साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोल्न मिल्दैन भाइ

भो भो बोल्ने काम कोही नगर्ला नेताजीको भाग ठूलो नहर्ला रैती हामी छौँ सबै बोल्न हुन्न बोल्दा थाक्यौँ बोलियोस् तै सुनिन्न ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

नौलो आयो चित्र संजालभित्र
देख्दा ज्यादै लाग्न थाल्यो विचित्र
नेपालीको भन्छ सर्कार भन्दा
बोली रोक्ने गर्छ यो राज्य धन्दा ।१

आयो आयो लोकको तन्त्र आयो
फोटो हेर्दा लाज आफैँ लजायो
लेख्ने बोल्ने कार्य गर्छौ भने त
यस्तै चाला हेर तिम्रो हुनेछ ।२

बोली रोक्छौ रोक रोकी सकौला
गोली ठोक्छौ ठोक के के सकौला
हामी दिन्छौ भोट यो देश फेर्न
बोल्नै रोक्ने! रोक्छ लौ सास फेर्न ।३

आफ्नो पालो सत्रको दाउ पारे
हामीलाई बल्झिँदो घाउ पारे
भो भो आजै पोल सारा नखोल
यस्तै होला क्यै विचारेर बोल ।४

आगो लाए राज्यका ती खजाना
के के पुज्ने खोज्न थाले बहाना
बोलूँ भन्दा बोल्न नै पाइँदैन
यस्तो सत्ता भो भयो चाहिँदैन ।५

जाली झ्याली काममा जित्छ खै को
हामीलाई मूर्ख पार्ने उही हो
कस्तो राम्रो यो प्रजातन्त्र पायौँ
थोरै भोग्यौँ भो भयो लौ अघायौँ ।६

निर्धो बोल्दा पक्रिने काम गर्छौ
मार्सी होली आदिमा मोज लुट्छौ
यस्तै चाला चल्नलाई पठायौँ
रेमी खर्ची पाल्न पैसा जुटायौँ।७

भो भो बोल्ने काम कोही नगर्ला
नेताजीको भाग ठूलो नहर्ला
रैती हामी छौँ सबै बोल्न हुन्न
बोल्दा थाक्यौँ बोलियोस् तै सुनिन्न ।८

०००
हाल: बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x