साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधालाई तालिम

गधा पञ्चले तालिमको लागि पाँच टाठाबाठा घोडा र पाँच पटमूर्ख गधा चयन गर्यो । घोडालाई बेइमानी लाग्यो तर गधासित बहस गर्दा गधाभन्दा पनि मूर्ख होइएला भन्ने तर्कले छाेप्यो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

कुकुरहरुलाई तालिम दिएपछि निकै सुध्रिएको घोडाहरुले देखे । तालिम लिएका बाँदरहरुलाई पनि लुगा लगाइदिएर सम्मान गरेको देखे । अनि भारी बोक्ने वा ढाडमा टेकेर टाउकोमा प्रहार खाने घोडाहरुले सामूहिक छलफल गरे – हामीले पनि तालिम लिएर युगानुकूल बुद्धिमान बन्नुपर्छ ।

निर्णय पास भयो । सबै घोडाहरुले चन्दा संकलन गरे । तालिमको लागि आवश्यक सबै व्यवस्था गरे । तालिम दिने मानिससित सम्पर्क गरे । घोडाले भन्यो – हामीलाई तालिम दिएर सम्मानयोग्य बनाइदिनुहोस् ।
मानिसले भन्यो – एकपटकमा दश घोडालाई मात्र तालिम दिन सकिन्छ ।

घोडाहरूको संख्या धेरै थियो । पहिले म लिन्छु सबैले भन्न थाले । अनि अन्तिममा निष्कर्ष निकाले – तालिमको लागि योग्य घोडा चयन गर्ने जिम्मा गधालाई दिऊँ । गधाले बुद्धि पु¥यायो । मानिसलाई मिलायो – हामी आज्ञाकारी भरिया बन्छौँ, कृपया हामीलाई पनि तालिम दिनुहोस् ।

गधाको जुँगा चल्यो मान्छेले कुरा बुझ्यो – ठिक छ तिम्रो चयनमा मेरो पूरापूर समर्थन छ ।

जनावरहरुको भेला भयो । गधा पञ्चले तालिमको लागि पाँच टाठाबाठा घोडा र पाँच पटमूर्ख गधा चयन गर्यो । घोडालाई बेइमानी लाग्यो तर गधासित बहस गर्दा गधाभन्दा पनि मूर्ख होइएला भन्ने तर्कले छाेप्यो ।

तालिम दिन सुरु ग¥यो मानिसले । छुटीको दिनमा जङलमा चर्न पठाउन थाल्यो । केही समय अनुशासनमा बसे पनि जङलमा पशुहरू छाडा हुनु स्वाभाविकै हो । भनिन्छ, सोही तालिमबाट खच्चरको विकास भएको हो ।

अहिलेसम्म पनि बाठो घोडाले खच्चरको अनुहारमा आफ्नै सन्तान देख्छ रे ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x