साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कवि बन्न सक्दिन

मेरो हुर्मत लिएर कवि नवन् ए कवि ? न सृष्टि लेखेर सकिन्छ, न दृष्टि देखेर सकिन्छ, कविता आफैं सृष्टि हो, सृष्टिको सिर्जना कसरी भयो ? कविताको ब्रह्मले यति भनेपछि कपिमा कलम घिसार्न सकिन ।

Nepal Telecom ad

एक बसाइमा पुरै सृष्टि लेख्छु,
देख्ने नदेख्ने दृष्टि लेख्छु
भनेर बसेँ,
कपिको पाना पल्टाएर
कलम चलाउन लाग्दा,
रोक रोक …
कता कता आवाज आयो,
शीर्षक जुराएर, लेख्न खोजेँ,
शब्द फुराएर लेख्न खोजेँ
फेरि रोकियो कलम,
अडियो मन,
सादा सेतो पाना अगाडि
मनभित्र मडारिन्छ मन
हुरि वतास यस्तरी चल्छ
मानौ सेतो पानासँगै उडिसकेँ म,
हुरिसँग उड्दा उड्दै लेख्न खोज्छु,
फेरि रोक, रोक …
उस्तै आवाज गुञ्जिन्छ,
सोंधेँ त्यहि आवाजलाई,
म किन रोकिनु ?
आवाज आयो…
अक्षर अक्षर जोड्दै,
दुई चार शब्द जोडेर, दुई चार अनुच्छेद
गथासो कपिमा रङ्ग्याउंदैमा कविता बन्दैन…
जे सुकै होस् लेख्न खोज्छु,
फेरि भन्छ …
कविता हैन अमूर्त चित्र बन्नेवाला छ,
को होस् तँ ? झर्किदै सोधें,
खित्का छोडेर जवाफ दियो,
“म कविताको ब्रह्म”
मेरो हुर्मत लिएर कवि नवन् ए कवि ?
न सृष्टि लेखेर सकिन्छ,
न दृष्टि देखेर सकिन्छ,
कविता आफैं सृष्टि हो,
सृष्टिको सिर्जना कसरी भयो ?
कविताको ब्रह्मले यति भनेपछि
कपिमा कलम घिसार्न सकिन,
मलाई माफ गर, कविता,
मलाई माफ गर, कविताको ब्रह्म,
सृ्ष्टिको सिर्जना, “म” “मेरी आमा”
“यो धरती” “यो ब्रह्माण्डको”
अध्ययन नगरी,
अँ हँ, म कवि बन्न सक्दिन… अन्तष्करणको
अनन्तता उतार्न नसकुन्जेल,
कलममा मसीरुपी भाव सार्न नसकुन्जेल
अँ हँ म कवि बन्न सक्दिन… ।

०००
भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के छ, खबर हजुरको ?

के छ, खबर हजुरको...

सीता तिवारी
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x