साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रम

"ढ्याम !" आवाज आयो, ऊ झसङ्ग भयो आफ्नै आँखाको सामुन्य उसको घर बिष्फोट भएको थियो। आफू चढेको त्यो कार पनि जलिरहेको थियो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

” ऊफ् यो के हुँदै छ ?”- किङ्ग जोडले भुँईमा पच्छारिएपछि आकास तिर हेर्दै भन्यो।
ऊ चारैतिरबाट घेरिएको थियो केही वर्दिधारी थिए केही जनता कसैका हातमा बन्दुक थियो कसैका हातमा लाठी।

उसले भुँइमा टाउको राख्यो र आँखा चिम्म गर्यो र सोंच्न थाल्यो पुराना दिन।
“कुनैवेलाको समय अत्यन्तै कुरूप हुन्छ !” राजले भन्यो।

“मेरो चिन्ता छोड तैंले आफ्नो सोंच। मसँग के छैन पद प्रतिष्ठा छ धन सम्पत्ती छ। अनि पावर पनि छ मसँग सिङ्गो पार्टी छ।”- किङ्गले ठहाका लगाउँदै हास्यो।

“सर ! विदेशीहरूको चलखेल बढेको छ , हजुर द्वारा कुनै यस्तो पाइलो नचालियोस् जसले व्यवस्थालाई हानि पुगाव़स् देशको सार्वभौमिकता र अखण्डता खलबलियो।”- राजले सम्झाउँदै भनेको थियो।

“म सरकारमा छु तिमीलाई के थाहा विदेशीहरू पनि मेरै मुठ्टीमा छन्। देश चलाउन दाउपेच सिक्नु पर्छ त्यो अद्भुत कला छ मभित्र ।”- किङ्गले राजतिर राता आँखा देखाउँदै भनेको कुरा अहिले उसको मष्तिकमा घुमिरहेको थियो।

“ढ्याम !” आवाज आयो, ऊ झसङ्ग भयो आफ्नै आँखाको सामुन्य उसको घर बिष्फोट भएको थियो। आफू चढेको त्यो कार पनि जलिरहेको थियो।

चारैतिर आगो बलेको थियो धुवाँले अन्धकार थियो। ऊ उठेर भाग्न खोज्यो तर उठ्नै सकिन उसका घुट्टा भाँचिएको थियो। ऊ चिच्याउन खोज्यो तर बोली फुटेन।

०००
दाङ घोराही १८
६ असाेज २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x