साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाको जीवन

प्रात:काल उठेर हिँड्नु नरले रफ्तार थोरै दिनू खानामा पनि खासमा नुन चिनी मात्रा घटाई लिनू खाँदामा बल गर्नु सन्तुलित नै खाना चनाखो बनी खाए हुन्छ रुखो पिठो पनि रुचे मिष्टान्न नै हो भनी॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

पाको जीवनको सुनौ सब कुरा भोगिन्छ के के अब
लेखोलाउन सम्म मुस्किल भयो सम्झेर आफैँ सब
चिन्ता गर्नुहुँदैन भन्छ मनले उब्जिन्छ चिन्ता नव
निन्द्रा भाग्दछ दूर दूर किन हो बिग्रिन्छ देही तब॥१

प्यारो कोमल अङ्गमा दिनदिनै देखिन्छ हो चाउरी
कालो केश सफेद बन्छ हिउँ नै छर्केर झैँ फुर्फुरी
चस्मा लाउन बाध्य हुन्छ मनुवा कम्ती बनी रोसनी
छाला बन्दछ पातलो बहुत नै फुस्रो सबै त्यो अनि॥२

भोगेको इतिहास जो विगतको बिस्तार बिर्सिन्छ त्यो
टाढा बन्दछ सम्झना जब नशा खुम्चिन्छ मस्तिष्कको
खानामा पनि छैन चाह पहिले जस्तो र केही मिठो
देही बन्दछ धेर दुर्बल अहो! च्याप्छन् व्यथाले छिटो॥३

गाँजी प्रेसरले सताउँछ कतै ज्यादा चिनी रोगले
कोहीमा दमको प्रभाव पनि त्यो देखिन्छ संयोगले
राम्रो ख्याल गरेर बस्नु तनको पाको हुँदा लोकले
आनन्दी मन पार्नुपर्छ तन यो बिग्रिन्छ है शोकले॥४

प्रात:काल उठेर हिँड्नु नरले रफ्तार थोरै दिनू
खानामा पनि खासमा नुन चिनी मात्रा घटाई लिनू
खाँदामा बल गर्नु सन्तुलित नै खाना चनाखो बनी
खाए हुन्छ रुखो पिठो पनि रुचे मिष्टान्न नै हो भनी॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x