डा. शरद परासर मरहट्टाकिन्न पाइन्छ कि ?
आफ्ना, भएभरका गर-गहना र बहुमूल्य सामान बेच्न चाहन्छु र किन्न चाहन्छु वा भनौँ हतारिइरहेकी छु/रहेको छु बैंस, उमेर र जीवन किन्न हुनुहुन्छ, कोही ? मलाई बेच्न ?!

सीता पाण्डे :
अहो ! कस्तो सुन्दर जीवनका उकाली-ओरालीहरू
कस्तो रोमाञ्चक, नव मोहक
जीवनको चौतारीमा
तपाईंलाई भेटेको
आँखा जुधाएर पनि
बोल्न नसकेको, मन-मनै प्रेमले मात्तिए पनि
त्यसबेला, मैले किन ? भन्न सकिनँ
किन खोल्न सकिनँ
मनमा छचल्किएका
प्रेमका रङ्गहरू
तिम्रो ओठमा, किन छ्याप्न सकिनँ
मैले दुधे बालकसित बात मार्न बाँकि नै छ
उसका कुरा सुन्न बाँकी नै छ
उसकाे शरीरको वास्ना सुँघेर
म अत्तर लगाउन बिर्सिन्छु
ती धानका खमार-खलियान
परालका कुन्युमा
लुकामारी खेल्दै
तिमीलाई एक पटक भेट्टाउन मन छ
त्यसबेला
भन्न नसकेका कुरा, भन्न मन छ
त्यस बेला
गर्न नसकेका कुरा, गर्न मन छ
अब, मलाई साहसको ज़रूरत छैन
लाज पनि छैन
कसैले सुन्ला कि देख्ला कि
भनेर, डराउनु पनि छैन
बरू अहिले
डराउन थालेकी/थालेको छु
खिइँदै गएको जीवनसित
र जीवनले समातेको यो धागो
कतै मक्किएको त छैन भनेर !
ओइलिँदै गएका छन् र अटेर मान्न थालेका छन्
मेरा शरीरका अङ्ग-प्रत्यङ्गहरू म सित हिँड्नसित
म, आफ्नो घर बेच्न तैयार छु
जग्गा-ज़मीन, जायदाद
सब बेच्न तैयार छु
आफ्ना, भएभरका गर-गहना र
बहुमूल्य सामान बेच्न चाहन्छु
र किन्न चाहन्छु
वा भनौँ
हतारिइरहेकी छु/रहेको छु
बैंस, उमेर र जीवन किन्न
हुनुहुन्छ, कोही ?
मलाई बेच्न ?!
०००
झापा, हाल- मेरील्याण्ड
Subscribe
Login
0 Comments
Oldest






































