ठाकुरप्रसाद अधिकारीहल्ला जस्तो हल्ला किन ?
जीवन चलाउन कविता लेख्न हल्लाको बिम्ब बनाउन नजाने आधुनिक कवि बन्न धौ धौ नै पर्छ । हल्लाको सप्ताह पुरान कुरन लाउन हैन प्रिय हल्लाकारज्यू मलाई हल्लाको सल्लाकार बनाइदिनु है ।

ठाकुरप्रसाद अधिकारी :
हल्ला जस्तो हल्ला किन ? हल्ला सुन्दा सुन्दै संसारमा सबैका जुनी बित्यो । यहाँ हल्ला गर्ने सिकर्मीभन्दा बढि कर्मी भेटिए । त्यो सम्झना कुन अस्त्रले खोज्नु ? हेर्नुस् म हल्लाकै चरण पुज्दै आएको छु । यस्तो तन्नम तन्नाजस्ता हल्ला अचम्मै सुनेको थिएँ । बाजेले जोडको बाटो अंशयिारेले रछाने बाटो बनाए सोही हल्लाले मलाई बर्षौदेखि हल्लाए । हल्लाका भक्तहरू पीठाधिशहरूले घाँटी निमोठे पनि हल्ला, कर्कलाको पात निमोठे पनि हल्ला । त्यो हल्ला कयौ पटक अम्मल खाने कम्मल ओडेर सुन्न कान थापेँ । यस्तो सस्तो हल्ला दुनियाको घर आँगन मटान मोटरमा कता कता मोटाएको हल्ला नपाए पनि मनोरन्जन लिन पाइँदैन रहेछ । हल्लाको बिस्कुन हैन गजुरको हजुर । गुराशे बोटमा चिलाउने पात हल्लिए पनि हल्ला ।
तपाईंलाई हल्ला जस्तो हल्ला कस्तो लाग्ला । हल्लाको ह नहल्लिए पनि हल्ला हल्लिए जस्तो लाग्छ । होहोहो हाहाहा गर्न छाडिदिए हल्ला पनि बन्द होला । गफ गरेर पनि बा काका बाको नक्कली कामको हल्ला, पधेँरामा पानी रित्तिए पनि सकिँदैन । सिइयोले बैकको मुहान थन्काए हल्ला । चल्लाले चरो टिपे पनि हल्ला । अनाचारको हल्ला । बिचार बिमर्शको हल्ला । खोरमा थुनिएको चोरका पाकेको जुँघा काटिए पनि हल्ला । जुरुक्क उठेर हिँडे पनि हल्ला । बुर्लुक्क बुर्कुसी मारे पनि हल्ला । लुसुक्क लस्किए पनि हल्ला । हल्ला नभएको कुन ठाउ होला ।
हल्लाकोे आरम्भ कहाँबाट प्रारम्भ भयो । यो गर्भमा राख्ने राजा महाराजा कुन होला ? बजारमा आलु राजा आउने हल्ला छ । प्याजजस्तो ठुस्स गन्हाउने । फर्सीजस्तो फ्यात्त गलेको हल्ला । शिक्षा स्वास्थ्य यातायात मात्र होइन सबै चिजमा हल्लाको बिकास भएको छ । बजारको हल्ला । साँठगाँठको हल्ला । यो सब आधुनिक हल्ला हो । पुरानो त सबै म्यूजियमा जियएममा थन्किएको छ । हल्लामा जन्मेका पुरेत पत्रुकार प्रोफेशर प्राध्यापक प्रिन्सिपल पार्टीका पाले प्रवक्ता पाउन मरिहत्ते गर्नै पर्दैन । यस्तो हल्ला नभेटे कुनै अनर्थ नहोला ।
हल्ला किन ? हल्ला गर्नेलाई स्वागत तथा बधाईको फुलमाला पहिराई दिनै पर्दैन । हल्ला भाँति भाँतिका छन् । तोरी फुल्ने ठाउँ र ज्वाईले भन्ने नाउ धेरै हुन सक्छ । यी सबै हल्ला मात्र हुन् । बंश छउन्जेल अंशको झगडा तगडा हुन्छ । यस्तो हल्ला समाजमा थुप्रै छन् । यस्तो हल्ला नगरौँ नातामा भँडुवा भ्वाङ लाउने आरोप खेप्न पर्ने हुन सक्छ । हल्ला नगर्दा के हुन्छ चल्लाको चारो रोकिन्छ । बलिरहेको राँको रोकिन्छ । त्यहि राँको बालेर गणतन्त्र आयो । त्यहि गणतन्त्रमा हल्ला गर्नेको संख्या धेरै छ । सस्तो विकास शब्दमा आनन्द लिन परको छ । त्यसैले मानिसले हल्ला बिर्सन सक्दैन ।
