ठाकुरप्रसाद अधिकारीराग कसको ?
पल्याक पुलुक जडौरी मागेर बरनीमा पुग्ने दलबहादुर पनि फ्याउ फुयाउ कराउन छाडेर च्याच्याउ कराउदै मरानीघाट पुगेर काँध थाप्ने जमाना छ ।

ठाकुरप्रसाद अधिकारी :
उहिलेका सूर्य खुइलिसके । मेरो भुरो राग कसले सुनिदेला । पीउठाने मुलाको हरक डाकर भन्दा चर्को थाहै छ सुनाउनै पर्दैन । अत तपाई रागको च्याप्टर नखोक्नोस् भन्नु होला खकारले सम्भव छ । म हरघडी दुइपैसे राग झिक्ने मान्छे । अकाशमा थुकेर भ्रष्टाचारी बाको दौरा सुरुवाल भ्वाङ पर्छ भन्ने दिन उम्कन थालिसके ।
राग कुनै भयङ्कर सपना होइन । मान्छेको सिरानी जस्तै हो । यो पृथ्वीको रसातल पाताल तलातल बितल सुतातल सबै ठाउमा प्रचूर पाइन्छ । राग नभए जनजीविकाको जीव अभावमा पल्टिने पनि होइन । खसोखास- बाबु आमाको राग कति काँचो बायु आयु बनेर हुरी बतास झैं कानमा ठोक्किए बास माग्न आए कानेगुजीले नजानु भनेर गजवार हालिदियो । अहिले थकथकी पो लागिरहेछ । रागको कुरा के झिक्नू । यो पनि एक चिम्टी नून भन्दा मंहगो छ । दुईकोडी सुद्धि नहुने प्रिन्सिपलले सवालाख तलब, गाडीको सुविधा छिमेकी पीएमको जति लत्ता र भत्ता पाएको थाह पाइन्छ । यो कुरो जीम क्ल्बबाट फर्केर त्यस दिन उनका विद्यार्थीका अभिभावकले स्टीम रुममा बस्दा खुसुक्क सङ्केतमा भनेका थिए । मेरा बाबाबा ! उसको रागलाई मैले हल्चोकदेखि सातडाँडा कटाउनु । अफसोस म कसको राग खोजिरहेछु ?
रागहरू बडादामी पनि हुँदा रहेछन् । टनेलमा फलेका जिरे खुसार्नी खुरपानीहरूलाई बिर्साउने तरकारी बजारमा पुगेर भेटँे । मैले यसो विचरमा गम खाएँ । उसको वारी पारिको पारिजातको वासना मेरो नेताको घिरौँले नाकमा घुमेजस्तो लाग्यो । मेरो झुत्रो चुत्रो पनि नफल्ने झाल्यमा उसले डेडो आँखा लाएर माझाघरे भुजुङ बासित थुतुनो उचालेर गफ गरेको देखेँ । त्यो रागलाई मैले हर्पान मिल्छ । तर मेरो भविष्य विपरित कुन बेला मेरो छानाको मानुतिर धारे हात लाउँछ । मेरो ठुटे राग शब्दमा नअग्लिनु थियो । अग्ली त गो । आफैलाई सरम लागिरहेछ ।
०३६ सालअघिदेखि ऊ पञ्चायतको फुच्चे पाले मोही । ०४६ सालदेखि बहुल दलमा पुग्दा सगरमाथा भन्दा अग्लो मोही । दुइ अङ्गुलको पाइला जिरा नाग्ने फड्को उसले बढाउनु थियो । उसको साहस मैले कसरी अस्वीकार भविष्यमा पनि नगर्नु गर्नु थियो । तर उसको राग घोडाले खाइ दियो कि उसकै घरको भान्साको घोडीले खाइदियो पत्तै भएन । खै उसको रागलाई थाहा पाउन कुन धुप बालेर सूर्यलाई जल चढाउनु । मेरो रागको दुरुपयोग म कसरी गरुँ ?
नेपालको बगरका थाङ्ना पत्रु ढुङ्गाहरू विदेश पुगेर मार्वल बनेका छन् । उनीहरूको मूल्य तिब्बतको च्याङ्ग्राको भन्दा सस्तो छ । त्यहि रागले मलाई बरबाद पारिहेछ । रागको भाउ ०७२ सालमा ढलेको धरहराको अवशेष भन्दा ठूलो भ्यूटार भन्दा विशाल म देख्दैछु । राँगो भैंसी चराउनेका भाउ ठूलाघरेको पूजा किन मैना चरीझै उडेर यसरी बढी रहेछ । मानिसहरू टिभी रेडियोबाट राग झङ्कार सुन्दैनन् । डिस्कोमा जान्छन् । पीताजीलाई घरबाट बाहिर खेदेर घर छाडेर हिँडेको भन्छन् । बाजेको सेकुवा खान्छन् । घर बिक्री गरेर सरकारको सहकारीको ढुकुटीको सुकुटी खान्छन् । मोमो खाएर लादी आउने पेटलाई गुजुजु छड्काउछन् ।
माइक्रो बसको खलासी अरुको रागले चेप्टिएर दलालीको नोठ दुब्लाएको सालिकझै खस्किएको हिजो जस्तो आज कहाँ कसले के गरिरहेछ । के नहुने भइरहेछ । कसको राग किन ओजोनको जोन हुन सकेको छैन थाहा पाउन बाग्मती तरेर शंखमुल पुग्नु पर्छ भन्दा अचम्म लाग्छ ।
