जीत कार्कीराज गर्ने भए यी हुँडार !
अहो ! लुछ्नसम्मन् लुछ्यौ आततायी हिजोआज आमा स्वयम् छिन विमार !

सयौं चोट खाइस्- झुकिस् बार बार
कतिञ्जेल झुक्छस् ? बता ए निधार !
यहाँ शक्तिशाली भिनाकै सखा छन्
कहाल्लिन्छु देख्दा दिदीको सिँगार !
अहो ! भाग्य कस्तो दिइस् ए विधाता ?
उता लुछ्छ वैरी यता यो प्रहार !
यहाँ अन्नपानी असाध्यै महङ्गो
कठै ! जिन्दगीको छ सस्तो बजार !
भयो,बन्द होस् आँसुको हाट लौ न !
कहाँ सुन्छ मान्छे दुखीको पुकार !
कठै ! “म्याउ”मा फेरिए “सिंहनाद”
यहाँ राज गर्ने भए यी हुँडार !
अहो ! लुछ्नसम्मन् लुछ्यौ आततायी
हिजोआज आमा स्वयम् छिन विमार !
०००
५ मङ्सिर २०७९
भी.न.पा.-६, चरिकोट, बीचबजार
Subscribe
Login
0 Comments
Oldest






































