
जितेर नआइदिए हुन्थ्यो
रेमिट्यान्सको स्वादमा पल्केकाहरू बुढ्यौलीले उमेर ढल्केकाहरू सधैं औषधि बोकेर वाइन र बियर मात्र धोकेर अब भने जितेर नआइदिए हुन्थ्यो ।

ढाँटेर देश चलाउनेहरू
पैसा देखे नेत्र लगाउनेहरू
फेरि पनि मिठो बोलीले भुलाएर
दुइ, चार छाक सित्तैमा खुलाएर
अब भने जितेर नआएइदिए हुन्थ्यो ।
विकासलाई बिनास बनाउनेहरू
भित्र भित्रै गनाउनेहरू
फेरि पनि अत्तर छरेर
गन्धमा सुगन्ध भरेर
अब भने जितेर नआइदिए हुन्थ्यो ।
लाज पचाएर माग्नेहरू
मौका पाउनासाथ् भाग्नेहरू
फेरि पनि बहुरंगी रुप बनाएर
ब्वाँसो बनि पछाडिबाट कनाएर
अब भने जितेर नआइदिए हुन्थ्यो ।
रेमिट्यान्सको स्वादमा पल्केकाहरू
बुढ्यौलीले उमेर ढल्केकाहरू
सधैं औषधि बोकेर
वाइन र बियर मात्र धोकेर
अब भने जितेर नआइदिए हुन्थ्यो ।
प्रेमिल रुप देखाएर
प्रेमीलाई भाटाले सेकाएर
निर्लज्ज बनी
अरुसँगनै सल्केकाहरू
गलाको पासो बनी
अब भने जितेर नआइदिए हुन्थ्यो ।
अब भने जितेर नआइदिए हुन्थ्यो ।
०००
अमेरिका