कमला पन्थी अधिकारीमरेकाे माथि मुक्का
बिहे हुने भयाे । शहरबाट गाउँमा जन्ती लिएर आऊजाऊ गर्न नमानेपछि छाेरीपट्टीका त लत्रनै पर्याे । कन्याका पिता खुसी पनि थिए । तर खर्च सम्झिदा भने मुटु पिराे हुन्थ्याे ।

कमला पन्थी अधिकारी
सर्कारलाई जे गर्दा पनि कर आइहाल्छ । तब त सर्कार महङ्गी नियन्त्रण गर्न लागि पर्दैन । सर्कारकाे मात्रै के कुरा गर्नु माैका नपाएर मात्रै हाे । नत्र हामी कतिपय नेपाली पनि बेइमान छाैँ । केही नेपाली खुरफाती गर्न त गर्भदेखि नै पि एच डी गरेर आएका हुन् भन्दा फरक पर्दैन । अप्ठेराे परेकाे समयमा अर्काकाे खुट्टा तान्न हामी जति सिपालु काे हाेला ?
जब जब राजमार्गमा अवराेध उन्पन्न हुन्छ तब ब्यापारीहरूले अलपत्र परेका यात्रुहरूलाई यसाे सहयाेग सेवा गर्नु त कता कता उल्टाे अरू समयमा बीस पच्चीस रुपयाँ पर्ने अत्यावश्यक सामानकाे भाउ एकैचाेटी सय रूपयाँ बनाउँछन् । याे यात्रुहरूले धेरै चाेटी भाेगेकाे तीताे सत्य हाे याे । धर्म गर्न कतै तीर्थ जानै पर्दैन । न त ढुङ्गालाई पूजा गरेर मिल्दछ धर्म ? यस्तै आपत्तिमा परेका मानिसलाई निस्वार्थ सेवा गर्नु नै धर्म हाे ।
दान त्याे हाे जाे कसलाई गरियाे त्यसकाे खाेजिनीति र प्रचार प्रसार कहिले पनि गरिँदैन । तर यहाँ फाेटाे खिचेर धर्म गरिन्छ ।यहाँ सम्मकी पित्रृ कार्य गरेकाे समेत फाेटाे खिचेर फेसबुकमा राखेकाे देख्दा त झन् “कुन्नी केलाई भन्दा देख्नेलाई लाज” भने जस्ताे लाग्छ ।
केही दिन अघि देशका अधिकांश सडकहरू बन्द भएकाे अवस्थामा धेरै वायुसेवा निगमहरूले पनि खुराफाती गर्न भ्याइहाले । धन्य सामाजिक सन्जालबाट कुरा बाहिरिहाल्याे । तब धेरैले प्रशस्त निन्दाकाे दनक भेटे पछि मात्रै उनीहरू आफ्नाे ठाउँमा ओर्ले । धन्य हाम्राे नेपालकाे व्यापार । यसलाई अप्ठ्याराे परेकाे छ भन्ने थाहा पायाे कि ठग्याे । नियमनकारी निकाय कहाँ निदाएका छन् ? हामी नेपालीकाे सहन गर्ने क्षमतालाई मान्नै पर्छ ।सरकारलाई मात्र किन दाेष दिने प्रत्येक मानिसमा किन बेइमानी अंकुराउँछ । सद्बुद्धि कहिले पलाउँछ ?
यसै सन्दर्भमा एउटा प्रसङ्ग काेट्याउन मन लाग्याे । एक जना गाउँका मानिसले शहरबाट छाेरीकाे बिहे गर्न थाले । छाेरीले शहरियासँग प्रेम गरिन् । बिहे हुने भयाे । शहरबाट गाउँमा जन्ती लिएर आऊजाऊ गर्न नमानेपछि छाेरीपट्टीका त लत्रनै पर्याे । कन्याका पिता खुसी पनि थिए । तर खर्च सम्झिदा भने मुटु पिराे हुन्थ्याे । उनका दिदी बहिनी शहरिया भइटाेपलेकाले सबैले जाेडबल गरे ।
सबैकाे साथ र सहयाेगकाे आसले शहरबाटै बिहे गर्ने निर्णय भयाे । भान्जले साथ सहयाेग र सल्लाह दिने वचन दिएकाेले उनी ढुक्क थिए । बिहे भने पछि नूनदेखि सुनसम्म किन्नै पर्याे । दिदी बहिनीकाे खर्च गर्ने कुरा पनि भएन । भान्जाले विभिन्न ठाउँमा लिएर सामान त किनाए तर कुरा त्यै हाे बुझे भै गाे । अघिल्लाे दिन नै ब्यापारीसँग गएर कान फुक्न भ्याए । भान्जाकाे सबै इष्ट मित्रले मुक्त कण्ठले प्रशंसा गरे । तब मुस्कुराउँदै “मेराे कर्तव्य नै हाे याे त” भनी मिठाे जवाफ फर्कायाे भान्जाले । मामा पनि मक्ख थिए भान्जाकाे साथ र सहयाेगले ।
सुन, कपडा, पार्टी प्यालेस आदि सबैबाट अलि अलि गर्दा त सामन्य सेकेण्ड हेन्ड स्कुटर चढेर हिँड्ने भान्जा । मामा गाउँ गएकाे केही दिनपछि त पल्सर चढेर पाे हिँड्न थाल्याे । उता कन्याका पिता भने रिनकाे भारले भारी टाउकाे लिएर गाउँ फर्के । उनले अर्की छाेरीलाई भने गाउँमै पढाउने प्रण गर्दै रात दिन ब्याजकाे हिसाब किताब राख्न ओैँला भाचिरहन्छन् । अब कसले कसलाई कसरी विस्वास गर्ने वा नगर्ने ? अप्ठ्याराे परेकाेलाई सहयाेग गर्ने चलन कहिले आउला प्रभु ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































