साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुलसुले

नामर्द, कातर, डरछेरुवा र भनसुनमा नोकरी लागेकाहरूले नै कार्यालयमा सुलसुलेको पद सम्हाल्छ । तपाई हामी वीर पुरुषलाई कामसित मतलब छ, चामसित होइन ।

Nepal Telecom ad

सुलसुलेको शब्दकोशीय अर्थ हुन्छ, हाँस-कुखुरा, परेवा, वानर आदिका जीउमा लाग्ने मसिनो र ज्यादा टोक्ने कीरो । पशु-प्राणीको जीउमा लाग्ने यो सुलसुले शब्दलाई हिजो आज मानवीकरण गरी मान्छेको ’सुलसुले स्वभाव’ भन्ने अर्थमा पनि प्रयोग गरिएको पाइन्छ ।

आमाले कुखुरा पाल्न साह्रै रुचाउँथिन् । घरभरि कुखुराहरू पालिएका थिए हाम्रो घरमा । कुखुराको खोर अलग्गै भए पनि ओथरा खोज्ने पोथीहरूमध्ये कसैलाई पलङमुन्तिर, कसैलाई बेञ्चीमुन्तिर, ओथराको ठाउँ बनाइदिन्थिन् आमाले । “ओथरा नछूनू है केटकेटी हो !, ओथरामा हात नहाल्नू”, “ओथरा बिग्रिन्छ अनि़ ओथरा छुँदा जीउभरि सुलसुले चढ़्छ” भनी आमाले हर-हमेशा लाखेस् गरिरहन्थिन् ।

कलिलो उमेरमा ठूलाबड़ाले नछूनू, नचलाउनू भन्दा अझ धेर चलाउनु र छुन मन लाग्थ्यो । केटकेटीको जात । आमा व्यस्त भएकी वा छर-छिमेकतिर गफिन गएकी बेला ओथरामा हात हाल्थेँ । एक मिलिकमै हातभरि बुरुरुरु…सुलसुले चढ्थ्यो । खबरकागत ओछ्याई हत्तपत्त दुवै हात दलदाल पारी सुलसुलेलाई खबरकागतमा टकटकाएर जुम्रो मारेजस्तै नङ्ले पिटिपिटि मार्ने काम गर्थेँ । कम्ति मज्जा आउँदैनथ्यो उबेला ।

अचेल घरमा हाँस-कुखुरा पाल्ने चलन छैन । आमा छैनन्…. कुखुराहरू पनि छैनन्… ओथरा पनि छैन अचेल । ओथरा नै नभएपछि कुन ओथरा हात हालेर हातभरि सुलसुले चढ़ाउनू ! हिजोआज सुलसुलेको निम्ति ओथरामा हात हालिरहने त्यत्रो आवश्यकता नै छैन ।

तपाई-हामी जुन ठाउँमा काम गर्छौं त्यहीँ नै दुइखुट्टे सुलसुले जत्ति पाइन्छ । त्यो सुलसुलेसित तपाईं हात मिलाउनु सक्नुहुन्छ, उनको कोमल हात ढुक्कैले स्पर्श समेत गर्न सक्नुहुन्छ । गफ-ठट्टा पनि ढुक्कैले गर्न सक्नुहुन्छ । कुखुराको ओथराको सुलसुलेजस्तो यी दुइखुट्टे सुलसुले तपाईको जीउमा चढ़ी तपाईंलाई टोक्छ भन्ने कुरो दश मनमा एक मन नसोंचे पनि हुन्छ । किनभने दुई खुट्टे सुलसुले जत्ति पाइन्छ । त्यो सुलसुलेसित तपाईं हात मिलाउनु सक्नुहुन्छ, उनको कोमल हात ढुक्कैले स्पर्श गर्न सक्नुहुन्छ । गफ-ठट्टा पनि ढुक्कैले गर्न सक्नुहुन्छ । तपाईंको जीउमा चढ़ेर तपाईंलाई टोक्दैन ती सुलसुलेले । किनभने दुइखुट्टे सुलसुले तपाईका सहकर्मी हुन्, तपाईका अन्तरङ्ग बन्धु ।

तपाईले ती दुइखुट्टे सुलसुलेलाई जत्ति नै घोँचेर भन्नोस्, कटाक्ष गर्नुहोस् सुलसुलेले हाँसेरै एक कानले सुन्छ अनिर अर्को काऩले उड़ाइदिन्छ । तपाईले जे जतित नै घोंचेर भन्नुहोस्, कटाक्ष गर्नुहोस् सुलसुलेले हाँसेरै एक कानले सुन्छ अनि अर्को कानले उड़ाइदिन्छ । बरु तपाईको कटाक्ष र घोंचाइँबाट फुत्किनु वा पन्छिनुलाई तपाईसित चेप्रे परेर बोलिदिन्छ । ढुङ्गा बोल्ला तर सुलसुलेले तपाईंलाई एक वचन केही भने लु मरिजाउँ ।

हेर्दा सुठी नै सोझो देखिने तपाईका सुलुसुले बन्धु हाकिमकै निम्ति कार्याल्यमा ओथरा बसेको हुन्छ अदृश्य रुपमा । कुखुराको ओथरा बसाइमा र दुइखुट्टै सुलसुलेको ओथरा बसाइमा धेर भिन्नता र फरक पाइन्छ । कुखुरा अण्डामाथि ओथर बस्छे भने दुइ खुट्टे सुलसुले फ्लाइङ् ओथरा ।