विश्व रागको हिसाबले पनि अमेरिका र तेश्रो विश्वको राग गरि दुई राग मात्र छन् । अरु राग भगेरा मरेझै मरिसके । रागको उपनाम डकार सुन्दा आश्चर्य लाग्ला । डकार पनि दुई थरि हुन्छन् । हेर्नुस्- एउटा रातो रागले सदाकाल बित्दो हो त । यजुर्वेदले पनि घीउरुपी तेज, दुधरुपी पोषक सारतत्वलाई रागमा विभाग नगर्न भेनेको छ । हानीकारक हरक गन्ध खेतीमा पनि आउन हुँदैन । सरकारका तीन अङ्गले हुनसम्म गरिसक्यो । राग बिना कसैको अस्तित्व पडिा दुख सुख आँसु कसले कल्पना गरको छ ? त्यहि पोषणले हामी लहलहलाउन सकेका छैनौँ । छिमेकीले बाँझो खोरियामा पनि फँडानी गरेर चन्द्रमा रकेट छोडे । हाम्रो मतको पुलपुल्याइले लात्तले हानेको कुकुर टाँडको खोपीमा मुखिया भइसके । हुन त म कुनै बिचार दर्शन निर्माण गर्ने क्षमता नबोकेको मान्छे । अरुको गोठ रित्याएर । कुँडे चाटेर । हाँसो आँसुको जीवन लत्याएर पुस्तक छपाएर प्रचार गर्न काउकुती लाग्छ ।
शब्दकोषको दृष्टिमा हेर्ने हो भने रागको व्याख्या अत्यन्त थोरै छ । रागको जन्म हक्की र दरिला स्वभाव भएका मान्छेमा प्रशस्त हुने खुराक हो । मुखमा राग हातमा हिपको सिप नभएको शासक भविष्यद्रष्टा हुन सुहाउदैन । राग पृथ्वीको प्रताप फल हो । मेरो टुठे सोचाईमा त्यसको परिभाषा पृथक पृथक अर्थ बेसुरमा पनि नभन्नु होला ।
यो मानिसको निसानी पनि हो । मानिसमा हुने सत्व रज र तामसी गुण जाहेर गर्ने श्रोत नै राग हो । गुण दोषबाट आउने डकार राग नहुन पनि सक्छ । म खसोखास खास्सा बजार पुग्दा साँच्चि मीठो राँगोको राग पाउन निकै मेहिनेत गर्नुपर्यो । बुढो बोकाको डाकार हुने प्रिन्सिपल पाले मास्टरी गर्ने बा पनि भएका छन् । रागको अरु के पनि बयान गर्न कठीन छ ।
चिन्ताको डकार गफ खानेलाई मात्र हुन्छ भन्नु सर्वथा गलत हो । गन्ध, सडेगलेको बस्तुजस्तै दुर्गन्ध नभएर सुगन्ध पनि बन्न सक्छ । त्यसबाट विज्ञानको केमिकल हुन पनि सक्छ । हो मैले रागलाई धेरै कोणमा बाँडेर फाँडेर आएको छु । बाटो चोरेर छिमेकीले महल बनाएको देखेको छु । त्यो कसको राग हो । तल्लाघरे भन्न पनि थक्क लाग्छ ।
गोरोटो बाटोलाई फराकिलो राजमार्ग सम्झेर हिडिरहेछु । इष्र्या, द्वेष आलस बिनास अपमानबाट पनि राग आउने हुनाले त्यसको संरक्षण र रक्षार्थ कसरी गरौँ । मेरो भविष्य उन्मुख हुने राग चिन्नु हुन्छ होला । यसैमा मेरो राग गौरव गर्न असफल छ ।
सत्ताको रागको भेलामा को हारेर जान्छ के जितेर भाग्छ । ओई मान्छे कता हिँडेको भनेर मोवाइलमा मेसेज आए पनि झस्किने बेला छ । मनिमन्त्र जान्ने पण्डितले कनिका लुकाएको थालको घेरो बढ्ने बेला छ । पल्याक पुलुक जडौरी मागेर बरनीमा पुग्ने दलबहादुर पनि फ्याउ फुयाउ कराउन छाडेर च्याच्याउ कराउदै मरानीघाट पुगेर काँध थाप्ने जमाना छ । यसो नगरे ओठबाट राग नचुहिए सडकमा हिँड्न निषेध होला ।
संसद सदन सडक एउटा राग बोलेर विशिष्ट श्रेणी कहलिएका छन् । ल है । लुखुरे लुरेलाई थर्काउने । फुल पेटीकोट लाउने एक दशकदेखि मेरो टाउको गिदी खाने छिमेकीको अभद्र रागबाट के शिक्षा लिउँ ? सम्झिनु धिक्कारै छ । मेरो स्वाभिमानी राग भागेर अक्षर खोपेर अक्षर जन्माइरहेछ ।
मेरोजस्तै लुते राग भुताहा घरमा पिएन काम गर्ने विदेश निर्यात भइरहेछ विदेशमा बेल्चा हानिरहेछ । स्वदेशमा रेमिटबाट आएको पैसामा चौका हान्नेको चिनु डगमगाउन थालेको छ । म नाथेको राग घाम हावा पानी पधेरीमा उडे पनि धराको गह्रामा उभिरहन्छु । अरुबाट लुँडिए पनि बौलहाको राग म भुल्न सक्दिनँ । अँ साँच्चि के भयो म अफै प्रष्ट छैन । कसको राग कुन रङ्गको छ ? निलो क्रान्ति खै ? कुन हिमालमा उड्ने चराको नाउँ हो के स्मरण गरौँ । रागले कुभिण्डे टाउको समाउन जान्दै जानिनँ ।
०००
मङ्सिर ८, २०८१
काठमाडौं- १५, चमती
Subscribe
Login
0 Comments
Oldest









































