साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी नामका केही पात्र

सधै आफू मात्र पेट भर्ने साथी हाँडीघोप्टे साथी हो । भेटेको जति आफूमात्र हसुर्ने टाकनटुकन साथी हो । साथीलाई नाप्ने फित्ता हुँदो रहेनछ ।

Nepal Telecom ad

अहिलेसम्म जीवनको जात्रामा नराइलो मानेर धेरै थरि साथी भेटघाट भएको छ । प्रत्येक वास र कपासमा फरक हुँदा रहेछन् साथी । सबै तत्वको महत्व भए झै साथीको पनि महत्व छ । कतै जोड्ने साथी कतै तोड्ने साथी कतै मोडिने साथी । भातको भन्दा पनि साथीको भाउ महँगो हुँदो रहेछ । कोही साथीले अस्त्र शस्त्र विना जीवन बचाउँछ कोही हुँदोरहेछ छलकपटको राजा । साथी नामका केही पात्रहरूको चर्चामा केन्द्रित हुँदै यो पर्चा तयार गर्नु मनासिव होला !

पात्र नम्बर एक
कस्तो न साथी बनाउँला भनेको थिएँ भरे परेछ ढाडे विरालो जस्तो । कुरा गर्छ उरन्ठेउलो बोल्दा जिब्रो सम्हाल्दैन । आँखा गिदीमै गाडिएको जस्तो । कान छ फेरि छेरुवा बाख्रीको जस्तो । हिँडाई देख्दा वाक्क ट्यारै एैंजेरु खाए जस्तो । कतै सँगंै जाउँ न भनेर सङ्गत गर्न खोज्यो नभएको खल्ती खलास पारिदिन्छ । फेरि मानेन भने मरनको बेला घाटमा नजाला भन्ने डरले सङ्गत छोड्न सकेको छैन ।

पात्र नम्बर दुई
अर्को साथी परेछ चोथाले साथी । प्याजको ढ्याक जस्तो पत्र । एक भन्नु न दुई । सुन्तलाको बोक्रा जस्तो । नरिवलको गट्टो जस्तो । नरम कुरा कतै जाने समय मिलायो । समयमा आए पो । हातको घडी हेर्‍यो, भनेको समय भन्दा एक घण्टा पछाडिी आइपुग्छ । विहान निधारमा घाम आउन्जेल सुत्छ । बोल्यो भने पोल्ने गरि बोल्छ । अल्छीको राजा । विवेकी त कता हो कता ? झुटमुटले गाउँ शहर हाँकेको छ । यस्तो मान्छे त देखेको पनि छैन होला । तीन मुरी तीन पाथी नौमाना मयल भएसम्म नुहाउनु छैन । शरीर भरि मयलको चिलाउने ठुटो बोकी पो गाउ शहर हिँड्छ । बोल्दा कति होस गर्नु मैले । नबोलुँ डाङडुङ डाङडुङ गरि हातै पो हाल्छ । कति सहनु उडेको कुरा गुमाउनु पर्दा दुःख लाग्छ ।

पात्र नम्बर तीन
अर्को छ चोथाले साथी । गफाडीको राजा । आफू राँड त देशै भाँड । उसको कुरा कति गर्नु । आफ्नो ढङ्ग हुँदैन । अरुलाई छिटोछिटो जवाफ फर्काई हाल्ने । आफ्नो मन पेटसम्म दिँदैन । जे कुरामा पनि तामझाम गर्न पछि हट्दैन । दुई पैसाको नाफा नभएसम्म कुनै काममा अगाडि हातसम्म उठाउँदैन अनि हल्लाउँदैन पनि । बरु सडकतिर फर्केर माखो नमार्न घोत्लिएर वस्छ । बाटोसित रिस उठ्यो भने भुईंमा आफै लडिबुडी खेल्छ । के गर्नु साथीको व्यवहार अनुसार चल्ने परम्परा यहाँ विकास भएको छ ।

