साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले अब लेख्न शुरू गरिसकेँ

अब तिमीले सधैं हामीलाई झुक्याउन पाउने छैनौ राजनीतिक दास बनाइ हामीलाई दाउन पाउने छैनौ अब तिम्रो कर्तुतको पर्दाफास भैसक्यो हामीलाई झुक्याउने दिन गैसक्यो

Nepal Telecom ad

दुर्गा ढकाल :

मेरो कलम चल्थ्यो कि चल्दैनथ्यो मलाई थाहा छैन
निराशाका ज्वालाहरू बल्थे कि बल्दैनथे मलाई थाहा छैन
तर तिमीले गर्छौ भन्दाभन्दै सारा दिनहरू बितिसके
तिम्रो भर पर्दापर्दै आशाका तलाउहरू सबै रित्तिसके

तर तिमीले देशलाई उभो लगाएनौ
तिमीले युवालाई विकाशमा जगाएनौ
तिमीले पहाड़हरूमा बस्ती बढ़ाएनौ
तिमीले देश सुहाउँदो शिक्षा पढाएनौ
तिमीले नेपालीको भावनालाई बुझेनौ
तिमीले शान्ति र सद्भावलाई रोजेनौ
तिमीले ब्रेनड्रेन लाई रोकेनौ
तिमीले नाङ्गा र भोंकालाई देखेनौ

तिमीले जात र धर्ममा फाटों बढायौ
तिमीले उर्वर माटो लाई सडायौ
तिमीले भाइभाईलाई लड़ायौ

त्यसैले,

अब मैले कलम चलाउँन शुरू गरिसकेँ
तिम्रा कर्तुत सबै खुलाउन सुरु गरिसकेँ
तिम्रा झूठा बाँचाहरू खोल्न शुरू गरिसकेँ
तिम्रा छलकपट बारे बोल्न सुरु गरिसकेँ
तिम्रा अपराध टिप्न सुरु गरिसकेँ
तिम्रा अधर्मलाई नाप्न शुरू गरिसकेँ

खवरदार !

अब तिमीले सधैं हामीलाई झुक्याउन पाउने छैनौ
राजनीतिक दास बनाइ हामीलाई दाउन पाउने छैनौ
अब तिम्रो कर्तुतको पर्दाफास भैसक्यो
हामीलाई झुक्याउने दिन गैसक्यो

किन कि

मैले अब लेख्न शुरू गरिसकेँ
तिम्रा कर्तुत सबै जोख्न शुरू गरिसकेँ
तिम्रा विरुद्ध म विद्रोह र आक्रोश पोख्न
शुरु गरिसकेँ ।

०००
३०-८-२०२३
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x