साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घर

सुभद्राले घरको तालाचाबीको झुत्तो बुहारीको हातमा दिँदै भनिन्, “अब चुल्ठो होइन मन जोड्नुपर्छ । शशी ! अब यो घरको सबै सम्पत्तिको जिम्मा तिमीलाई ।”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“ढिलो हुन्छ बेलैमा जानुपर्छ ।” सुभद्राले भनिन् ।

“आ मलाई नलानु न । हजुरले कुरा गरेर आए भइहाल्छ नि ।” श्रीधरले भने ।

“त्यसो भनेर हुँदैन छोरा । बाबा पनि नहुँदा म आइमाई एक्लै जाँदा के भन्छन् ? त्यहीँ माथि जात, गोत्र, संस्कृति केही मिल्दैन । कोही लोग्नेमान्छे त हुनुपर्छ नि ।” उनले छोरालाई कर गरिन् ।

“सबैकुरा भइसकेको छ । मात्र अभिभावक चाहिन्छ भनेका छन् । हजुर नै मेरो बुबा पनि आमा पनि । हिजोको जस्तो लोग्नेमान्छेनै चाहिने चलन अब छैन । बरू म शशीलाई फोन गरिदिन्छु ।” श्रीधरले भने ।

आँगनमा भव्य समारोहबीच बसेका नव दुलाहा श्रीधरले विवाह अगाडिको कुरा सम्झँदै आशीर्वाद थापिरहेका थिए ।

पण्डितले भने, “अब सासू बुहारीको चुल्ठो जोड्नुपर्छ ।”

सुभद्राले घरको तालाचाबीको झुत्तो बुहारीको हातमा दिँदै भनिन्, “अब चुल्ठो होइन मन जोड्नुपर्छ । शशी ! अब यो घरको सबै सम्पत्तिको जिम्मा तिमीलाई ।”

शशीले खुशी हुँदै अङ्कमाल गरेर भनिन् “आमा ! घर त सम्पत्तिले होइन, परिवारका सदस्यले पो जोडिन्छ ।”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x