साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

हिजो अरुकै घरको बासी भात घिचेर क्रान्ति गर्नेहरू पनि आजकाल त भात खाइसिन्न भुजा ज्युनार गरिबक्सिन्छ ।

Nepal Telecom ad

१.
चोर चाहिँ खुलेआम मोजमस्ती गर्ने, जमाना आएछ
लुटिने चाहिँ चुप लागेर बस्दिनु पर्ने, जमाना आएछ
वास्ता नगराैँ मन नमान्ने उजुरी गरौ आफ्ना रिसाउने
चुपचाप चुपचाप तिनका झोली भर्ने, जमाना आएछ ।

२.
एक नेतो ऊ नै सबैभन्दा इमान्दारी भन्दैछ,
समाउने हो रे अब सब भ्रष्टाचारी भन्दैछ,
बेरोजगार भएर नै उसले राजनीति गरेको हो,
अब उसैले अन्त्य गर्ने रे बेरोजगारी भन्दैछ ।

३.
विगतलाई भुल्दै शहीदको सपनाको व्यापार गरिबक्सिन्छ
अपराधीलाई प्यार अनि निर्दोषलाई खबरदार गरिबक्सिन्छ
हिजो अरुकै घरको बासी भात घिचेर क्रान्ति गर्नेहरू पनि
आजकाल त भात खाइसिन्न भुजा ज्युनार गरिबक्सिन्छ ।

४.
फ्रिमा तालीम बस्ने खाने बिना ढेवा के
भोट हाल्नेलाई मात्र लाने बिना ढेवा के
इच्छुक भए सम्पर्क गर्नुस् हाम्रो कमरेडलाई
फ्रि टिकटमा विदेश जाने बिना ढेवा के ।

०००
मनहरी-५, मकवानपुर
(हाल दक्षिण कोरिया)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

विवेक रिजाल
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x