पात्र नम्बर चार
एउटा अर्को साथी छ मेरो । उसको कुरा गरेर वाकवाकी वान्ता आउँछ । उसको कुरा सुन्दा सुन्दा दाँत पनि किटिटी बज्छ । मुखले पनि विश्राम लिन्छ, बज्दैन । उसलाई हेदा हेर्दा विग्रेको रेडियो गीत जस्तो गाउन मन लाग्छ । दार्जिलिङ र खस्र्याङ रेडियो स्टेशनको समाचार जुधेर सुने जस्तो । टाउको भारी हुन्छ । कुनै बेला घिरौला जत्रो नाक बनाउँछु । कुनै बेला फरक पर्दैन आफ्नो घिरौला जत्रो नाक अरुको देख्छु । कत्ति नाक फुलाउनु पर्दैन । फेरि घिरौलाको मौसम सकिन्छ सोच्नु पर्र्दैन । उनको नाक अनुसार समाज चलेको हुन्छ । कति वाकवाक लाग्ने कुरा गरिरहनु । जो पायो त्यहि साथी बनाउन नहुनेरहेछ । जहिले पनि नाक फुलाउन पर्ने भनेर मैले मेरो पालो कुनै नदीको वगरमा गएर धरहरा बनाएर छोडी दिन्छु । त्यो वाक्क र दिक्क भएको साथीको मेख त मर्छ ।

पात्र नम्बर पाँच
मेरा एक जना साथी बम खाएर बाँचेको छ । यो संसारमा बम खाएर बाँचेको मैले सुनेको छैन । यस्तो सकस कसैले खाएको छैन होला । संसारको युद्ध गर्ने ठेक्का बमले नै पाएको छ । एउटा ग्रहबाट अर्को ग्रहमा वारपार गर्ने प्रतियोगिता भएमा बम नै प्रथम हुनेछ । यो बम साथी । मेरो यस्तो साथी पनि छ ख्याल गरौँ । अरुहरूको साथी भन्दा मेरो साथी फरक खालको छ । विरामी पर्दा औषधि मूलो गर्दा उसले औधी ख्याल गर्छ । पैसासित उसको ममता कति ठूलो रहेछ । मेरो एउटा साथीले गाली गर्दा अर्को साथीले मायाले बोलेको लाग्छ । साथीभाइ भेटघाटमा कोहि छुट्दा खल्लो लाग्छ । हुन त मेरा साथीहरू पानीमाथिका ओभाना पनि हुँदारहेछन् ।

छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी । गोजीमा छउन्जेल सबैले तान्छन् । रित्तिएपछि सबै भेटघाट बन्द हुन्छ । यहाँ मैले अड्कोपड्को तेलको धुपको व्याख्या गर्न खोजेको होइन । कुनै अवसर पारेर गरिने बनाइने साथी लुते लाङ्ग्रे लङ्गडो डुँडे खुँडे मुडे जे जस्तोसँग मिलन भए पनि साथी नै हो । साथीको कुरा के ले फड्कार्छ त्यो त थाहा छैन । । सधै आफू मात्र पेट भर्ने साथी हाँडीघोप्टे साथी हो । भेटेको जति आफूमात्र हसुर्ने टाकनटुकन साथी हो । साथीलाई नाप्ने फित्ता हुँदो रहेनछ । न त साबुनको फिँज जस्तो पातलो भेटिदो रहेछ ।

साथीका यी सामान्य प्रकार बारे मैले चर्चा गरेँ । सिंगाने टोलदेखि भिखारी टोलसम्म सभ्य साथी बनाउन तयार छु । साथीको सेवामा साथ दिन हाजिर छु । षडयन्त्रमा पनि दिव्यज्ञान र भव्य साथ दिने साथी पनि छन् । साथीले हाक दिने कुरा उठाउँछन् । भ्रममा पारेर पछार्ने पनि साथी हुन्छन् । छिर्कने हान्ने पनि साथी नै हो । साथीको वर्गीकरणमा पड्कने हाड नभएको मेरो जिब्रो जस्तै छ । जस्तालाई तस्तै छ ।

०००
काठमाडौं
२०७९ मंसिर १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
राग कसको ?

राग कसको ?

ठाकुरप्रसाद अधिकारी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x