साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राग कसको ?

पल्याक पुलुक जडौरी मागेर बरनीमा पुग्ने दलबहादुर पनि फ्याउ फुयाउ कराउन छाडेर च्याच्याउ कराउदै मरानीघाट पुगेर काँध थाप्ने जमाना छ ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

उहिलेका सूर्य खुइलिसके । मेरो भुरो राग कसले सुनिदेला । पीउठाने मुलाको हरक डाकर भन्दा चर्को थाहै छ सुनाउनै पर्दैन । अत तपाई रागको च्याप्टर नखोक्नोस् भन्नु होला खकारले सम्भव छ । म हरघडी दुइपैसे राग झिक्ने मान्छे । अकाशमा थुकेर भ्रष्टाचारी बाको दौरा सुरुवाल भ्वाङ पर्छ भन्ने दिन उम्कन थालिसके ।

राग कुनै भयङ्कर सपना होइन । मान्छेको सिरानी जस्तै हो । यो पृथ्वीको रसातल पाताल तलातल बितल सुतातल सबै ठाउमा प्रचूर पाइन्छ । राग नभए जनजीविकाको जीव अभावमा पल्टिने पनि होइन । खसोखास- बाबु आमाको राग कति काँचो बायु आयु बनेर हुरी बतास झैं कानमा ठोक्किए बास माग्न आए कानेगुजीले नजानु भनेर गजवार हालिदियो । अहिले थकथकी पो लागिरहेछ । रागको कुरा के झिक्नू । यो पनि एक चिम्टी नून भन्दा मंहगो छ । दुईकोडी सुद्धि नहुने प्रिन्सिपलले सवालाख तलब, गाडीको सुविधा छिमेकी पीएमको जति लत्ता र भत्ता पाएको थाह पाइन्छ । यो कुरो जीम क्ल्बबाट फर्केर त्यस दिन उनका विद्यार्थीका अभिभावकले स्टीम रुममा बस्दा खुसुक्क सङ्केतमा भनेका थिए । मेरा बाबाबा ! उसको रागलाई मैले हल्चोकदेखि सातडाँडा कटाउनु । अफसोस म कसको राग खोजिरहेछु ?

रागहरू बडादामी पनि हुँदा रहेछन् । टनेलमा फलेका जिरे खुसार्नी खुरपानीहरूलाई बिर्साउने तरकारी बजारमा पुगेर भेटँे । मैले यसो विचरमा गम खाएँ । उसको वारी पारिको पारिजातको वासना मेरो नेताको घिरौँले नाकमा घुमेजस्तो लाग्यो । मेरो झुत्रो चुत्रो पनि नफल्ने झाल्यमा उसले डेडो आँखा लाएर माझाघरे भुजुङ बासित थुतुनो उचालेर गफ गरेको देखेँ । त्यो रागलाई मैले हर्पान मिल्छ । तर मेरो भविष्य विपरित कुन बेला मेरो छानाको मानुतिर धारे हात लाउँछ । मेरो ठुटे राग शब्दमा नअग्लिनु थियो । अग्ली त गो । आफैलाई सरम लागिरहेछ ।

०३६ सालअघिदेखि ऊ पञ्चायतको फुच्चे पाले मोही । ०४६ सालदेखि बहुल दलमा पुग्दा सगरमाथा भन्दा अग्लो मोही । दुइ अङ्गुलको पाइला जिरा नाग्ने फड्को उसले बढाउनु थियो । उसको साहस मैले कसरी अस्वीकार भविष्यमा पनि नगर्नु गर्नु थियो । तर उसको राग घोडाले खाइ दियो कि उसकै घरको भान्साको घोडीले खाइदियो पत्तै भएन । खै उसको रागलाई थाहा पाउन कुन धुप बालेर सूर्यलाई जल चढाउनु । मेरो रागको दुरुपयोग म कसरी गरुँ ?

नेपालको बगरका थाङ्ना पत्रु ढुङ्गाहरू विदेश पुगेर मार्वल बनेका छन् । उनीहरूको मूल्य तिब्बतको च्याङ्ग्राको भन्दा सस्तो छ । त्यहि रागले मलाई बरबाद पारिहेछ । रागको भाउ ०७२ सालमा ढलेको धरहराको अवशेष भन्दा ठूलो भ्यूटार भन्दा विशाल म देख्दैछु । राँगो भैंसी चराउनेका भाउ ठूलाघरेको पूजा किन मैना चरीझै उडेर यसरी बढी रहेछ । मानिसहरू टिभी रेडियोबाट राग झङ्कार सुन्दैनन् । डिस्कोमा जान्छन् । पीताजीलाई घरबाट बाहिर खेदेर घर छाडेर हिँडेको भन्छन् । बाजेको सेकुवा खान्छन् । घर बिक्री गरेर सरकारको सहकारीको ढुकुटीको सुकुटी खान्छन् । मोमो खाएर लादी आउने पेटलाई गुजुजु छड्काउछन् ।

माइक्रो बसको खलासी अरुको रागले चेप्टिएर दलालीको नोठ दुब्लाएको सालिकझै खस्किएको हिजो जस्तो आज कहाँ कसले के गरिरहेछ । के नहुने भइरहेछ । कसको राग किन ओजोनको जोन हुन सकेको छैन थाहा पाउन बाग्मती तरेर शंखमुल पुग्नु पर्छ भन्दा अचम्म लाग्छ ।

