साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिन्ती छ आमा सास फेर

कुपुत्र बन्यो कुम्भकर्ण आमाको शरीर भयो जीर्ण हाय हाय आमा पियारी कस्ले गर्ला तिम्रो सुसारी

Nepal Telecom ad

दुर्गा ढकाल :

आमा पुरै घेरिएकी छिन्
छोटो सारीमा बेरिएकी छिन्
राक्षसहरूको हानाहान छ
मेरी भन्दै तानातान छ

छोराहरू मस्त निन्द्रामा छन्
आमा बिचरा फन्दामा छिन्
गहना सबै लुटिसके
थला पर्ने गरि कुटिसके

ऐया ऐया आमा भन्छिन्
छोरो ब्यूंझने दिन गन्छिन्
स्वांस्वा गर्दै सास फेर्छिन
छोरो तिर पुलुक्क हेर्छिन्

छोरो ब्यूँझने छाँट छैन
राक्षससँग लड्ने आँट छैन
कठै ! आमाको बेहाल भो
राक्षसलाई मालामाल भो

कुपुत्र बन्यो कुम्भकर्ण
आमाको शरीर भयो जीर्ण
हाय हाय आमा पियारी
कस्ले गर्ला तिम्रो सुसारी

बन्द भयो बोली मेरो
देखेर राक्षसहरुको घेरो
बिन्ती गर्छु आमा सास फेर
निकाल्ने छु राक्षसको घेरो तोडेर !!

०००
झापा
२४/८/२०२४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x