साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट माग्ने लेखोट

भेडाच्यङ्ग्रासरी गर्छौ मोलतोल सधैंभरी पिएर पसिना यिन्कै मोटायौ बङ्गुरैसरी दासको बस्ती यो हैन न हो आसमीको घर फर्की फर्की तिमी आए देश झन् बन्छ जर्जर ।

Nepal Telecom ad


आमाको शोकमा कोही, हुनन् क्वै पितृशोकमा,
क्रियाकाष्ठादिमा कोही, कोही तुलसी होममा
बुढाखाडा विरामी र अशक्त निमुखा जन
तर्साएर तिमी हिँड्छौ बजाई ढ्वाङ छिनछिन ।


भूकम्पले भए ध्वस्त घरबार कति कति
बालबच्चा बुढापाका गर्दै होलान् नि छटपटी
अभिभावकले छोडीगएका रुग्ण घायल
पर्बाह तिमी गर्दैनौ, हिँड्छौ घन्काई पायल ।


बच्चा खेर गई कोही हुनन् दम्पती शोकमा
पुरिँदा अन्नबाली नै कति होलान् नि भोकमा
वास्ता छैन तिमी आफैं मर्सीको भात चर्दछौ
राखेर नोट टङ्कीमा नौटङ्की ताल गर्दछौ ।


दिदैनौ घरमा बस्न चर्को कर्कश बोलीले
भाँडाबर्तन गर्जिन्छन् छेडेझैं कान गोलिले
चोक सत्तल चौतारी कब्जा गर्दै यताउता
बाटो हिँड्न पनि दिन्नौ, घेरा हाल्छौ जतातता ।


बेलुकी सुत्न नै दिन्नौ चर्को हल्ला गरीगरी
विहान पनि कन्सुत्लो कानभित्र छिरेसरी
पोल्ने चिलाउने धूर्त बोली वाचा सुनेपछि
शौचालय छिरी बस्नु पर्ने भो नि घुँडा धसी
कि हिँडौं घर छाडेर खरानी माथमा घसी ?


भेडाच्यङ्ग्रासरी गर्छौ मोलतोल सधैंभरी
पिएर पसिना यिन्कै मोटायौ बङ्गूरैसरी
दासको बस्ती यो हैन न हो आसमीको घर
फर्की फर्की तिमी आए देश झन् बन्छ जर्जर ।

०००
काठमाडौं
९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x