छ , हजुर द्वारा कुनै यस्तो पाइलो नचालियोस् जसले व्यवस्थालाई हानि पुगाव़स् देशको सार्वभौमिकता र अखण्डता खलबलियो।”- राजले सम्झाउँदै भनेको थियो।
“म सरकारमा छु तिमीलाई के थाहा विदेशीहरू पनि मेरै मुठ्टीमा छन्। देश चलाउन दाउपेच सिक्नु पर्छ त्यो अद्भुत कला छ मभित्र ।”- किङ्गले राजतिर राता आँखा देखाउँदै भनेको कुरा अहिले उसको मष्तिकमा घुमिरहेको थियो।
“ढ्याम !” आवाज आयो, ऊ झसङ्ग भयो आफ्नै आँखाको सामुन्य उसको घर बिष्फोट भएको थियो। आफू चढेको त्यो कार पनि जलिरहेको थियो।
चारैतिर आगो बलेको थियो धुवाँले अन्धकार थियो। ऊ उठेर भाग्न खोज्यो तर उठ्नै सकिन उसका घुट्टा भाँचिएको थियो। ऊ चिच्याउन खोज्यो तर बोली फुटेन।
०००
दाङ घोराही १८
६ असाेज २०८२
Subscribe
Login
0 Comments
Oldest







































