साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म चुनावमा उठौँ कि बसौँ ?

जसले जित्छ, कुर्सी त उसैको भागमा पर्छ, उही कुर्सीमा बस्छ । लड्ने मेरो धर्म, उठ्ने मेरो कर्म । म जित्न होइन लड्न र उठ्न पो चुनावमा लागेको हुँ ।

Nepal Telecom ad

देशमा चुनाव घोषणा भएको छ । वातावरण पूरै चुनावमय भएको छ । सिंहदरबारदेखि वेघरबारसम्म, चुलोदेखि मुसाको दुलोसम्म, गगनचुम्बी महलदेखि सडकसम्म, पाँचतारे होटलदेखि चियापसलसम्म जताततै चुनावी चर्चा छ ।
एकथरि मलाई भन्छन्- “तपाईँ पनि चुनावमा उठ्नुपर्छ ।” अर्काथरि भन्छन्- “तपाईँ चुनावमा लड्नुपर्छ ।”
लडौँ कि उठौँ ? म भने रणभुल्लमा छु । उठौँ भने लड् भन्नेले भोट नदेलान्, लडौँ भने उठ् भन्नेले भोट नदेलान् ।
दोधारमै मेरो चुनावी अभियान जारी छ । तर लड्ने कि उठ्ने भन्ने टुङ्गो भने लागेको छैन । कि लड्ने कि उठ्ने, दुईमा एकचाहिँ निश्चित छ ।

हिजो एउटाले भन्यो- “तपाईँले जसरी पनि चुनाव जित्नुपर्छ ।” जसरी भनेको कसरी ? यसरी भन्ने मसँग आइडिया छैन । जसरी पनि जित्नुपर्छ भन्नेसँग पनि त्यसरी जित्ने भन्ने उत्तर नै छैन ।

त्यसो त आज अर्कोले भन्छ- “तपाईँले जसरी भए पनि विपक्षीलाई हराउनुपर्छ ।” जसरी पनि हराउनु भनेको कसरी ? फेरि त्यही जसरी, कसरी, यसरी, त्यसरीको श्रृङ्खला पुनरावृत्ति हुन्छ ।
००

जे होस् म चुनावको तयारीमा छु । लड्ने कि उठ्ने भन्नेमा भने रणभुल्लमै अझै रणभुल्लमै छु । अचानक बाल्यकालको सम्झना आयो । नोष्टाल्जिक भएँ म । बाल्यकालमा गाइवस्तु चराउन भिरपाखा दौडिँदा म कति पटक लडेँलडेँ, अनि जति पटक लडेँ, त्यतिपटक उठेँ पनि । लडेको पनि हँु, उठेको पनि हुँ, मात्र चुनावमा नलडेको र नउठेको न हुँ ।

भनिन्छ- “अनुभवभन्दा ठूलो विश्वविद्यालय अर्को छैन ।” लडेका र उठेका प्रमाणत्र मेरा जति अरु कसका छन् ? त्यसैले अनुभवको सदुपयोग गर्दै यसपटक म चुनावमा लड्छु, उठ्छु, भिड्छु, उम्मेदवार बन्छु, मनोनयन दर्ता गर्छु । जित्न परे जित्छु, अरुलाई हराउन परे हराउँछु । कसले भन्छ म डराउँछु ?

पार्टीले टिकट नदिए अर्को पार्टी प्रवेश गरेर टिकट लिन्छु । अर्को पार्टीले पनि नदिए तेस्रो पार्टीमा जान्छु । त्यसमा पनि नमिले स्वतन्त्र लड्छु । लड्न तयार भएपछि लड्ने ठाउँको के खाँचो ? मात्र लड्न जान्नु पर्‍यो । लडेको अनुभव मसँग छँदैछ । म मज्जाले लड्छु । उठेको पनि अनुभव छ मसँग । मज्जाले उठ्छु ।

म गाउँगाउँबाट उठ्छु, म बस्तीबस्तीबाट उठ्छु । म शहरशहरबाट लड्छु, म नगरनगरबाट लड्छु । लड्नु चुनावको धर्म हो, उठ्नु चुनावी कर्म हो । मेरो अठोट अटल छ । म लड्छुलड्छु । म उठ्छुउठ्छु ।
००

मलाई धेरैले भन्छन्- “लडेपछि उठ्नुपर्छ, उठेपछि बस्नुपर्छ ।” यो चाहिँ के भनेको ? म अलमल्ल पर्छु ।
म चुनावमा लड्न तयार छु, म चुनावमा उठ्न तयार छु । तर बस्ने चाहिँ कहाँ ? चुनाव अर्कैले जित्छ । जसले जित्छ, कुर्सी त उसैको भागमा पर्छ, उही कुर्सीमा बस्छ । लड्ने मेरो धर्म, उठ्ने मेरो कर्म । म जित्न होइन लड्न र उठ्न पो चुनावमा लागेको हुँ ।

त्यसैले म लडेँ भने नउठ्ने गरी लड्छु । उठेँ भनेँ उठेको उठेकै हुने गरी उठ्छु । हैट ! म उठेपछि थोरै कहाँ बस्छु ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x