साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन्न पाइन्छ कि ?

आफ्ना, भएभरका गर-गहना र बहुमूल्य सामान बेच्न चाहन्छु र किन्न चाहन्छु वा भनौँ हतारिइरहेकी छु/रहेको छु बैंस, उमेर र जीवन किन्न हुनुहुन्छ, कोही ? मलाई बेच्न ?!

Nepal Telecom ad

सीता पाण्डे :

अहो ! कस्तो सुन्दर जीवनका उकाली-ओरालीहरू
कस्तो रोमाञ्चक, नव मोहक
जीवनको चौतारीमा
तपाईंलाई भेटेको
आँखा जुधाएर पनि
बोल्न नसकेको, मन-मनै प्रेमले मात्तिए पनि
त्यसबेला, मैले किन ? भन्न सकिनँ
किन खोल्न सकिनँ
मनमा छचल्किएका
प्रेमका रङ्गहरू
तिम्रो ओठमा, किन छ्याप्न सकिनँ
मैले दुधे बालकसित बात मार्न बाँकि नै छ
उसका कुरा सुन्न बाँकी नै छ
उसकाे शरीरको वास्ना सुँघेर
म अत्तर लगाउन बिर्सिन्छु
ती धानका खमार-खलियान
परालका कुन्युमा
लुकामारी खेल्दै
तिमीलाई एक पटक भेट्टाउन मन छ
त्यसबेला
भन्न नसकेका कुरा, भन्न मन छ
त्यस बेला
गर्न नसकेका कुरा, गर्न मन छ
अब, मलाई साहसको ज़रूरत छैन
लाज पनि छैन
कसैले सुन्ला कि देख्ला कि
भनेर, डराउनु पनि छैन
बरू अहिले
डराउन थालेकी/थालेको छु
खिइँदै गएको जीवनसित
र जीवनले समातेको यो धागो
कतै मक्किएको त छैन भनेर !
ओइलिँदै गएका छन् र अटेर मान्न थालेका छन्
मेरा शरीरका अङ्ग-प्रत्यङ्गहरू म सित हिँड्नसित
म, आफ्नो घर बेच्न तैयार छु
जग्गा-ज़मीन, जायदाद
सब बेच्न तैयार छु
आफ्ना, भएभरका गर-गहना र
बहुमूल्य सामान बेच्न चाहन्छु
र किन्न चाहन्छु
वा भनौँ
हतारिइरहेकी छु/रहेको छु
बैंस, उमेर र जीवन किन्न
हुनुहुन्छ, कोही ?
मलाई बेच्न ?!

०००
झापा, हाल- मेरील्याण्ड

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x