साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा बा, हजुरबाहरू

रेमिट्यान्सले आफ्ना र आफ़न्तलाई राशन भत्ता खुलाउँछौ भन्नुहुन्छ हामी देशको लागि बाँचेका छौं भन्नुहुन्छ चाकरी,चाप्लुसी, छलकपट सबै मिलाएर हाँसेका छौ भन्नुहुन्छ ।

Nepal Telecom ad

बूढ़ों शरीरलाई विश्राम दिनुपर्ने
अब त थकाइ मारेर आराम लिनुपर्ने
तर हाम्रा बा, हजुरबाहरू थाक्दै थाक्दैनन्
जवान छोरा, नातिहरूसँग सहयोग माग्दै माग्दैनन्
किन हो हाम्रा बा, हजुरबाहरू सारै लोभी हुनुभयो
पदको मात्र भोगी हुनुभयो
कुर्सीमै हुँदा माथि जान पाए शान हुन्छ भन्नुहुन्छ
कुर्सी नभए अपमान हुन्छ भन्नुहुन्छ
लौरो टेकी टेकी भए पनि
राल चुहाउँदै चुहाउँदै भए पनि
भोग्ने यही जुनीमा हो भन्नुहुन्छ
अर्को जुनीमा यस्तो मोज होला नहोला भन्नुहुन्छ
अब कति दिन पो छ र हामी बाँच्ने भन्दै औला गन्नुहुन्छ
अब त हाम्रो पालो आयो नि भन्दा
तिमीहरू बच्चै छौ भन्नुहुन्छ
देश चलाउन कच्चै छौ भन्नुहुन्छ
तिमीहरूलाई राजनीति गर्न आउँदैन,
विदेश जाओ भन्नुहुन्छ
पाखुरा बजारेर हामीलाई
रेमिट्यान्स पठाओ भन्नुहुन्छ
हामी औषधि खाई खाई शासन सत्ता चलाउँछौ भन्नु हुन्छ
त्यहि रेमिट्यान्सले आफ्ना र आफ़न्तलाई
राशन भत्ता खुलाउँछौ भन्नुहुन्छ
हामी देशको लागि बाँचेका छौं भन्नुहुन्छ
चाकरी,चाप्लुसी, छलकपट
सबै मिलाएर हाँसेका छौ भन्नुहुन्छ
बा हजुरबाहरूका कुरा बुझ्नै गाह्रो
हामीलाई कति छ कति अप्ठ्यारो
आफू मात्र बोल्नुहुन्छ
अरुले बोले पोल्नुहुन्छ
हाम्रा बा हजुरबाहरू यस्तै यस्तै हुनुहुन्छ
सधैंभरी मस्त मस्तै हुनुहुन्छ
सधैं भरी मस्त मस्तै हुनुहुन्छ ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x