साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह ! समाज वाह !!

के ती बुहारी र छोरी एउटै होइनन् ? प्रश्न छ- तिम्रो समाजलाई के यहि हो तिम्रो समाजको न्याय ? वाह समाज वाह !

Nepal Telecom ad

धेरै पुरानो कुरा होइन, जब साहित्य जगत्मा व्यङ्ग्यको स्वतन्त्र अस्तित्व र उपस्थिति स्वीकार नै थिएन । तर आज लगभग प्रत्येक पत्रिकामा व्यङ्ग्य स्तम्भसहित कमसेकम एउटा व्यङ्ग्य लेख अवश्य देखिन्छ । पाठकहरू इच्छाले वर्तमान घटना-प्रसङ्गलाई लिएर व्यग्यकारले गरेको व्यङग्यात्मक चुट्कीको आनन्द लिइरहेका छन् ।

व्यङ्ग्य एउटा यस्तो अभिव्यञ्जना हो जसलाई लेखेर या पढेर मनका भँडास पोखिन्छ । हतास मन प्रशन्न र शान्त हुन्छ । पढ्दा निराश मुहारमा मुस्कान छाउँछ । मलाई त साँच्चै यो औषधि जस्तो लाग्छ । तर कतिपय मानिसहरू यस्ता छन्- उसको आफन्त मात्रै एक जना छ, जसले व्यङ्ग्य लेख्न सक्छ अरुले त लेख्नै सक्दैन । तर म त्यस्ता दृष्टि-दोष बोकेकाहरूलाई भन्न चाहन्छु- व्यङ्ग्य तिम्रो खान्दानको पुर्खौली सम्पत्ति होइन, न त तिम्रो पेवा । यो त जसले पनि लेख्न सक्छ ।

मानिसहरू ठुलाठुला विद्वान, वरिष्ठ, मानिसहरूसँग बस्न त बस्छन् तर आफन्त मान्छेको इज्जतले मात्रै मैले चियर पाएको हो, एउटा खादा पाएको हो, मेरो त एक आनाको पनि मान सम्मान छैन भन्ने कुरा घरी घरी बिर्सिन्छन् कि क्या हो ?

यो समाजमा केही गर्न सजिलो त छैन विशेषतः हामी नारीहरूलाई । तर म चै ठिक उल्टो मान्छे- उनीहरूको तिरस्कारलाई ऊर्जा बनाएर अझै अघि बढ्छु । हुन त यो समाजमा जे गरे पनि जस त पटक्कै छैन ।

यहि समाजमा यस्ता यस्ता मानिसहरू पनि छन्- जसलाई देखेर हाँस उठ्छ । खै कुन्नि काम नै नभएर हो कि ? कि त बिमारी नै पो हो कि ? छिमेकी- मोटो भए के सारो मोटाको हौ यो त भन्छन्, दुब्लो भयो- खै उनीहरूको पो के के दुख्न थाल्छ- कहिले मोटाउछेस् हौ तँ त ? खाना दिन्न क्या हो तँलाई भन्छन् ।

त्यति मात्र हो र ? आफ्नै छिमेकीको कुरा काटनलाई हतार हतार जम्घटमा कुद्छन् । यता भात डढेर भुर्कुट, लु खा त सब्जी डढेर काल्लै, तर पनि कुरा काटन् पटक्कै छोड्दैनन् ।

गाउँका छोरीबुहारी अघि बढ्यो भने देखेर पनि नदेखे झैं गर्छन् ती फेसबुकका पोस्टहरू । अझै अघि बडोस् हाम्रै गाउँको नाम रोशन गरोस्, हामी साथ दिउँ भन्नु त छैन कोठे बैठक सुरु हुन्छ- फलनाको बुहारी, फलानाकी बूढी कसरी यस्तो लेख्ने भएछ, कसले यहाँसम्म पुर्‍याएछ ? रात भरी सुत्दैन ।

समाज भनेपछि सानो, ठुलो, धनी, गरिब, केही भेदभाव हुनुहुँदैन भनेर नै एउटा समाज संगठित भएको हुन्छ । तर त्यही समाजका कतिपय दृष्टिदोषीहरूले नै सिकाउछन् भेदभाव । वाह समाज वाह !

