सुलसुलेपुस्तक विमोचन तथा अन्तरक्रिया
साहित्य संसार नेपालले प्रख्यात चित्रकार ठाकुरप्रसाद मैनाली प्रमुख अतिथि र वरिष्ठ कवि शैलेन्द्र साकार विशेष अतिथि ।

ललितपुर कात्तिक २६, २०७९ । साहित्य संसार नेपालले प्रख्यात चित्रकार ठाकुरप्रसाद मैनाली प्रमुख अतिथि र वरिष्ठ कवि शैलेन्द्र साकार विशेष अतिथि हुनुभएको कार्यक्रममा कलाकार “अशोकमान सिंसँग जम्काभेट” परिचय पुस्तिकाको विमोचन, साहित्यकार डा.बमबहादुर जितालीको “व्यक्ति परिचय” र साहित्यकार दिव्य गिरीको अङ्ग्रेजी भाषामा अनुवाद गरिएको हाइकु “The Jubilant Play” को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
साहित्यकार डा.बमबहादुर जितालीले आफ्नो साहित्यिक लेखनसहित परिचय प्रस्तुत गर्नुभयो । साहित्यकार प्रमोद प्रधानले The Jubilant Play बारे टिप्पणी गर्दै हाइकु लेखनमा ऋतुगत र प्रकृति नजिक भएर लेखिएका हाइकु भावपरक र उत्कृष्ट हुन्छ भन्नुहुँदै दिव्य गिरीका हाइकुमा प्रकृति नजिक भएरै लेखिएको धारणा व्यक्त गर्नुभयो ।
अनुवादक पारू तिमिल्सिनाले नेपाली हाइकु अनुवाद गर्दा हाइकुबारे अध्ययन गरेर नै अनुवाद गरिएको र यस सङ्ग्रहमा रहेका हाइकुबाट आफू धेरै प्रभावित भएको विचार व्यक्त गर्नुभयो । त्यसै गरि डा.मित्रबन्धु पौडेलले जापानी हाइकुकार मोरितो र बासोका हाइकुमा भूदृश्य, संवेग र सङ्केत भएकैले ती हाइकु उत्कृष्ट भएको हुँदा नेपाली हाइकुमा पनि प्रकृति र सौन्दर्य चेतना हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथि मैनालीले नेपाली साहित्यलाई विश्वसाहित्यमा लानको निम्ति अनुवाद महत्वपूणर् हुन्छ भन्नुहुँदै धेरै वर्ष पहिले आफ्नो कविताले विश्वकाव्य सङ्ग्र्रहमा समावेश हुने अवसर पाएको र त्यसबाट देशको पनि पहिचान हुन गएको अनुभव सुनाउँदै अब हामीले हाम्रो साहित्यलाई अन्य भाषामा अनुवाद गर्दै जानू पर्नेमा जोड दिनुभयो ।
सभापति प्रा.रामकुमार पाँडेले साहित्य संचार नेपालको उद्देश्य प्रस्तुत गर्नुहुँदै नेपाली भाषाका साहित्यलाई विश्वसामु पुराउन अति आवश्यक भइसकेको र त्यसको निम्ति एउटा अनुवाद प्रतिष्ठान हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा शैलेन्द्र साकार, डा.बमबहादुर जिताली, दिव्य गिरी, डा.मित्रबन्धु पौडेल र निता श्रेष्ठले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रकाश ए राज, सीताराम अधिकारी, यादव ढुङ्गाना, विमल भौंकाजी आदिको उपस्थिति थियो । कार्यक्रम डा.मित्रबन्धु पौडेलले संचालन र व्यवस्थापन किशोर वज्र वज्राचार्यले गर्नुभएको थियो ।
०००
– दिव्य गिरी
Subscribe
Login
0 Comments
Oldest












































