श्रीप्रसाद पाेखरेलघर
सुभद्राले घरको तालाचाबीको झुत्तो बुहारीको हातमा दिँदै भनिन्, “अब चुल्ठो होइन मन जोड्नुपर्छ । शशी ! अब यो घरको सबै सम्पत्तिको जिम्मा तिमीलाई ।”

श्रीप्रसाद पोखरेल :
“ढिलो हुन्छ बेलैमा जानुपर्छ ।” सुभद्राले भनिन् ।
“आ मलाई नलानु न । हजुरले कुरा गरेर आए भइहाल्छ नि ।” श्रीधरले भने ।
“त्यसो भनेर हुँदैन छोरा । बाबा पनि नहुँदा म आइमाई एक्लै जाँदा के भन्छन् ? त्यहीँ माथि जात, गोत्र, संस्कृति केही मिल्दैन । कोही लोग्नेमान्छे त हुनुपर्छ नि ।” उनले छोरालाई कर गरिन् ।
“सबैकुरा भइसकेको छ । मात्र अभिभावक चाहिन्छ भनेका छन् । हजुर नै मेरो बुबा पनि आमा पनि । हिजोको जस्तो लोग्नेमान्छेनै चाहिने चलन अब छैन । बरू म शशीलाई फोन गरिदिन्छु ।” श्रीधरले भने ।
आँगनमा भव्य समारोहबीच बसेका नव दुलाहा श्रीधरले विवाह अगाडिको कुरा सम्झँदै आशीर्वाद थापिरहेका थिए ।
पण्डितले भने, “अब सासू बुहारीको चुल्ठो जोड्नुपर्छ ।”
सुभद्राले घरको तालाचाबीको झुत्तो बुहारीको हातमा दिँदै भनिन्, “अब चुल्ठो होइन मन जोड्नुपर्छ । शशी ! अब यो घरको सबै सम्पत्तिको जिम्मा तिमीलाई ।”
शशीले खुशी हुँदै अङ्कमाल गरेर भनिन् “आमा ! घर त सम्पत्तिले होइन, परिवारका सदस्यले पो जोडिन्छ ।”
०००
इटहरी, सुनसरी
Subscribe
Login
0 Comments
Oldest







































