साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिन्ती छ आमा सास फेर

कुपुत्र बन्यो कुम्भकर्ण आमाको शरीर भयो जीर्ण हाय हाय आमा पियारी कस्ले गर्ला तिम्रो सुसारी

Nepal Telecom ad

दुर्गा ढकाल :

आमा पुरै घेरिएकी छिन्
छोटो सारीमा बेरिएकी छिन्
राक्षसहरूको हानाहान छ
मेरी भन्दै तानातान छ

छोराहरू मस्त निन्द्रामा छन्
आमा बिचरा फन्दामा छिन्
गहना सबै लुटिसके
थला पर्ने गरि कुटिसके

ऐया ऐया आमा भन्छिन्
छोरो ब्यूंझने दिन गन्छिन्
स्वांस्वा गर्दै सास फेर्छिन
छोरो तिर पुलुक्क हेर्छिन्

छोरो ब्यूँझने छाँट छैन
राक्षससँग लड्ने आँट छैन
कठै ! आमाको बेहाल भो
राक्षसलाई मालामाल भो

कुपुत्र बन्यो कुम्भकर्ण
आमाको शरीर भयो जीर्ण
हाय हाय आमा पियारी
कस्ले गर्ला तिम्रो सुसारी

बन्द भयो बोली मेरो
देखेर राक्षसहरुको घेरो
बिन्ती गर्छु आमा सास फेर
निकाल्ने छु राक्षसको घेरो तोडेर !!

०००
झापा
२४/८/२०२४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x