सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिरिकमा स्रष्टासम्मान र कृति लोकार्पण

हास्यव्यङ्ग्यकार कृष्ण प्रधानको ३६औँ कृति ‘नाङ्गेली’ को लोकार्पण गरियो । यही साहित्यिक कार्यक्रममा साहित्यिक पत्रकारिता सम्मान, रचनावाचन कार्यक्रम सम्पन्न ।

Nepal Telecom ad

दार्जिलिङ जिल्लाको सुन्दर नगरी मिरिकमा भारतीय मूलका नेपाली साहित्यकार मूलतः हास्यव्यङ्ग्यकार कृष्ण प्रधानको ३६औँ कृति ‘नाङ्गेली’ को लोकार्पण गरियो । यही साहित्यिक कार्यक्रममा साहित्यिक पत्रकारिता सम्मान, रचनावाचन समेत गरिएको थियो ।

खारिएका र माझिएका स्रष्टाहरूको जमघटबीच नारी स्रष्टाहरूको बाक्लो उपस्थिति हुनु नारीप्रधान कृतिको लोकार्पण हुनु , सह- सञ्चालकदेखि हरेक प्रायः व्यवस्थापन नारीबाटै सम्पन्न कार्यक्रममा रचनावाचनको प्रतिभाहरू गणितीय हुनु, सहजीकरणको नेतृत्वदायी भूमिका प्रभावकारी रहनु आदि कार्यक्रमका असल पक्ष देखियो ।

कुमार स्मृति प्रतिष्ठानले दोस्रो कुमार रसाइली साहित्यिक पत्रकारिता पुरस्कार २०२२ समेत साहित्यिक पत्रकार कुमार रसाइलीको दोस्रो पुण्यतिथिको अवसर पारेर युवा पुस्तामा हस्तान्तरण गर्नु संस्थाको ठूलै त्याग मानिन्छ जसमा युवा सम्पादक नितेस राई सो पुरस्कार र प्रमाण-पत्रको भागीदार बनेका हुन् ।

कृष्ण प्रधानद्वारा लिखित नाटक (नाङ्गेली) को प्रकाशिका र कार्यक्रमको प्रायोजिका भने कुमार रसाइलीकी पत्नी आख्यानकार राधा रसाइली रहनु भएको छ । उक्त कृति नाङ्गेलीको कृतित्व (औचित्य र मूल्याङ्कन) र कृतिकारको व्यक्तित्व बारेमा छोटकरी टिप्पणी आमन्त्रित अतिथि नदी भट्टराईले गरेका हुन् ।

पीएल जोशीको सभापतित्व, प्रेम स्याङबोको प्रमुख अतिथि र नदी भट्टराई (नेपाल), महेश्वर लामा, डा.जेम्स विश्व, राजबहादुर राई, शीला लामा, रश्मि राई, निर्देशक एवम् नाटककार कृष्ण प्रधान, प्रकाशिका एवम् प्रायोजिका राधा रसाईली आदिको विशिष्ट आतित्थ्य रहेको सो कार्यक्रममा दिवङ्गत स्रष्टा कुमार रसाइलीको तस्विरमा मैनबत्ती बालेर माल्यार्पणसहितको श्रद्धा व्यक्त गरिएको थियो । त्यसैगरी विमल दर्नालबाट श्रद्धाञ्जली गीत पनि प्रस्तुत गरिएको थियो । एक कुशल शिक्षक एवम् कथाकार दीप प्रधान र कमला तामाङद्वारा सञ्चालन गरिएको कार्यक्रममा मीकुमार योञ्जनद्वारा कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत मन्तव्य तथा कार्यक्रम गर्नुको उद्देश्य (औचित्य) माथि प्रकाश पारिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा स्रष्टासम्मान रहेको थियो जसमा विगतमा विभिन्न माध्यमबाट साहित्यकार पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान दिएका साहित्यिक पत्रकारहरूलाई सम्मान गरियो । सम्मानित हुनेहरूमा- धर्मराज बंजन, मदन ओझा , पूणर् वान्तवा, अमर दुङ्माली, उर्मिला घिसिङ, बुद्ध सङ्गम र नगेन्द्र गोर्खा रहेका थिए भने कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको प्रतिनिधित्व गर्दै मदन ओझाले मन्तव्य प्रस्तुत गरेका थिए । त्यसपछि कृष्ण प्रधानद्वारा लिखित ‘नाङ्गेली’ को घुम्टी खोल्ने कार्यक्रमको क्रममै त्यसमाथि छोटो टिप्पणी नदी भट्टराईले गरेका थिए ।

चौथो सत्रमा कविता वाचन रहेको थियो जसमा छन्दोबद्ध कवि विष्णुकुमार बराइली, विनिता राई, सवीर दीपावली, डा.जेम्स विश्व, पन्ना राई, रञ्जित गुरुङ, प्रवेश हाङ्खिम र नीता तामाङ रहेका थिए । यसैगरी नाङ्गेलीका प्रकाशिका राधा रसाइलीको मन्तव्य, लेखक कृष्ण प्रधानद्वारा प्रकाशिकालाई सम्मान, प्रमुख अतिथि प्रमुख अतिथिको मन्तव्य, सम्मानित व्यक्तित्व (नितेस राई) बाट मन्तव्य, अध्यक्षको मन्तव्य, पुरस्कार प्रापकलाई नागरिक अभिनन्दन र अन्त्यमा धन्यवाद ज्ञापनसहित कार्यक्रमको सभापतिद्वारा विसर्जन गरिएको थियो ।

०००

मिरिकबाट, नदी भट्टराई

Fitkauli Publication Books comming soon
Nepal Telecom ad