सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

हिजो अरुकै घरको बासी भात घिचेर क्रान्ति गर्नेहरू पनि आजकाल त भात खाइसिन्न भुजा ज्युनार गरिबक्सिन्छ ।

Nepal Telecom ad

१.
चोर चाहिँ खुलेआम मोजमस्ती गर्ने, जमाना आएछ
लुटिने चाहिँ चुप लागेर बस्दिनु पर्ने, जमाना आएछ
वास्ता नगराैँ मन नमान्ने उजुरी गरौ आफ्ना रिसाउने
चुपचाप चुपचाप तिनका झोली भर्ने, जमाना आएछ ।

२.
एक नेतो ऊ नै सबैभन्दा इमान्दारी भन्दैछ,
समाउने हो रे अब सब भ्रष्टाचारी भन्दैछ,
बेरोजगार भएर नै उसले राजनीति गरेको हो,
अब उसैले अन्त्य गर्ने रे बेरोजगारी भन्दैछ ।

३.
विगतलाई भुल्दै शहीदको सपनाको व्यापार गरिबक्सिन्छ
अपराधीलाई प्यार अनि निर्दोषलाई खबरदार गरिबक्सिन्छ
हिजो अरुकै घरको बासी भात घिचेर क्रान्ति गर्नेहरू पनि
आजकाल त भात खाइसिन्न भुजा ज्युनार गरिबक्सिन्छ ।

४.
फ्रिमा तालीम बस्ने खाने बिना ढेवा के
भोट हाल्नेलाई मात्र लाने बिना ढेवा के
इच्छुक भए सम्पर्क गर्नुस् हाम्रो कमरेडलाई
फ्रि टिकटमा विदेश जाने बिना ढेवा के ।

०००
मनहरी-५, मकवानपुर
(हाल दक्षिण कोरिया)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

विवेक रिजाल
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी