फित्काैली डटकमप्रदीपरत्न शाक्यको कवितासङ्ग्रह ‘म सडकको प्रतिबिम्ब’ विमोचन
प्रमुख आमन्त्रित तुलसी दिवसले आफ्नो भनाइमा पृथक समयको पृथक कविताआफ्नै शैली र भाषामा लेखिनुपर्छ,आफू कविता लेखेरै बाँचेको हुँ भन्नुभयो ।

काठमाडाैं, २०८० मङ्सिर २३ । अभिनव साहित्य समाज जोरपाटीमा प्रदीपरत्न शाक्यको कवितासङ्ग्रह ‘म सडकको प्रतिबिम्ब’ विमोचन भएको छ । हरेक महिनाको अन्तिम शनिवार हुने गरेको नियमित कार्यक्रमभन्दा यो विशेष कार्यक्रम हो । प्रमुख आमन्त्रितको आगमन निर्धारित समयमा नभएकाले शुरु गर्न अलिक ढिलो भएको थियोे ।
संस्थाका सचिव पर्शुराम पराशरले सञ्चालन गर्नुभएको यस कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष विमल अर्यालले गर्नुभयो भने सुपरिचित कवि तुलसी दिवस प्रमुख आमन्त्रित हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रितले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको यो कार्यक्रममा बाजुराम पौडेल, भीसन अधिकारी, सुरेश वैद्य,दुर्गा अधिकारी भँमरकोटे, गोविन्द घिमिरे वेदमणि, खोलाघरे साहिंलो, सुनिल अधिकारी, डिल्लीप्रसाद मुल्तिहुन, कणाद महर्षि, शीतल गिरि, अनिल पौडेल, सवि मेवाहाङ (धरान), सुमन पुडासैनी, बी.पी .इलामे, मानन्धर अभागी, राजेशमान केसी, गङ्गाप्रसाद भेटवाल, भगतदास श्रेष्ठ, नरेशवीर शाक्य, मञ्जुश्री प्रधान, ऋचा, पवन संग्रौला, रामकुमार पण्डित, अर्पिता शाक्य, अच्युत घिमिरे, ओमप्रसाद कोइराला, रेणुकादेवी श्रेष्ठ, मुकुन्द आचार्य, गोविन्द नेपाल, नानी हिरा शाक्य, आशिष् शाक्, दिलकुमारी डङ्गोल, प्रीति शाक्य, सुशील आचार्य, दीक्षा शाक्य, ज्ञानदेवी शाक्य आदि ७० जना भन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले सर्वप्रथम स्वागत मन्तव्य दिनुभयो । कार्यक्रममा प्रदीपरत्न शाक्यको ” म सडकको प्रतिबिम्ब” गद्यकवितासङ्ग्रहको सामुहिक विमोचनपछि स्रष्टा ध्रुव मधिकर्मीले पुस्तकबारे छोटो समीक्षा मन्तव्य दिनुभयो भने भगतदास श्रेष्ठ, नारायण वज्राचार्य, नरेशवीर शाक्यहरूले शुभकामना मन्तव्य दिनुभयो ।
पुस्तकका लेखक प्रदीपरत्न शाक्यले आभार मन्तव्यको अन्त्यमा ” आमा” कवितावाचन गर्नुभएको थियो । विमोचित कृतिभित्रबाट विभिन्न शीर्षकका कवितावाचन गर्नेहरूमा- प्रणिसा शाक्य-(प्रदीपरत्नकी छोरी )” बा “कविता, अनिल पौडेल “पागल” कविता, सुनिल अधिकारी, दिलकुमारी डङ्गोल “म सडकको प्रतिबिम्ब”, तेजकृष्ण श्रेष्ठ- “क्रान्ति “, अच्युत घिमिरे “रित्तो ” आदि हुनुहुन्थ्यो ।
आजको कार्यक्रमको विशेष आकर्षणमा धरान सुन्सरीबाट आउनुहुने छन्दसाधिका सवी मेवाहाङले आफ्नो छोटो आभार मन्तव्य र स्वरचित कविता “जिन्दगी ” पञ्चचामर छन्दमा वाचन गर्दा समग्र हल मन्त्रमुग्ध भएको थियो ।
प्रमुख आमन्त्रित तुलसी दिवसले आफ्नो भनाइमा पृथक समयको पृथक कविताआफ्नै शैली र भाषामा लेखिनुपर्छ,आफू कविता लेखेरै बाँचेको हुँ भन्नुभयो ।
कार्यक्रमको समापन गर्दै अध्यक्षता गर्नुहुने विमल अर्यालले कृतिकार, प्रमुख आमन्त्रित लगायत उपस्थित सबैमा हार्दिक धन्यवाद अर्पण गर्नुभयो ।
०००
– खाेलाघरे साहिँलाेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