विश्व रागको हिसाबले पनि अमेरिका र तेश्रो विश्वको राग गरि दुई राग मात्र छन् । अरु राग भगेरा मरेझै मरिसके । रागको उपनाम डकार सुन्दा आश्चर्य लाग्ला । डकार पनि दुई थरि हुन्छन् । हेर्नुस्- एउटा रातो रागले सदाकाल बित्दो हो त । यजुर्वेदले पनि घीउरुपी तेज, दुधरुपी पोषक सारतत्वलाई रागमा विभाग नगर्न भेनेको छ । हानीकारक हरक गन्ध खेतीमा पनि आउन हुँदैन । सरकारका तीन अङ्गले हुनसम्म गरिसक्यो । राग बिना कसैको अस्तित्व पडिा दुख सुख आँसु कसले कल्पना गरको छ ? त्यहि पोषणले हामी लहलहलाउन सकेका छैनौँ । छिमेकीले बाँझो खोरियामा पनि फँडानी गरेर चन्द्रमा रकेट छोडे । हाम्रो मतको पुलपुल्याइले लात्तले हानेको कुकुर टाँडको खोपीमा मुखिया भइसके । हुन त म कुनै बिचार दर्शन निर्माण गर्ने क्षमता नबोकेको मान्छे । अरुको गोठ रित्याएर । कुँडे चाटेर । हाँसो आँसुको जीवन लत्याएर पुस्तक छपाएर प्रचार गर्न काउकुती लाग्छ ।

शब्दकोषको दृष्टिमा हेर्ने हो भने रागको व्याख्या अत्यन्त थोरै छ । रागको जन्म हक्की र दरिला स्वभाव भएका मान्छेमा प्रशस्त हुने खुराक हो । मुखमा राग हातमा हिपको सिप नभएको शासक भविष्यद्रष्टा हुन सुहाउदैन । राग पृथ्वीको प्रताप फल हो । मेरो टुठे सोचाईमा त्यसको परिभाषा पृथक पृथक अर्थ बेसुरमा पनि नभन्नु होला ।
यो मानिसको निसानी पनि हो । मानिसमा हुने सत्व रज र तामसी गुण जाहेर गर्ने श्रोत नै राग हो । गुण दोषबाट आउने डकार राग नहुन पनि सक्छ । म खसोखास खास्सा बजार पुग्दा साँच्चि मीठो राँगोको राग पाउन निकै मेहिनेत गर्नुपर्यो । बुढो बोकाको डाकार हुने प्रिन्सिपल पाले मास्टरी गर्ने बा पनि भएका छन् । रागको अरु के पनि बयान गर्न कठीन छ ।

चिन्ताको डकार गफ खानेलाई मात्र हुन्छ भन्नु सर्वथा गलत हो । गन्ध, सडेगलेको बस्तुजस्तै दुर्गन्ध नभएर सुगन्ध पनि बन्न सक्छ । त्यसबाट विज्ञानको केमिकल हुन पनि सक्छ । हो मैले रागलाई धेरै कोणमा बाँडेर फाँडेर आएको छु । बाटो चोरेर छिमेकीले महल बनाएको देखेको छु । त्यो कसको राग हो । तल्लाघरे भन्न पनि थक्क लाग्छ ।

गोरोटो बाटोलाई फराकिलो राजमार्ग सम्झेर हिडिरहेछु । इष्र्या, द्वेष आलस बिनास अपमानबाट पनि राग आउने हुनाले त्यसको संरक्षण र रक्षार्थ कसरी गरौँ । मेरो भविष्य उन्मुख हुने राग चिन्नु हुन्छ होला । यसैमा मेरो राग गौरव गर्न असफल छ ।

सत्ताको रागको भेलामा को हारेर जान्छ के जितेर भाग्छ । ओई मान्छे कता हिँडेको भनेर मोवाइलमा मेसेज आए पनि झस्किने बेला छ । मनिमन्त्र जान्ने पण्डितले कनिका लुकाएको थालको घेरो बढ्ने बेला छ । पल्याक पुलुक जडौरी मागेर बरनीमा पुग्ने दलबहादुर पनि फ्याउ फुयाउ कराउन छाडेर च्याच्याउ कराउदै मरानीघाट पुगेर काँध थाप्ने जमाना छ । यसो नगरे ओठबाट राग नचुहिए सडकमा हिँड्न निषेध होला ।

संसद सदन सडक एउटा राग बोलेर विशिष्ट श्रेणी कहलिएका छन् । ल है । लुखुरे लुरेलाई थर्काउने । फुल पेटीकोट लाउने एक दशकदेखि मेरो टाउको गिदी खाने छिमेकीको अभद्र रागबाट के शिक्षा लिउँ ? सम्झिनु धिक्कारै छ । मेरो स्वाभिमानी राग भागेर अक्षर खोपेर अक्षर जन्माइरहेछ ।

मेरोजस्तै लुते राग भुताहा घरमा पिएन काम गर्ने विदेश निर्यात भइरहेछ विदेशमा बेल्चा हानिरहेछ । स्वदेशमा रेमिटबाट आएको पैसामा चौका हान्नेको चिनु डगमगाउन थालेको छ । म नाथेको राग घाम हावा पानी पधेरीमा उडे पनि धराको गह्रामा उभिरहन्छु । अरुबाट लुँडिए पनि बौलहाको राग म भुल्न सक्दिनँ । अँ साँच्चि के भयो म अफै प्रष्ट छैन । कसको राग कुन रङ्गको छ ? निलो क्रान्ति खै ? कुन हिमालमा उड्ने चराको नाउँ हो के स्मरण गरौँ । रागले कुभिण्डे टाउको समाउन जान्दै जानिनँ ।

०००
मङ्सिर ८, २०८१
काठमाडौं- १५, चमती

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
अतीतको पत्रु सेठलाई पत्र

अतीतको पत्रु सेठलाई पत्र

ठाकुरप्रसाद अधिकारी
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x