साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टै उल्टो

कि मेरो घाम नै उस्तो- पुजेको धाम नै उस्तो दियो धोका उज्यालोले ! भयो उत्साह नै उल्टो !

Nepal Telecom ad

धरा उल्टो, नदी उल्टो- झरी-वर्षा झनै उल्टो
जरा उल्टो, मुना उल्टो वितृष्णाको वनै उल्टो !

सधैं आस्था उमार्नेले- स्वयम् आराध्य बन्नेले
तुवाँलो बोक्छ आँखामा- छ मान्छेको मनै उल्टो !

इसारामै सधैं नाचें र ऐले ‘बिग्रिइस् !’ भन्छौ
कि मेरो आँगनै टेढो- कि तिम्रो ताल नै उल्टो !

कसैको देहमा आगो- कतै छन् मस्त मेलामा
कि यो संस्कार नै उस्तो- कि यो संसार नै उल्टो !

कि मेरो घाम नै उस्तो- पुजेको धाम नै उस्तो
दियो धोका उज्यालोले ! भयो उत्साह नै उल्टो !

०००
चरिकोट, दोलखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मन आत्तिँदै छ

मन आत्तिँदै छ

जीत कार्की
राज गर्ने भए यी हुँडार !

राज गर्ने भए यी...

जीत कार्की
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x