साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा ईश्वर !

कोही टाट भए गयो विरहमा सन्तापको धूनमा होला शोक अशोक हुन्न बरिलै बौलाउने जूनमा पैसाको सब खेल भो चकचकी पैसा भए मानियो पैसा ईश्वर राम कृष्ण हरिजी लक्ष्मी सबै जानियो !!

Nepal Telecom ad

धनराज गिरी :

हात्तीको भर हुन्छ बाघ नभए गैंडाहरू तानिने
लेखा कागजको हुनेछ भवमा साथी यही छानिने
तोकेमा सरकारले यति भनी मान्ने भए लोकले
आफ्नै हो नगदे सखा कटकटे बैकुण्ठको तोकले

लक्ष्मीकान्त बने कुबेर पुजिने सम्मान होला बढी
जम्मा हाटक धेर नाटक हुने जोडिन्छ आई घडी
मोतीराम बनेर लेख कविता हीरा धरी साथमा
चाँदीको कटनी कमाल सटनी सत्ता हुने हातमा

लक्ष्मी खास सरस्वती भगवती वागीशजी आडमा
खोज्ने खास रमा सबै मनुजले सब्जी दही माडमा
अर्थोष्मा सबथोक भो अवनिमा सारा अडे वित्तमा
हो पाउण्ड टका सखा डलर भो हीरा गढे चित्तमा

अग्ला वास भए निकेतन खडा चर्चा हुने कारको
सत्तासाथ रहे बहे पवनझैँ आफन्त संसारको
दानी खास बने भने सकलले राधेयजी धीरजी
धीरोदात्त उदात्त खीर गुलियो श्रीरामजी वीरजी !

कोही टाट भए गयो विरहमा सन्तापको धूनमा
होला शोक अशोक हुन्न बरिलै बौलाउने जूनमा
पैसाको सब खेल भो चकचकी पैसा भए मानियो
पैसा ईश्वर राम कृष्ण हरिजी लक्ष्मी सबै जानियो !!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x