साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजाको भूत !

पटक्कै मन भाँचिएर, कटक्कै मुटु खाएर मात्र उताको भीडमा मिसिन गएका हुन् तिम्रा रैतीहरू । देश र जनतालाई खालमा राखेर जूवा खेल्न बसेपछि हारिन पनि सक्छ । सधै जितिन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

भूतपूर्व शब्दलाई आधा गराएर पूर्व मात्र भन्दा पनि हुने भएपछि भूत मात्र भन्न किन नहुने? एकाएक दिमागले माग् गर्योह । पूर्वका धेरै अर्थ छन् । भूतका पनि धेरै अर्थ होलान् तर भूतपूर्वको त एउटै अर्थ छ पहिलेको अथवा कार्यकाल सकिएको । कतिपय अलपत्रकार र धेरैजसो पत्रकारहरूले पूर्व राजा भन्ने गरेको देख्दा झ्वाँक चल्छ ।अझ कतिपय राजाकै पुत्र हुँ जस्तो गर्ने पत्रुकारहरूले त राजा कहिल्यै पूर्व हुँदैन, राजा राजा नै हो भन्ने गरेको सुन्दा कन्सिरी नै तातेर आउँछ ।

पूर्व राजा भन्नुभन्दा बरु भूत राजा भन्दा बेजोड होला कि? आखिर अर्थ त उही हो पूर्व भने पनि भूत भने पनि वा भूतपूर्व जोडेरै भने पनि । भूत राजाले पूर्व राजाले भन्दा बढ्ता तर्साउन सक्ने देखिन्छ क्या ! त्यसैले यो लम्फुदासलाई भूत राजा भन्नु बढी सान्दर्भिक लाग्यो । हुन त यी गाँडतन्त्रवादीहरूलाई भूत राजाले भन्दा पनि राजाको भूतले बढी तर्साएको कुरा बुझ्न कुनै शब्दकोश पल्टाइरहनु पर्दैन ।

झिकिदे गाँड भन्दाथपिदे गाँड भएका अहिलेका गाँडतन्त्रवादीहरूलाई पूर्व राजाले मात्र कहाँ तर्साएका छन् र? पश्चिम राजाले पनि सातो खाएका छन्, उत्तर राजाले पनि झस्काएका छन् अनि दक्षिण राजाले पनि आच्छु आच्छु पारेका छन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिरबाट घेराबन्दीमा परेपछि गाँड फटालेर मात्र बसिरहन पनि त भएन । फेरि सधै गाँडफट्टी भैरह्यो भने! राजाको स्वाद चाखेको जिभ्रोले हत्तपत्त भूत राजा बन्न कहाँ मान्छ र? भुरे टाकुरे राजा रजौटाको युग फेरि आएको महसुस नभएको भए भूत राजाको भूतले यसरी तर्साउन सक्ने आँट कहाँ गर्थ्यो ।

आँट त भूत राजा वर्तमान छँदै कडै गरेका हुन् । कू गरेर कुशासन नचलाएको भए अहिले भूत बनेर सबैलाई तर्साइरहन पर्दैनथ्यो । गद्दी नछोड्दै के के गरेर भूतलेभन्दा बढ्दा भाँड गरेको, दरबारलाई मसानघाट बनाएको, सबै सञ्चार ठप्प पारेर आफ्नो पाइन देखाउन खोजेको रैतीले बिर्सेका छैनन्; अहिलेका उपमहाराजहरूले बिर्से पनि । बाटो नबिराए भीरबाट गुल्टिन्न भन्ने भूत र वर्तमानहरूले मात्र हैन भविष्यहरूले पनि याद राख्नुपर्छ । अब भूतबाट वर्तमान बन्न त पृथ्वीलाई पश्चिमतिर घुमाउन सके मात्र हो । भूतले उधुम गर्छ भन्ने सुन्थे कथामा, कतै त्यसो पो भैहाल्छ कि ।

