साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परदेशी छाेराकाे माया

राेग बढ्दै ज्यान गल्दै शरिर कच्चा भयाे भएनन् बाबु आमा सम्पति सच्चा रह्याे। रुन्छिन् आमा तिमी सम्झि भन्छिन्र मलाई जब के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :


धेरैभाे तिम्रै यादले बुढा बुढी तड्पेकाे
तिम्रै काख पाेल्टामा रुन पाउँ भनी जपेकाे ।
साथ तिमीले हामीलाई छाेडेर गयाै जब
के छ खबर भन बाबु सञ्चाे विसञ्चाे अब ।


गाथमा तिम्राे कहिल्यै पनि नहाेस दुख पिर
मान मर्यादा लिनु दिनु बनाउ उच्च शिर ।
सुन्दैन श्वरले अब बुढाे भइयाे जब
के छ खबर भन बाबु सञ्चाे विसञ्चाे अब ।


चल्न हल्न नसकिंदा समाई हिंड्छाैँ भित्ताे
साथमा तिमी नहुँदा याे जीवन भाे रित्ताे ।
केही गर्न सकिँदैन बाबुु तिम्रै आशामा जब
के छ खबर भन बाबु सञ्चाे बिसञ्चाे अब ।


साेच्ने कुरा त्याे साेचेर मन भाछ दिकदारी
बुढाे भएका छाैँ बाबु हामी अहिले भिखारी ।
साेचिबस्छाैं बाबु मनमा अनेक पिरताप जब
के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।


तिम्राे सुखनै हाम्रा लागि पाैरख त्यहि बन्दछ
छैनन काेहि सहारा लाउ खाउ काे भन्दछ ।
सबैका लागि ईश्वर ठान्दछाैं आज जब
के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।


साेचेकाे थिइँन कहिल्यै यस्ताे बुढ्याइँ हाेला
हाँसी हाँसी जिउने ईरादामा अन्यत्र माया छाेला ।
हिजाेका कल्पना थियाे नि मेरा पुरा भएन जब
के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।


राेग बढ्दै ज्यान गल्दै शरिर कच्चा भयाे
भएनन् बाबु आमा सम्पति सच्चा रह्याे।
रुन्छिन् आमा तिमी सम्झि भन्छिन्र मलाई जब
के छ खबर भन त बाबु सञ्चाे विसञ्चाे अब ।

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x