फित्काैली डटकममेची क्याम्पसमा हास्यव्यङ्ग्य कार्यक्रम, नकुल काजी सम्मानित
कार्यक्रममा हास्यव्यङ्ग्यकार सह प्राध्यापक चूडामणि वशिष्ठले "हास्यव्यङ्ग्य सिर्जनाका सीप र शैली" विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का हास्यव्यङ्ग्यकार सह प्राध्यापक होम सुवेदीले प्रस्तुत कार्यपत्र माथि टिप्पणी गरेका थिए।

झापा, २०८० मङ्सिर २३ । रिसर्च म्यानेजमेन्ट सेल, मेची बहुमुखी क्याम्पस भद्रपुरको आयोजनामा हास्यव्यङ्ग्य विषयक विचार गोष्ठी, हास्यव्यङ्ग्य कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम क्याम्पसको सभाहलमा भव्य र सभ्यरुपमा सम्पन्न भएको छ।
कार्यक्रम रिसर्च म्यानेजमेन्ट सेलका अध्यक्ष प्रा. डा. गंगाप्रसाद अधिकारीको अध्यक्षता र क्याम्पस प्रमुख तथा रिसर्च म्यानेजमेन्ट सेलका संरक्षक जीवन पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा हास्यव्यङ्ग्यकार सह प्राध्यापक ले “हास्यव्यङ्ग्य सिर्जनाचूडामणि वशिष्ठका सीप र शैली” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का हास्यव्यङ्ग्यकार सह प्राध्यापक होम सुवेदीले प्रस्तुत कार्यपत्र माथि टिप्पणी गरेका थिए। 
कार्यक्रममा पवन ढुङ्गेल, गीता सुवेदी नेपाल, कृष्ण सुवेदी “निराकार”, तुलसीप्रसाद भट्टराई, विनोद खनाल, दुर्गा प्रसाद सिग्देल, लेखनाथ दिंलाली, राजेश ढुंगाना, पिनाकी कोइराला, देवीचरण भण्डारी, खिलप्रसाद शिवाकोटी, गणेश निरौला, विरही अधिकारी, लक्ष्मी अच्युत ढुङ्गाना र अग्रज पत्रकार चन्द्र भण्डारीले आ-आफ्ना सिर्जना वाचन गरेका थिए । 
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ र बाल साहित्यकार घनेन्द्र शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हास्यव्यङ्ग्यकार तथा वरिष्ठ पत्रकार नकुल काजीलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्व नकुल काजीको परिचय सह प्राध्यापक तारा विविधले गराउनु भएको थियो। सम्मानित व्यक्तित्वको नाम घोषणा क्याम्पस प्रमुख जीवन पोखरेलले गर्नु भएको थियो।
सम्मानित व्यक्तित्वलाई क्याम्पसकी विद्यार्थी आश्रित भट्टराईले सयपत्री फूलको माला लगाई दिएकी थिइन्, क्याम्पस प्रमुख पोखरेलले दोसल्ला ओढाएका र कार्यक्रमका सभाध्यक्ष अधिकारीले सम्मान पत्र एवम् कार्यपत्र प्रस्तोता चूडामणि वशिष्ठले उपहार प्रदान गरेका थिए।
सम्मानित व्यक्तित्व नकुल काजीले मन्तव्य राख्दै आफू सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरेका थिए । उपस्थित पाहुनाहरुलाई मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो।
कार्यक्रममा क्याम्पस प्रमुख पोखरेलले कार्यक्रमको वारेमा आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमका अध्यक्ष प्रा. डा. गंगाप्रसाद अधिकारीले समापन मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो भने स्वागत मन्तव्य डा. राजेन्द्र अधिकारीले र सञ्चालन लक्ष्मी पौडेलले गरेकी थिइन्।
कार्यक्रममा झापाली कवि, साहित्यकार, विद्यालय र क्याम्पसका शिक्षक तथा प्राध्यापक एवम् विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
०००
– देवीचरण भण्डारीद्वारा संप्रेषित । तस्विर : विनाेद खनाल
Subscribe
Login
0 Comments
Oldest






































