साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

भ्रष्ट, दलाल धपाउनुपर्छ अब लौरो लिएर, धुपौरे हो, गर्न छोड चाकडी धुपौरो लिएर, स्वाभिमानी जनता परदेशमा श्रम बेच्दैछ, बैमानीहरू भिख माग्दैछन् कचौरो लिएर ।

Nepal Telecom ad

१.
चुनेका हौ मर्का बुझ्लाउ भन्ने भर लिएर
बदलामा हमला गर्‍यौ हामीलाई पत्थर लिएर
गाउँलाई शहर बनाउन सुरु भो खोतल्न खेतहरू
भत्काउँदै छौ रे गरिबका सपना डोजर लिएर ।

२.
भ्रष्ट, दलाल धपाउनुपर्छ अब लौरो लिएर,
धुपौरे हो, गर्न छोड चाकडी धुपौरो लिएर,
स्वाभिमानी जनता परदेशमा श्रम बेच्दैछ,
बैमानीहरू भिख माग्दैछन् कचौरो लिएर ।

३.
सगरमाथाको देश, फुलिन्छ छाति नेपाली भनेपछि
उम्लिन्छ रगत तातिन्छ माथ देश बेच्ने दलाली भनेपछि
नखोज्नु हेप्न, सोचेर कमजोर, देश सानै भए पनि
नाम मात्र सुन्दा, काम्छन् है दुस्मन गोर्खाली भनेपछि ।

०००
मनहरी- ५, मकवानपुर
हाल दक्षिण कोरिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

विवेक रिजाल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x