साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँचलको आयाेजनामा वक्तृत्व प्रतियोगिता सम्पन्न

प्रतियोगितामा ब्रह्मदिक एकेडेमीकी प्रियन्सु पोखरेल प्रथम, जिएस निकेतनकी पूर्वजा न्यौपाने द्वितीय, जनप्रिय माविकी एरिना चौलागाईँ तृतीय र अमर माविका पारस अधिकारीले सान्त्वना स्थान प्राप्त ।

Nepal Telecom ad

मकवानपुर, २०८० मङ्सिर २३ । आँचल साहित्य कला पुञ्ज मकवानपुरले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्‍गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला आयोजना गरेको छ ।

प्रतियोगितामा सिद्धार्थ शिशु सदन सेकेण्डरी स्कुल, जिएस निकेतन सेकेण्डरी स्कुल, बालजागृति इङ्लिस सेकेण्डरी स्कुल, जनप्रिय मावि, भानु मावि, हेटौंडा एकेडेमी, श्रमिक मावि, ज्योति मावि, अमर मावि, ब्रम्हदिक एकेडेमी, अमर मावि, नवोदय शिशु सदन, लक्ष्मी आवि, वंशगोपाल मावि, लिटल फ्लावर स्कुल लगायत विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ब्रह्मदिक एकेडेमीकी प्रियन्सु पोखरेल प्रथम, जिएस निकेतनकी पूर्वजा न्यौपाने द्वितीय, जनप्रिय माविकी एरिना चौलागाईँ तृतीय र अमर माविका पारस अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुभयो । प्रतियोगीहरूलाई ३ हजार, २ हजार, १ हजार र ५ सय क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

साहित्य सङ्गम तथा सिस्नुपानी नेपालको संयुक्त भवनमा आयोजित कार्यक्रममा कूल २३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । आँचल मकवानपुरका अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता र हेटौंडा उपमहानगपालिका ४ नं. वडा सदस्य गीता त्रिपाठीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुशिला पाण्डे र चन्दा व्यञ्जनकार विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा आँचलका संस्थापक अध्यक्ष मुना अर्यालका साथै साहित्य सेवी, साहित्यसर्जकहरू मुक्तिगोविन्द वैद्य, देवराज खरेल, राजकुमार लामिछाने, डीबी बर्तौला, संगीतकार पूर्णविक्रम अधिकारी लगायत कानून व्यवसायी, शिक्षक, विद्यार्थी आदिको उपस्थिति रह्यो ।

आँचलका उपाध्यक्ष निरा शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा औचित्य प्रकाश पार्दै कार्यक्रम संयोजक निर्मला ब्लोनले लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार, विद्यालय, कार्यालयदेखि नै जोड दिनुपर्ने बताउनुभयो ।

तीन सदस्यीय निर्णायक मण्डलमा अनु रोक्का, सुवास खनाल र देवराज तिवारी रहनु भएको कार्यक्रमलाई आँचल मकवानपुरका सचिव सविता तिमल्सिनाले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x