एक दिन एउटा गाउँमा बसोबास गर्न भनी दुई परिवार आएछन् । बस्दै जाँदा एक दिन त्यही गाउँको ठुलावडा घुम्दै आएछ्न अनि भनेछ्न्- तिमीहरू नयाँ छौ, हाम्रो एउटा समाज छ, त्यहीँ पसिहाल । समाजमा छौ भने धेरै सहयोग हुन्छ । अर्को परिवारको साँइला आएर प्याच्चै बोलेछन्- समाज भनेको त गाउँ सुधार गर्नलाई हुन्छ होइन र ?
ती ठुलाठालाले केही नसोची जवाब दिएछन्- हो नि, गाउँ घरमा केही संकट परे, पहिला समाज बसेर छलफल गरेर मात्र के गर्नुपर्ने हो निणर्य हुन्छ । गाउँघरमा प्रतिभाशालीहरू छन्, जो गरिब छन् जसले प्लाटफ्र्म पाएका हुँदैनन्, जसको क्षमता हुँदैन त्यहाँ पुग्ने उनीहरूलाई हामी समाज नै मिलेर त्यहाँसम्म पुराइन्छ । उनीहरू नै हाम्रो भविष्य हुन् भनेछ । अर्को मान्छेले पनि थपेछन्- हो नि त्यसैको लागि त समाजमा पस्नु जरुरी छ ।

पल्लो घरे साँइलाको टुप्पीबाट धुँवा निक्लियो । अब छेउमा आएर भनेछ- खै त ठुला बा, तपाईंको समाजको न्याय ? खै त तपाईंहरूले सहि निणर्य लिएको ?

आज धेरै जस्तो गाउँका युवाहरू जेलमा थुनिएका छन्, सानो सानो झगडाका कारण । जो तपाईंले गाउँमै मिलाउन सक्नुहुन्थ्यो ।

खै त तपाईं प्रतिभाशालीहरूलाई प्लाटफर्म दिएको ? आज पनि ती प्रतिभाशालीहरू यहि गाउँमै प्रतिभाहरूलाई भित्रै दबाएर सेत्तै फुलिसके, प्रतिभाहरू भरपुर भएर पनि हाम्रा नानीहरू किन पिछडिएका छन् ? किन हाम्रो समाजमा छोरी बुहारीलाई अलग अलग दृष्टिकोणले हेरिन्छ ?

आफ्नो छोरीलाई ज्वाइँले कमाएर सबै पैसा दिँदा चै मेरो ज्वाइँ कत्ति राम्रो छन् भन्ने आमाबाउले आफ्नै छोराले बुहारीलाई आफ्नु कमाइबाट अलिकति हातखर्च दिँदा चाहिँ त्यो छोरा जोइटिङ्ग्रे भयो भन्छन् । के ती बुहारी र छोरी एउटै होइनन् ? प्रश्न छ- तिम्रो समाजलाई के यहि हो तिम्रो समाजको न्याय ? वाह समाज वाह !

तिनीहरू त्यहाँ बसेको पाँच बर्ष बित्यो तर ती ठुलोठालो मान्छेहरू भने फर्किएर आएनन् साँइलाको जवाब पाएर ।

यस्तै व्यक्तिहरूका कारण आज समाजमा प्रतिभाहरू जन्मन नपाई मर्दैछ्न, कोपिलाहरू फक्रिन नपाई झर्दैछन् । प्रतिभाशालीले अवसर रस्थान पाएका छैनन् । व्यङ्ग्यकार, कवि, साहित्यकारहरूले आफ्नो कलम चलाएर समाजलाई जगाउने, आँखा चिम्लिएर बसेको समाजको आँखा खोल्ने प्रयास जारी नै छ तर समाज भने सुतेको सुत्यै छ । वाह समाज, वाह !!

०००
खोलाचन्द फाप्री, जलपाइगुढ़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x