जीत कार्कीदेश हाँक्ने भए यी हुँडार !

सयौं चोट खाइस्-झुकिस् वार-वार
कतिञ्जेल झुक्छस् ? बता ए निधार !
यहाँ शक्तिशाली भिनाकै सखा छन्
कहालिन्छु देख्दा दिदीको सिँगार !
अहो ! भाग्य कस्तो दिइस् ए विधाता ?
उता लुछ्छ वैरी – यता यो प्रहार !
यहाँ अन्नपानी असाध्यै महङ्गो
कठै ! जिन्दगीको छ सस्तो बजार !
भयो, बन्द होस् आँसुको हाट लौ न !
कहाँ सुन्छ मान्छे दुखीको पुकार ?
यहाँ “म्याउ” मा फेरिए “सिंहनाद”
कठै ! देश हाँक्ने भए यी हुँडार !
कुलक्ष्मी कि लक्ष्मी दुरुस्तै छ खाता
म हेर्दैछु मालिक् ! नगर्नुस् हतार !
०००
५ मङ्सिर २०७९
चरिकोट, दोलखा
Subscribe
Login
0 Comments
Oldest






































