साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जितेर नआइदिए हुन्थ्यो

रेमिट्यान्सको स्वादमा पल्केकाहरू बुढ्यौलीले उमेर ढल्केकाहरू सधैं औषधि बोकेर वाइन र बियर मात्र धोकेर अब भने जितेर नआइदिए हुन्थ्यो ।

Nepal Telecom ad

ढाँटेर देश चलाउनेहरू
पैसा देखे नेत्र लगाउनेहरू
फेरि पनि मिठो बोलीले भुलाएर
दुइ, चार छाक सित्तैमा खुलाएर
अब भने जितेर नआएइदिए हुन्थ्यो ।

विकासलाई बिनास बनाउनेहरू
भित्र भित्रै गनाउनेहरू
फेरि पनि अत्तर छरेर
गन्धमा सुगन्ध भरेर
अब भने जितेर नआइदिए हुन्थ्यो ।

लाज पचाएर माग्नेहरू
मौका पाउनासाथ् भाग्नेहरू
फेरि पनि बहुरंगी रुप बनाएर
ब्वाँसो बनि पछाडिबाट कनाएर
अब भने जितेर नआइदिए हुन्थ्यो ।

रेमिट्यान्सको स्वादमा पल्केकाहरू
बुढ्यौलीले उमेर ढल्केकाहरू
सधैं औषधि बोकेर
वाइन र बियर मात्र धोकेर
अब भने जितेर नआइदिए हुन्थ्यो ।

प्रेमिल रुप देखाएर
प्रेमीलाई भाटाले सेकाएर
निर्लज्ज बनी
अरुसँगनै सल्केकाहरू
गलाको पासो बनी
अब भने जितेर नआइदिए हुन्थ्यो ।
अब भने जितेर नआइदिए हुन्थ्यो ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x