साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मरेकाे माथि मुक्का

बिहे हुने भयाे । शहरबाट गाउँमा जन्ती लिएर आऊजाऊ गर्न नमानेपछि छाेरीपट्टीका त लत्रनै पर्याे । कन्याका पिता खुसी पनि थिए । तर खर्च सम्झिदा भने मुटु पिराे हुन्थ्याे ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी

सर्कारलाई जे गर्दा पनि कर आइहाल्छ । तब त सर्कार महङ्गी नियन्त्रण गर्न लागि पर्दैन । सर्कारकाे मात्रै के कुरा गर्नु माैका नपाएर मात्रै हाे । नत्र हामी कतिपय नेपाली पनि बेइमान छाैँ । केही नेपाली खुरफाती गर्न त गर्भदेखि नै पि एच डी गरेर आएका हुन् भन्दा फरक पर्दैन । अप्ठेराे परेकाे समयमा अर्काकाे खुट्टा तान्न हामी जति सिपालु काे हाेला ?

जब जब राजमार्गमा अवराेध उन्पन्न हुन्छ तब ब्यापारीहरूले अलपत्र परेका यात्रुहरूलाई यसाे सहयाेग सेवा गर्नु त कता कता उल्टाे अरू समयमा बीस पच्चीस रुपयाँ पर्ने अत्यावश्यक सामानकाे भाउ एकैचाेटी सय रूपयाँ बनाउँछन् । याे यात्रुहरूले धेरै चाेटी भाेगेकाे तीताे सत्य हाे याे । धर्म गर्न कतै तीर्थ जानै पर्दैन । न त ढुङ्गालाई पूजा गरेर मिल्दछ धर्म ? यस्तै आपत्तिमा परेका मानिसलाई निस्वार्थ सेवा गर्नु नै धर्म हाे ।

दान त्याे हाे जाे कसलाई गरियाे त्यसकाे खाेजिनीति र प्रचार प्रसार कहिले पनि गरिँदैन । तर यहाँ फाेटाे खिचेर धर्म गरिन्छ ।यहाँ सम्मकी पित्रृ कार्य गरेकाे समेत फाेटाे खिचेर फेसबुकमा राखेकाे देख्दा त झन् “कुन्नी केलाई भन्दा देख्नेलाई लाज” भने जस्ताे लाग्छ ।

केही दिन अघि देशका अधिकांश सडकहरू बन्द भएकाे अवस्थामा धेरै वायुसेवा निगमहरूले पनि खुराफाती गर्न भ्याइहाले । धन्य सामाजिक सन्जालबाट कुरा बाहिरिहाल्याे । तब धेरैले प्रशस्त निन्दाकाे दनक भेटे पछि मात्रै उनीहरू आफ्नाे ठाउँमा ओर्ले । धन्य हाम्राे नेपालकाे व्यापार । यसलाई अप्ठ्याराे परेकाे छ भन्ने थाहा पायाे कि ठग्याे । नियमनकारी निकाय कहाँ निदाएका छन् ? हामी नेपालीकाे सहन गर्ने क्षमतालाई मान्नै पर्छ ।सरकारलाई मात्र किन दाेष दिने प्रत्येक मानिसमा किन बेइमानी अंकुराउँछ । सद्बुद्धि कहिले पलाउँछ ?

यसै सन्दर्भमा एउटा प्रसङ्ग काेट्याउन मन लाग्याे । एक जना गाउँका मानिसले शहरबाट छाेरीकाे बिहे गर्न थाले । छाेरीले शहरियासँग प्रेम गरिन् । बिहे हुने भयाे । शहरबाट गाउँमा जन्ती लिएर आऊजाऊ गर्न नमानेपछि छाेरीपट्टीका त लत्रनै पर्याे । कन्याका पिता खुसी पनि थिए । तर खर्च सम्झिदा भने मुटु पिराे हुन्थ्याे । उनका दिदी बहिनी शहरिया भइटाेपलेकाले सबैले जाेडबल गरे ।

सबैकाे साथ र सहयाेगकाे आसले शहरबाटै बिहे गर्ने निर्णय भयाे । भान्जले साथ सहयाेग र सल्लाह दिने वचन दिएकाेले उनी ढुक्क थिए । बिहे भने पछि नूनदेखि सुनसम्म किन्नै पर्याे । दिदी बहिनीकाे खर्च गर्ने कुरा पनि भएन । भान्जाले विभिन्न ठाउँमा लिएर सामान त किनाए तर कुरा त्यै हाे बुझे भै गाे । अघिल्लाे दिन नै ब्यापारीसँग गएर कान फुक्न भ्याए । भान्जाकाे सबै इष्ट मित्रले मुक्त कण्ठले प्रशंसा गरे । तब मुस्कुराउँदै “मेराे कर्तव्य नै हाे याे त” भनी मिठाे जवाफ फर्कायाे भान्जाले । मामा पनि मक्ख थिए भान्जाकाे साथ र सहयाेगले ।

सुन, कपडा, पार्टी प्यालेस आदि सबैबाट अलि अलि गर्दा त सामन्य सेकेण्ड हेन्ड स्कुटर चढेर हिँड्ने भान्जा । मामा गाउँ गएकाे केही दिनपछि त पल्सर चढेर पाे हिँड्न थाल्याे । उता कन्याका पिता भने रिनकाे भारले भारी टाउकाे लिएर गाउँ फर्के । उनले अर्की छाेरीलाई भने गाउँमै पढाउने प्रण गर्दै रात दिन ब्याजकाे हिसाब किताब राख्न ओैँला भाचिरहन्छन् । अब कसले कसलाई कसरी विस्वास गर्ने वा नगर्ने ? अप्ठ्याराे परेकाेलाई सहयाेग गर्ने चलन कहिले आउला प्रभु ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x