सञ्जय साह मित्रगधालाई तालिम
गधा पञ्चले तालिमको लागि पाँच टाठाबाठा घोडा र पाँच पटमूर्ख गधा चयन गर्यो । घोडालाई बेइमानी लाग्यो तर गधासित बहस गर्दा गधाभन्दा पनि मूर्ख होइएला भन्ने तर्कले छाेप्यो ।

सञ्जय साह मित्र :
कुकुरहरुलाई तालिम दिएपछि निकै सुध्रिएको घोडाहरुले देखे । तालिम लिएका बाँदरहरुलाई पनि लुगा लगाइदिएर सम्मान गरेको देखे । अनि भारी बोक्ने वा ढाडमा टेकेर टाउकोमा प्रहार खाने घोडाहरुले सामूहिक छलफल गरे – हामीले पनि तालिम लिएर युगानुकूल बुद्धिमान बन्नुपर्छ ।
निर्णय पास भयो । सबै घोडाहरुले चन्दा संकलन गरे । तालिमको लागि आवश्यक सबै व्यवस्था गरे । तालिम दिने मानिससित सम्पर्क गरे । घोडाले भन्यो – हामीलाई तालिम दिएर सम्मानयोग्य बनाइदिनुहोस् ।
मानिसले भन्यो – एकपटकमा दश घोडालाई मात्र तालिम दिन सकिन्छ ।
घोडाहरूको संख्या धेरै थियो । पहिले म लिन्छु सबैले भन्न थाले । अनि अन्तिममा निष्कर्ष निकाले – तालिमको लागि योग्य घोडा चयन गर्ने जिम्मा गधालाई दिऊँ । गधाले बुद्धि पु¥यायो । मानिसलाई मिलायो – हामी आज्ञाकारी भरिया बन्छौँ, कृपया हामीलाई पनि तालिम दिनुहोस् ।
गधाको जुँगा चल्यो मान्छेले कुरा बुझ्यो – ठिक छ तिम्रो चयनमा मेरो पूरापूर समर्थन छ ।
जनावरहरुको भेला भयो । गधा पञ्चले तालिमको लागि पाँच टाठाबाठा घोडा र पाँच पटमूर्ख गधा चयन गर्यो । घोडालाई बेइमानी लाग्यो तर गधासित बहस गर्दा गधाभन्दा पनि मूर्ख होइएला भन्ने तर्कले छाेप्यो ।
तालिम दिन सुरु ग¥यो मानिसले । छुटीको दिनमा जङलमा चर्न पठाउन थाल्यो । केही समय अनुशासनमा बसे पनि जङलमा पशुहरू छाडा हुनु स्वाभाविकै हो । भनिन्छ, सोही तालिमबाट खच्चरको विकास भएको हो ।
अहिलेसम्म पनि बाठो घोडाले खच्चरको अनुहारमा आफ्नै सन्तान देख्छ रे ।
०००
राैतहट
Subscribe
Login
0 Comments
Oldest







