नबिराउनु नडराउनु भन्ने बुढापाकाले भन्दै आएको उखान बुझेरै तर्सेका हुन् यी गाँडतन्त्रवादीहरू । नबिराएको भए किन यतिविधि डराउनुपर्थ्यो त? गाँड फुलाई फुलाई भाषण गर्दा भनेको कुरा भुसुक्कै बिर्सेर भुँडी भर्ने मात्र काम गरेपछि डराउनु पनि पर्छ । बरु पहिले नै बाचा कसम खाएका जनताहरूसित डराएको भए यसरी भूत राजासित डराउनै पर्दैनथ्यो । यति सानो कुरा पनि तिनीहरूलाई सम्झाइदिन नसक्ने कस्ता बुद्धूहरूलाई आफ्ना भूतप्रेत, पिचास र प्रमथ गणमा राखेका रहेछन् त ! बरु पशु नै भए पनि शिवजीलाई नन्दीले बेलाबखतमा बुद्धि दिन्थ्यो ।

धन देखेपछि शिवजीका तीन नेत्र भन्ने उखानलाई चरितार्थ पार्दै आफ्ना आसेपासे, अरौटेभरौटे, गोरुबेचे साइनो पर्ने आफन्त सबैलाई ढुकुटी बाँड्ने काम नगरेको भए म जस्ता लम्फुदासले पनि भूत राजाको रैती भएको महसुस गर्ने थिएन ; बरु गाँडतन्त्रकै गण वा लोकतन्त्रकै जनता हुँ भन्न पाउँथ्यो । खै त्यस्तो नपाएपछि असन्तुष्ट भएका रैतीहरू नै भूत राजाको वर्तमान प्रदर्शनीमा प्रवेश गरेका हुन् । यति सानो, सामान्य र पारदर्शी कुरा पनि समयमा बुझेनौ भने तिमीहरूको सातो जान बेर छैन । एकपटक प्रतिगमन आधा सच्चियो भनेर जाँदा भूत राजाले खुर्लुप्पै निल्न खोजेको कति चाँडो बिर्सेछौ ! यस्तै बिर्सने रोगले गर्दा तिमीहरू भूत राजाभन्दा पनि राजाको भूतबाट बढि त्रसित भैरहेका छौ क्यारे ।

त्रसित भए पनि हामी जस्ता लम्फुदासले समेत थाहा पाउने गरी आफू त्रसित भएको कुरा नओकलेको भए हुने थियो । कतिपय गाँडतन्त्रका गाँडाहरूले त राजा आए भने हामीलाई बाँकी राख्दैनन् समेत भन्न भ्याइसके । कस्ता काफर रहेछौ हँ तिमीहरू ! त्रास त त्यो ठाउँमा पुगेपछि कसलाई हुँदैन र ? राजाका ठाउँमा राजा नै बनाउन गाँडतन्त्र आएको थिएन नि । अब तँ राजा हैन, हामी राजा ! भनेर सिंहासन ओगटेपछि हुने यस्तै हो । धन्न राजदण्ड र श्रीपेचसम्म पहिरेनछौ । जनताले चाहेको र उतिखेर आश्वासन बाँडेको गाँडतन्त्र यही हो र? पटक्कै हैन ।

पटक्कै मन भाँचिएर, कटक्कै मुटु खाएर मात्र उताको भीडमा मिसिन गएका हुन् तिम्रा रैतीहरू । देश र जनतालाई खालमा राखेर जूवा खेल्न बसेपछि हारिन पनि सक्छ । सधै जितिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । आफ्ना आफ्ना डम्मरु बजाएर ताण्डव नृत्य नाच्न थालेकाले यो गति भएको हो भन्न तिमीहरूलाई कुन हनुमान पठाइदिनु पर्ने हो हँ? बेलैमा बुद्धिको बिर्को खोल, गर्न सक्ने कुरा मात्र बोल, रैतीका छोराछोरीहरूलाई खाडीको भुङ्ग्रोमा नपोल यति गर्न सक्यौ भने तिमीहरू राजाको भूतसित तर्सिरहनु पर्दैन ।

०००
गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x