सुलसुलेस्रष्टा निरज कोइरालाको ‘बाको फोटो’ लोकार्पण

विश्व आदर्श कलेज इटहरीमा २०७९/०७/२५ गतेका दिन अच्छा राई ‘रसिक’ प्रतिष्ठानको ब्यानरमा सुन्दर लघुकथा सङ्ग्रह ‘बाको फोटो’ को विमोचन भएको छ । लघुकथा विश्लेषक समेत रहनु भएका वरिष्ठ लघुकथाकार कोइरालाको ‘बाको फोटो विमोचन कार्यक्रमको अध्यक्षता प्रतिष्ठान अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरेले गर्नुभएको थियो भने प्रा. डा. टङ्क न्यौपानेले प्रमुख आतिथ्यता ग्रहण गर्नुभयो । उक्त कार्यक्रममा प्रतिष्ठान उपाध्यक्ष केशव सुनामले स्वागत मन्तब्य राख्नुभयो ।
झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाइँ बर्बरिक, विशिष्ठ अतिथिद्वय डा. रमेश घिमिरे र इटहरी कला साहित्य उत्थान समूह अध्यक्ष कृष्णविनोद लम्साल लगायतले शुभकामना मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा रचना विश्लेषण बरिष्ठ लघुकथाकार डा. खेमराज खनाल र अग्रज लघुकथाकार सरन राईले गर्नुभयो ।
लघुकथाकारहरू रमेन्द्रमुनि कोइराला, विष्णु भण्डारी आचार्य, अनु विज्ञाति, सीता रेग्मी, रोशन पराजुली, शारदा दहाल भण्डारी, श्रीप्रसाद पोख्रल तथा कृष्ण गौतमसमेत उपस्थिति भई लघुकथा वाचन तथा विश्लेषण समेत गरिएको उक्त कार्यक्रममा धेरैवटा सुन्दर सुन्दर लघुकथाको वाचन तथा विश्लेषण गरिएको थियो ।
इटहरी, धरान, इनरुवा, बेलवारी, सुन्दर हरैचा, बिराटनगर, झोडाहाट, धनकुटा, भोजपुर तथा रामधुनी लगायतका स्थानबाट उल्लेख्य सङ्ख्यामा खचाखच उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगिता प्रथम कवि टीका आत्रेय, राष्ट्रिय पुरस्कार प्राप्त झोराहाट नाट्य समूह अध्यक्ष बर्बरिक, इटहरी बौधिक समाज सदस्य डा. तारा निरौला, डियर कल्याण साहित्य प्रतिष्ठान अध्यक्ष विनोद विवश, सिर्जनामा इनरुवा अध्यक्ष लीलानाथ सिलवाल, कवि मुक्ति पोख्रेल, कवि रोहिणी रसिक, कवि सिर्जना नेपाल, प्रदेश लघुकथा पुरस्कार प्राप्त लघुकथाकार बिष्णु भण्डारी लगायत बिशिष्ठ ब्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सभ्य र भब्य भएको कुरा प्रमुख अतिथि प्रा.डा. टङ्क न्यौपानेले जानकारी गराउनुभयो ।
कार्यक्रममा बिश्लेषक डा. खेमराज खनालले समाज विविध क्षेत्र समेटिएको बाझको फोटोले भाषा, संस्कृति, प्रकृति, वातावरण, शिक्षा, राजनीति, समाज लगायतको यथार्थता केलाउँदै समाज सुधार गरी आदर्श समाजको परिकल्पना गरिएको बताउनुभयो । लघुकथा सङ्ग्रह उम्दा रहेको अर्का बक्ता अग्रज लघुकथाकार सरन राईले बताउनु भयो भने बरिष्ठ लघुकथा बिश्लेषक रमेन्द्र कोइरालाले इटहरीमा कविता गोष्ठी, मुक्तक विमोचन तथा गजल महफिलहरू प्रशस्त हुँदै गएकोमा आज लघुकथाको मियो गाडिएको र आगामी दिनमा लगातार नयाँ नयाँ लघुकथा सङ्ग्र्रह सिर्जना हुँदै जाने कुरामा आफू बिश्वस्त रहेको बताउनु भयो ।
आफ्नो आकलन भन्दा धेरै माथि उपस्थित भई चुनावी ब्यस्त समयका बाबजुद सभ्य र भव्य कार्यक्रम भएकोमा हर्ष प्रकट गर्दै धन्यवाद शुभकामना साथ कार्यक्रमको समापन प्राध्यापक लेखनाथ घिमिरेले गर्नुभयो ।
०००
– माधव गोज्याङ्ग्रे
Subscribe
Login
0 Comments
Oldest











