हल्ला भनेको फ्याट फिगर पनि हो । यो दुख्लायो भने पनि सिन्काजस्तैनै देखिन्छ । लसुन पुड्के भए पनि धरहराजत्रै अग्लो हुन्छ । परापूर्वकालमा पार्वतीले महादेवलाई रिझाउन गरेको प्रेमको हल्ला आज पनि हल्लामा चलेकै छ । आजकल हल्ला इन्द्रेणीरङ्ग झै चम्किलो र बदलिँदो छ । म त्यसैलाई कविताको बिम्ब बनाउने सर्जक खुबै मन पराउँछु । त्यहि हल्ला चिरस्थाई हुँदैछ ।
यो युग हल्ला निमार्णको युग हो । त्यो निमार्ण गर्ने कुरालाई म कहिल्यै झुट ठान्दिन । सराव पिएर अमृत अमिलो छ भनि हल्ला गर्ने जवाना खराब छ । ब्लड प्रेसर बढेको हल्ला सुगर खाइराइड बढ्दा था हुने होइन । हे हल्लाकार हरामज्यू । म तपाईं जस्तो हल्लाकारलाई अपमान गर्न सक्दिन । हल्लाले हल्लिएको हाँगो हर दिन हौसिएको छ । त्यस्ता हल्लालाई थाङ्नामा सुताउन उठाउन सकिन्छ । देशी बिदेशी हल्लाको एटम बमको हल्लाले सगरमाथाको टुप्पो ध्वस्त पनि नबनोस् । हल्ला एउटा उर्वर खुराक हो । यो खाएपछि चोरेको गोरेटो पनि फराक र परिष्कृत सम्बृद्धि उन्नति प्रगति तर चिनीजस्तो तिलो हल्ला सुन्न परेन ।
तपाई हामी बिना हल्लावालाको शरीर पनि अलकनाइन हुन्छ । अलकनाइन हल्ला भनेको चासो लिने हल्ला हो । जो गरे पनि सधै चर्चा भइने हो । यो हल्लाको कुरो जति चिमोटे पनि म महापुरुष बन्ने होइन । जहाँ जमघटमा हल्ला हुने गरेर जमेको छ अरु थोक नपाए पनि हल्ला पक्का पाइन्छ । इमान्दार मासिको हल्ला एक्लो हुन्छ । उ हल्लाको नाटक रचना गर्न जान्दैन । झुटो हल्लामा प्रिय सम्बन्ध बनाउन पनि सक्दैन । जसको खल्तीमा हल्लाको खेती छ उसको हल्लानै शिल्पी रुपमा विकास भएको हुन्छ । यस्ता गफको विकास गर्न हल्ला जस्तो हल्लाले नै सुरक्षीत गरकोमा कुनै शंका हुन्न ।
अब हल्लाको मात्र के कुरा गर्नु ? हल्लाको भिडमा हल्लाकै के कुरा गर्नु ? कुर्सीमा बसेका श्रीमानको इमान पनि बेच्न काउकुती लागि हाल्छ । दशरथको राजकाजमा सकुनीको परिपन्च जस्तो हल्ला बन्नु पर्छ । यो मेरो ठम्याई होइन । यो हल्ला चारैतिर तन्किने लुच्चा बुच्चा छुच्चा हल्ला नजाने जीवन चलाउन कविता लेख्न हल्लाको बिम्ब बनाउन नजाने आधुनिक कवि बन्न धौ धौ नै पर्छ । हल्लाको सप्ताह पुरान कुरन लाउन हैन प्रिय हल्लाकारज्यू मलाई हल्लाको सल्लाकार बनाइदिनु है ।
०००
तुप्चे– ४, नुवाकोट, काठमाडौ चमती– १५
हाल सिड्नी अस्ट्रेलिया
Subscribe
Login
0 Comments
Oldest









































