सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रा बा, हजुरबाहरू

रेमिट्यान्सले आफ्ना र आफ़न्तलाई राशन भत्ता खुलाउँछौ भन्नुहुन्छ हामी देशको लागि बाँचेका छौं भन्नुहुन्छ चाकरी,चाप्लुसी, छलकपट सबै मिलाएर हाँसेका छौ भन्नुहुन्छ ।

Nepal Telecom ad

बूढ़ों शरीरलाई विश्राम दिनुपर्ने
अब त थकाइ मारेर आराम लिनुपर्ने
तर हाम्रा बा, हजुरबाहरू थाक्दै थाक्दैनन्
जवान छोरा, नातिहरूसँग सहयोग माग्दै माग्दैनन्
किन हो हाम्रा बा, हजुरबाहरू सारै लोभी हुनुभयो
पदको मात्र भोगी हुनुभयो
कुर्सीमै हुँदा माथि जान पाए शान हुन्छ भन्नुहुन्छ
कुर्सी नभए अपमान हुन्छ भन्नुहुन्छ
लौरो टेकी टेकी भए पनि
राल चुहाउँदै चुहाउँदै भए पनि
भोग्ने यही जुनीमा हो भन्नुहुन्छ
अर्को जुनीमा यस्तो मोज होला नहोला भन्नुहुन्छ
अब कति दिन पो छ र हामी बाँच्ने भन्दै औला गन्नुहुन्छ
अब त हाम्रो पालो आयो नि भन्दा
तिमीहरू बच्चै छौ भन्नुहुन्छ
देश चलाउन कच्चै छौ भन्नुहुन्छ
तिमीहरूलाई राजनीति गर्न आउँदैन,
विदेश जाओ भन्नुहुन्छ
पाखुरा बजारेर हामीलाई
रेमिट्यान्स पठाओ भन्नुहुन्छ
हामी औषधि खाई खाई शासन सत्ता चलाउँछौ भन्नु हुन्छ
त्यहि रेमिट्यान्सले आफ्ना र आफ़न्तलाई
राशन भत्ता खुलाउँछौ भन्नुहुन्छ
हामी देशको लागि बाँचेका छौं भन्नुहुन्छ
चाकरी,चाप्लुसी, छलकपट
सबै मिलाएर हाँसेका छौ भन्नुहुन्छ
बा हजुरबाहरूका कुरा बुझ्नै गाह्रो
हामीलाई कति छ कति अप्ठ्यारो
आफू मात्र बोल्नुहुन्छ
अरुले बोले पोल्नुहुन्छ
हाम्रा बा हजुरबाहरू यस्तै यस्तै हुनुहुन्छ
सधैंभरी मस्त मस्तै हुनुहुन्छ
सधैं भरी मस्त मस्तै हुनुहुन्छ ।

०००
अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
देवी हुन् नारी

देवी हुन् नारी

दुर्गा ढकाल
देश प्रतिको पीडा

देश प्रतिको पीडा

दुर्गा ढकाल
टीठ लाग्दो !

टीठ लाग्दो !

दुर्गा ढकाल
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’