साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो कपाल

‘हैन, ए ए ए !’ भन्दाभन्दै कुचोको डाँठ त मेरो टाउकोमा बज्रिइहाल्यो । अझ के के हुने थियो । धन्न नातिले रोकेर मात्र ।

Nepal Telecom ad

परशुराम पराशर :

“हजुरबा यो कपाल किन कालो बनाउनुभएको ? सेतो कपाल नै कति राम्रो थियो ।” मैले सुसेल्दै कपालमा कालो दलेको देखेर नातिले भन्यो ।

“नाथु, तैँले के जानेको छस् र, कपाल कालो बनाउने कारण छ क्या !” मैले जोसिँदै भनेँ ।

“के कारण हो हौ ? मलाई पनि भन्नु न हजुरबा !” नातिले जोस्याउँदै भन्यो ।

“तँलाई किन चासो चाहियो । उम्रँदैका तीन पात । हिजो जन्मेकाले कपाल कालो पार्ने कारण सोध्छ बा !” मैले प्रश्नको उत्तर दिनुभन्दा उसको मेख मार्ने गरी भनेँ ।

“हैन हौ ! ए हजुरबा अब पिण्ड खाने बेलामा कपाल रँगाउनुको कारण पो सोधेको त ।” उसले घुच्चुकमै ताकेर भन्यो ।

“के भनिस् रे । मलाई तैँले यति बुढो देखेको । अहिलेसम्म लट्ठी टेकेको, र्याल चुहाएको देखेको छस् ? ऐना नहेर्ने हो भने म जवान नै छु, तरुनो नै छु भन्ने लाग्छ, बुझिस् । अनि तँलाई चाहिँ यो कारण किन चाहिएको ? बित्थामा चासो राख्छ ।” मैले अफ्नो बखान गर्दै भनेँ ।

“के थाहा, म पनि तपाईंकै उमेरसम्म बाँच्छु कि ? त्यसपछि त मैले पनि कपाल कालो पार्नुपरेन । भन्नु न हौ, किन कालो लगाएको ?” नातिले नरम भएर सोध्यो ।

“लु सुन् केटा । अहिले नेपालमा बहुविवाह गर्न पाउने कानुन ल्याउँदै छन् रे । कतै लाटाको खुट्टो बाटामा परिहाल्छ कि भनेर यो उपाय लगाएको । तेरी हजुरआमा पनि बुढी भई । उसलाई काम सघाउने र मलाई पनि सेवा गर्ने एउटी ल्याउन पाए हुन्थ्यो कि ।” भनेको मात्रै थिएँ, एक्कासि ढोका उघ्रियो ।

हातमा कुचो लिएकी बुढीमाउ त सारी सुर्किंदै आइलागी, “के भन्यौ रे बुढा, म हुँदाहुँदै ।”

‘हैन, ए ए ए !’ भन्दाभन्दै कुचोको डाँठ त मेरो टाउकोमा बज्रिइहाल्यो । अझ के के हुने थियो । धन्न नातिले रोकेर मात्र ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x