साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुकुचा !

तिमी त अब गङ्गाजल भयौ हामी पो अब ढल र मल भएका छौँ साँचै हो टुकुचा हामी आफैं नेपालका दल भएका छौैँ हामी आफैं दुर्गन्धित ढल र मल भएका छौँ ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

ए टुकुचा तिमी दौडिँदा अलकापुरी बोल्छ
तिमी घिस्रिँदा झुकेको काठमाडौ बोल्छ
तिमी बागमतीमा हाम्फालेर मिसिँदा
बागमतीले कहिल्यै अस्वीकार गरिनन्
हो, सानै भए पनि तिमी नदी हौ
‘चा’ लगाएर बोलाउँँछन् सबैले
अनेक चियोचर्चा हुन्छ तिम्रो
यहाँ मलामी र सलामी चाख्ने
सिंहदरवारका लाउकेहरू छन्‌
तिम्रो उदाहरण दिने टाउकेहरू धेरै छन्
टुकुचा तिमी फोहरको उपमा भएकी छौ
तर अहिले तिमीभन्दा दशौँ गुना फोहर भएका छौँ हामी
यही फोहरको रासमाथि
नवनेपालको सास चलिरहेको छ
समृद्धि, समुन्नति र नवसभ्यताको
तुमुल नाराले होसहवास उडाइरहेको छ
टुकुचा तिम्रो गन्ध के गन्ध हो र
तिमी भन्दा दशौँ गुना बढी
न्यायको मूर्ति गनाइरहेको छ
तिमीभन्दा दशौँ गुना बढ्ता
हाम्रो भाग्यविधाता नेता गनाइरहेको छ
दुख नमान टुकुचा
तिमी भन्दा दशौँ गुना बढ्ता
हाम्रो लोककल्याणकारी राज्य गनाइरहेको छ
तिमीले ढल र मलमुत्र बोके जसरी
हामी भ्रष्टाचार, बेइमानी र मानव तस्करी
बोकेर हिँडिरहेका छौँ
तिमी त अब गङ्गाजल भयौ
हामी पो अब ढल र मल भएका छौँ
साँचै हो टुकुचा
हामी आफैं नेपालका दल भएका छौैँ
हामी आफैं दुर्गन्धित ढल र मल भएका छौँ ।

०००
तुप्चे– ४, नुवाकोट । काठमाडौ– १५, चमती
हाल : सिड्नी, अष्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x