साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजा अब आए हुन्छ

पूर्व राजा राख्ने मेराे बानी पनि छैन वर्तमान राजासँग लिन्छु सुख चैन । यसाे भनी जिद्दी गर्दा दुःख पाएँ जैले पूर्वसितै घरजम गरूँ कि त मैले ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

थिएँ हिजाे राजावादी मैले राजा मान्थेँ
प्रिय थिए मेरा राजा देवता नै ठान्थेँ ।

राजा तिमी साथ हुँदा म नि ढुक्क थिएँ
तिम्रै पाउ पुजी ढाेगी सुखसित जिएँ ।

मुटुभित्र सजाएर राखेँ मेरा राजै
तिम्रै लागि व्रत बसेँ छाेडी कामकाजै ।

आनन्दका थिए दिन कता के के भयाे
तिमीलाई पनि किन कस्ताे मात चढ्दै गयाे ?

तिमी पनि साँढे भयाै परिवार भित्र
मैले राेजेँ छाेडपत्र दिने मार्ग चित्र ।

आवेगमा मैले भने घर छाेडी हाल
छाेडीदिएँ राजा मेरा ताेडे माया जाल ।

तिम्रै बानी बिग्रिएर आफै भयाै पर
भन्छाै अरे अब आफ्नै फर्किने हाे घर !

पूर्व राजा राख्ने मेराे बानी पनि छैन
वर्तमान राजासँग लिन्छु सुख चैन ।

यसाे भनी जिद्दी गर्दा दुःख पाएँ जैले
पूर्वसितै घरजम गरूँ कि त मैले ?

लाै न कसाे गर्ने हाेला भन सँगी साथी
आमाबाबु भन्न थाले पूर्व ज्वाइँ जाती ।

छाेड्या बाउ हुँदैहुन्न उता छाेरा भन्छन् ।
छिटै घर आऊ बाउ भन्दै छाेरी रून्छन् ।

नारी मन कमलाे छ घरी घरी रून्छ
रानी भन्ने मेराे राजा अब आए हुन्छ ।

०००
रेसुङ्गा न पा २, गुल्मी
२०८१।१२।९

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kashi
kashi
1 year ago

सान्दर्भिक सिर्जना 🙏👏

Nepal Telecom ad
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
1
0
Would love your thoughts, please comment.x
()
x