दुइ खुट्टे सुलसुले एक ठाउँमा ठ्याम्मै बस्दैन । सुलसुलेको स्वभाव नै सुलसुल् गर्ने हुन्छ । सुलसुल गरेरै सुलसुलेले तपाईबाट कुरा दुहुनुसम्म दुहुन्छ अनि़ हाकिम अघि पुगेर तपाईबाट दुहेका कुरा ह्वालह्लाल् वमन गर्छ । आफ्नै सहकर्मीको कुरा दुहुनुलाई नै कार्यालयमा ओथरा बस्नु बाहेक सुलसुलेको अरु काम केही हुँदैन ।

सुलसुलेले खासमा, हाकिमको रबर स्ट्याम्प हो । उनले बोलेको नै हाकिमले बोलेका हुन्छ । उनले खोकेको हाकिमले खोकेका हुन्छ । सुलसुलेले हाकिमको आशीर्वाद पाएको हुन्छ । यसैले ता सुलसुलेको धाकै ठूलो हुन्छ फ्वाँकै ठूलो हुन्छ । हाकिम कार्यालयमा नभएका बेला भने चाहिँ मणि हराएको सर्पजस्तै हुन्छ मोरा । हाकिम कार्यालयमा अनुपस्थित भएका बेला सुलसुले कार्यालयबाट सखारै सुइँकुच्चा ठोकिहाल्छ । हाकिमको उपस्थितिमा निकै अबेरसम्म कार्यालयमा बसी हाकिमलाई आफ्नो चाकरीप्रति वफादकर देखाए पनि हाकिमको अनुपस्थितिमा अबेरसम्म कार्यालयमा केही स्पष्टवादी सहकर्मीहरूले किसिम कटाक्ष गरेर खिल्ली उड़ाउँछन् कि भ्न्ने डर र त्रासले यी सुलसुलेहरू सखारै टाप कस्छन् ।

साह्रै चतुर स्वभावका हुन्छन् यी सुलसुलेहरू । चलाक चतुऱ्याइँ गर्नमा स्याललाई पनि उछिन्छन् । मुख चिप्लो उस्तै । सायद सुलसुले स्वभाव लिएर जन्मिएको दिनदेखि उनलाई टीनका टिन तेलले मालिस गरिदिएको हुनुपर्छ कि चाहिँ भात खुवाइकै दिनदेखि डबका-डबका घिउ मुखमा कोचारिदिएको हुनुपर्छ । चिप्लो लाएर बोल्नुमा यस्ता सुलसुले स्वभावका व्यक्तिलाई कसैले भेट्दैन । उनलाई उछिन्ने ता कुरै आएन । चिप्लो धस्नुमा एक नम्बर । सुलसुले हाकिमका नियरेष्ट र डियरेष्ट हुनुमा तिनका कार्यालयका सम्पूणर् सहकर्मीहरूको तुलनामा उनको चिप्ले घसाइँकै परिणाम हो । हाकिमको मुटुकै सिरानमा बस्ने सुवणर् मौका पाउऩे सुलसुलेले तिनका कार्यालयका सम्पूणर् सहकर्मीको नजरबाट तल झरेको हुन्छ । आफ्नै सहकर्मीको खोइरो खन्ने सुलसुले सहकर्मीलाई कसले मनपराउँछ र ! हाकिमको रिमोट कण्ट्रोलमा कार्यालयमा चुरीफुरी गर्ने सुलसुलेको व्यक्तित्व बाँदरको पुच्छरै बराबर हुन्छ ।

तपाई कार्यालयमा धाक देखाएर शान र मानका साथ जानुहुन्छ, काम गर्नुहुन्छ । तर सँगैमा सुलसुले भने मरेको बिरालोले काखी च्यापेजस्तो भएर कार्यालयभित्र पस्छ । तपाई कर्मवीर; कर्मयोद्धा । तर सुलसुले ? सुलसुले जिउँदो लाश, फगत जिउँदो लाश । ऊ दिनमा हजारौंपल्ट मरिरहेको हुन्छ । एउटा मरञ्च्याँसे बँचाइँ बाँचिरहेको हुन्छ । उनको प्राण ता छ नि ! हाकिमको पैतालामनि उनको प्राण वर्षौंदेखि थिचिरहेको हुन्छ । जिउँदो लाश भएर बबुरो सुलसुले निस्सासिरहेको हुन्छ । तर एक रति आय्या…आत्था केही हुँदैन ।

तपाईका धेरै सहकर्मीहरूमध्ये एकजना न एकजना सुलसुले छैन भनेर तपाईंले भन्न सक्नुहुन्न । नामर्द, कातर, डरछेरुवा र भनसुनमा नोकरी लागेकाहरूले नै कार्यालयमा सुलसुलेको पद सम्हाल्छ । तपाई हामी वीर पुरुषलाई कामसित मतलब छ, चामसित होइन ।

जिउँदो लास भएर मरञ्च्याँसे जीवन बिताउने सुलसुलेलाई धिक्कार छ । हाकिमको धूपौरे भएर सुलसुले हुनुभन्दा बरु एक डाड़ु पानीमा डुबेर मरेको नै वेश ।

हे भगवान् ! सुलसुलेको बुद्धिको ढकनी झट्टै उघारिदेऊ…झट्टै ।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x