साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुईं

ऊ भन्दै रहेछ- “धन्न, मैले रातभरि आँखा झिमिक्क नगरी बासेको थिएँ र आज उज्यालो भयो । म नहुने हो भनें त उई हो ।”

Nepal Telecom ad

म बास् बसेको घरमा एउटा भर्खर-भर्खर बास्न सिक्तै गरेको भाले रातैभर किक्रिक् किक् ! किक्रिक् किक् गरेर बासी रह्यो ।

बिहान, खोरमा थुनेका कुखुरा छोड्दै गर्दा घरमूलीले त्यसै चल्लोलाई इङ्गित गर्दै सरापिन्- “कस्तो अलछिनी पड्के र’छ भनें रातभरि कराएर सुत्नै दिएन ।”

सिकुवामा बसेर अम्खोराको पानीले मुख धुँदै गरेका घरपति (घरमुला=पुरुष भएकाले) बिना बिथ्थामा जङ्गिहाले- “पोथी भएको भए त धुरी कटाउन हुन्थ्यो, साला भाले परो र पो ….।” (सायद बेलुकाको ह्याङ्गओभर बाँकी रहेको हुनुपर्छ ।)

मैले कुखुराको बथानतिर नजर लगाएँ । अरु कुखुरा त समूह-समूह बनाएर चारो टिप्न तल्लीन भैसकेका थिए तर राति किक्रिक् किक् गर्ने चल्लो भनें जगर फुलाएर अर्को वयस्क भालेसँग जुध्न हाँक दिँदै रहेछ । उसको जोरी खोजाइले मलाई आकर्षित नगरी छोडेन अनि के भन्छ यो नाथे भनेर उसको कुरा सुनेको त ऊ भन्दै रहेछ- “धन्न, मैले रातभरि आँखा झिमिक्क नगरी बासेको थिएँ र आज उज्यालो भयो । म नहुने हो भनें त उई हो ।”

चल्लाको कुरा सुनेर मेरो मनले प्रश्न गर्‍यो- “बास्न जानेको छैन समय संचालनको फुईं गर्ने कुन पार्टीको ठेट्नु होला यो ?”

०००
गौरादह-७, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x