साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा आँखा खोलेर हेर !!

अरुको कुरा नसुनी तिमी आफैले आँखा खोल हेर, अनि मात्र तिमीलाई थाहा हुने छ- उनीहरू तिम्रै सन्तान हुन् कि अरु कोही हुँन भनेर ? आमा एक पटक आँखा खोलेर त हेर ! एक पटक आँखा खोलेर त हेर !

Nepal Telecom ad

कतिलाई फोकल्याण्ड पठायौ
कतिलाई कार्गिल पठाइरहेकी छ्यौ
मुगलान दिनदिनै पठाई रहेकी छ्यौ
खण्डहर, बनझर मरुभूमिलाई हरियाली बनाउन
बहादुर बनाएर पठायौ, चौकीदार बनाएर पठायौ
आफू मरेर अरुलाई बचाउन !

तर त्यसरी पठाएका तिम्रा आफ्ना सन्तानहरूप्रति नै
किन निर्मम बन्दै छ्यौ आज ?
युद्ध जितेर आएकाहरूप्रति गर्ब गर्नु पर्ने हो
मरुभूमिबाट आएकाहरूप्रति माया छर्नु पर्ने हो
तर उल्टै लास आउँदा मात्र आफ्नो ठानेर
सास लिएर आएकाहरूलाइ पराइ झैँ मानेर
मेरो र तेरो मा अल्झिन्छ्यौ किन ?

अब यसरी हुन्न आमा तिमी बोल, तिमी जाग
आफ्नोलाई आफ्नो मान
दुइ, चार दिन परदेसिएकालाई अर्को नठान
तिम्रै पीडामा मल्हम लगाउन
तिम्रै मुहारमा हाँसो जगाउन
त पर्दिसिएका छन् ।
अब जाग आमा ! अब बोल !
नत्र परत्रीहरूले तिमीमाथि नै आँखा लगाउने छन्
नत्र तिनीहरूले तिमीलाई नै पाखा लगाउने छन्

परत्रीले तिमीलाई लुछेको
तिम्रा सन्तानले कसरी हेर्न सक्छन् ?
तिम्रो चित्कार कसरी सहन सक्छन् ?
त्यसैले फेरि पनि तिमीलाइ बचाउन, तिम्रो रक्षा गर्न
फर्केर आए भने स्वीकार गर
अरुको कुरा नसुनी तिमी आफैले आँखा खोल हेर
अनि मात्र तिमीलाइ थाहा हुने छ-
उनीहरू तिम्रै सन्तान हुन् कि अरु कोही हुँन भनेर ?
आमा एक पटक आँखा खोलेर त हेर !
एक पटक आँखा खोलेर त हेर !

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x