विदुर अधिकारीजीवन बुझ्नै गाह्रो
नौ महिनातक कोख सजाई, बोकिन् बालकलाई जन्म भएपछि पालिन् दुधका,धारा नित्य खुवाई यस्ती आमाकन पनि छोरा, ठान्छन् रे पछि काँडो जति जति बुझ्दै जान्छौँ जीवन, त्यतित्यति बुझ्नै गाह्रो ।

विदुर अधिकारी :
हामी दुर्बल बन्दै जान्छौँ, वृद्ध अवस्था पुग्दा
हाम्रा चेतन गुम्दै जान्छन्, रोग असाध्यै लाग्दा
जति नै रोगी हुन् ती वृद्धा, ठान्छिन् रे तन प्यारो
जतिजति बुझ्दै जान्छौँ जीवन, त्यतित्यति बुझ्नै गाह्रो ।
(१)
वृद्ध अवस्था नाजुक बन्दा, अतिशय चिन्ता पर्ने
खोक्दा धेरै दुख्दा छाती को छ र औषध गर्ने
आमा बाबा वृद्ध हुँदामा, हुन्छन् रे अझ घाँडो
जतिजति बुझ्दै जान्छौँ जीवन, त्यतित्यति बुझ्नै गाह्रो ।
(२)
आफ्नै आँगन पनि अति टाढा, हुन्छन् रे पछि हेर
वृद्धावस्था कठिन हुनेछन्, पीडा धेर भएर
हेला पर्दा सन्ततिबाटै, बन्छन् रे अझ तारो
जति जति बुझ्दै जान्छौँ जीवन, त्यतित्यति बुझ्नै गाह्रो ।
(३)
दुख अति खप्दै बोके भारी, सन्तति खातिर जगमा
सन्ततिलाई शिक्षा दिइँदा सकिए धन जति भवमा
बिर्सन्छन् तर बाबाको दुख, सन्ततिले यति चाँडो
जति जति बुझ्दै जान्छौँ जीवन, त्यतित्यति बुझ्नै गाह्रो ।
(४)
नौ महिनातक कोख सजाई, बोकिन् बालकलाई
जन्म भएपछि पालिन् दुधका,धारा नित्य खुवाई
यस्ती आमाकन पनि छोरा, ठान्छन् रे पछि काँडो
जति जति बुझ्दै जान्छौँ जीवन, त्यतित्यति बुझ्नै गाह्रो ।
(५)
०००
रामपुर, चितवन
Subscribe
Login
0 Comments
Oldest







































