साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढो मान्छे

मेरो पढे लेखेर शिक्षक बनेको छोराले त नाता छुट्याउन सकेन भने अरूको के हाल होला ? लौ जे सुकै होस् ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

घरमा नौला नौला मानिसहरूको आवत जावत हुन थालेको धेरै दिन भएको थियो । छोरा बुहारीलाई सोधेको अलि रुखो स्वरमा जवाफ फर्काए । “तपाई बुढो मान्छेलाई किन चाहियो ? चुप लागेर बस्नू न ।” मनमा विभिन्न तर्कनाहरू आईरहे । बुढी साथमा भए केही थाहा पाउँथी होला । म त एउटा कुनामा लडिरहने बुढो मान्छे के थाहा ? नातिको बिहे भनौँ भने ऊ परदेशमा छ । मलाई उनीहरूले स्पष्ट कुरा गरे पनि त सन्तोष लाग्थ्यो ।”

यस्तैमा दुईचार दिनपछि नाति आयो । मलाई तातो लुगा र अन्य खानेकुरा ल्याएको रहेछ । खुसी लाग्यो । हालखबर सोध्यो । मेरो प्रश्नको उसले भने सही जबाफ दियो “हावु म त बिहे गर्न आएको हुँ नि । एक हप्ता पछि बिहे छ ।”

अनि केटी कहाँकी हो ? भनी सोधेको, त्यो डाडाँगाउँका कान्छा जिम्मावालकी नातिनी मिरा हो भन्यो । हामी विदेशमा सँगै पढ्छौँ । त्यसैले बिहे गर्ने निश्चित भयो हाबु । उसले तोते बोल्दा मलाई हब्बा भन्थ्यो ठुलो भए पछि माया गरेर हाबु भन्छ । अचम्म लाग्यो यो कुरा छोरा बुहारीले पहिले भनेका भए मैले बिहे गर्नु हुँदैन भनी अस्विकार गर्दथेँ । के गर्ने अब भन्न भएन । फेरि मलाई उनीहरूले बिहे भाँड्यो भनी आरोप लगाउँछन् । त्यो हुनेवाला बुहारीको हजुर आमाको मामाघर र मेरो आमाको मावली एउटै घरमा हो । यो कुराको जानाकारी मेरो छोरालाई पनि छ । मलाई बिहेको कुरा नगर्नुको राज यही हुनु पर्छ जस्तो लाग्यो ।

हुनेवाला यो जोडीको नाता लाग्छ । हाम्रो धर्म र परम्परा अनुसार यस्ता नाता पर्ने केटा केटीको बिहे गर्नु हुदैनथ्यो । आज भोलि के के हो के के ! अब मैले थाहा नपाए जस्तो गर्नु सिबाय केही उपाय छैन । मेरो पढे लेखेर शिक्षक बनेको छोराले त नाता छुट्याउन सकेन भने अरूको के हाल होला ? लौ जे सुकै होस् । आफू त बुढो मान्छे चुप लागेर बस्नु नै मेरो काम रे !

०००
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x